Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्राविधिकको राजीनामा आएको छैन : सहरी विकास मन्त्रालय

\"\" काठमाडौँ, ६ पुस ।  पुनःनिर्माणमा खटिएका इन्जिनियर, ओभरसियर र सव ओभरसियरको राजीनामा नआएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । इकाइ प्रमुख एवम् मन्त्रालयका प्रवक्ता शिवहरि शर्माले प्राविधिकलाई व्यक्तिगत रुपमा करार सम्झौता गरी पुनःनिर्माणको काममा खटाइएकाले सामूहिक राजीनामा दिँदैमा राजीनामा दिएको भन्न नमिल्ने बताए । “यसअघि २५० जना प्राविधिकले व्यक्तिगत रुपमा राजीनामा दिई कामबाट अलग भएपछि अरुलाई सम्झौता गरी राखिएको छ, मन्त्रालयले सामूहिक रुपमा सम्झौता नगरेकाले सामूहिक राजीनामाको अर्थ हुँदैन, मन नहुनेले छोडेर गए हुन्छ” उनले भने । मन नहुनेले छोडेर गए नयाँ जनशक्ति ल्याएर पुनःनिर्माणको काम गरिने शर्माको भनाइ छ । प्राधिकरणको ध्यानाकर्षण भूकम्प प्रभावित क्षेत्रमा भूकम्पबाट क्षतिग्रस्त घरको पुनःनिर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउन खटिएका इन्जिनियरले सामूहिक राजीनामा दिएको भन्ने विभिन्न सञ्चारमाध्यमबाट आएका समाचारप्रति राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणका सहप्रवक्ता डा भीष्मकुमार भुसालले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो । २०७३ कात्तिक १० गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकबाट “पुनःनिर्माण कार्यमा विभिन्न गाविस एवम् नगरपालिकामा खटिएका जनशक्तिलाई नतिजाप्रति उत्साहित बनाउन निजको कार्यसम्पादन नतिजा समेतका आधारमा बढीमा ७५ प्रतिशतसम्मको कार्यसम्पादन प्रोत्साहन भत्ता उपलब्ध गराउने र सोसम्बन्धी मापदण्ड प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवम् अर्थ मन्त्रालयसँगको समन्वयमा निर्धारण गर्ने व्यवस्था मिलाउने निर्णय”– भइसकेको विज्ञप्तिमा जनाइएको छ । उक्त निर्णयको कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्राधिकरण र अर्थ मन्त्रालयबीच छलफल भई आवश्यक कार्यसम्पादन मापदण्ड तयारीसहित प्रक्रिया अघि बढेको छ । यस विषयमा आजै नेपाल इन्जिनियर्स एसोसियसनसँग समेत छलफल भएको छ । भूकम्पपीडित जनताले सरकारले उपलब्ध गराउने पहिलो किस्ता रकम प्राप्त गरी निजी घर पुनःनिर्माण गर्नेक्रम द्रुतगतिमा अघि बढिरहेको र सुविधासम्बन्धी निर्णय कार्यान्वयन प्रक्रियामा गइसकेको स्थितिमा सुविधाको माग राखी आन्दोलन गर्नु कुनै पनि कोणबाट जायज नहुने सहप्रवक्ता भुसालले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending