Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

मुस्ताङमा ९५ क्यामरामार्फत हुँदै छ हिउँ चितुवाका सर्वेक्षण

खबरडबली संवाददाता

मुस्ताङ। मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ । जिल्लाभर हिउँ चितुवाको एकिन तथ्याङ्क नभएको अवस्थामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना९एक्याप०ले उपल्लो मुस्ताङको लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका विभिन्न स्थानमा ७५ वटा र तल्लो मुस्ताङको थासाङ, घरपझोङ र बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकामा २० वटा क्यामेरा जडान गरी सङ्ख्या र अवस्थाका बारेमा सर्वेक्षण सुरू गरिएको हो ।

हिमालको रानीको नामले चिनिने हिउँ चितुवा मुख्य बासस्थान अर्थात ‘कोर एरिया’ आसपासका क्षेत्र तथा कठ्याङ्ग्रिँदो चिसोसँगै बासस्थानबाट तल बस्ती आसपाससम्म झर्ने सम्भावनालाई मध्यनजर गरी क्यामेरा जडान सुरू गरिएको एक्याप इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले बताए।

एक्याप प्रमुख पौडेल भन्नुहुन्छ, ‘‘विगतमा हिउँ चितुवा भेटिएका स्थानहरूसँगै विछ्याइएका ग्रीडहरू क्यामेरा राखिएको छ । तल्लो मुस्ताङको तुलनामा उपल्लो मुस्ताङमा हिउँ चितुवाको सङ्ख्या धेरै भएकाले करिब पाँच महिना राखिने क्यामेराबाट हिउँ चितुवाको अवस्थाको अध्ययन गर्न सजिलो हुने एक्यापले जनाएको छ । एक्याप इलाका कार्यालय जोमसोमले यसअगाडी बारागुङ मुक्तिक्षेत्र गाउँपालिको उच्च हिमाली क्षेत्रमा हिउँ चितुवाको ट्राभल हिस्ट्र«ीको आधारमा १५ वटा क्यामेरा जडान गरेको थियो ।

हिउँ चितुवा बासस्थान क्षेत्रमा आहाराको अभावमा भौतारिँदै बस्ती क्षेत्रमा रहेका पशुचौपायालाई क्षति पुर्‍याउँदा वर्षेनी पशुधनीलाई एक्यापमार्फत क्षर्तीपूर्ती दिने गरिन्छ । जाडोयाममा जडान गरिएको क्यामेराबाट गर्मी र जाडो मौसममा हिउँ चितुवाको अवस्थाको बुझ्न सजिलो हुने हिउँ चितुवाका जानकारहरू बताउँछन् । हिउँ चितुवालाई लक्षित गरी राखिएका क्यामेरामा आहारा तथा सिकारी प्रजातिका अन्य बन्जुजन्तुको समेत अध्ययन गर्न सकिन्छ ।

अत्याधिक हिउँका कारण आहाराको खोजीमा बस्ती, गोठमा आउने दिशा, स्थान, बासस्थान र गतिबिधि अवलोकन गर्न क्यामेराले सघाउने एक्याप जोमसोमका प्रमुख राजेश गुप्तले बताए । हिउँ चितुवाले नाउर,फ्याउ मुसा, हिमाली खरायो, पंक्षीमा डाँफेको सिकार गर्छ । पछिल्लो एक वर्षमा सर्वसाधारणले समेत बस्ती आसपासका क्षेत्रमा र क्यामेरामा देखिएको हिउ चितुवापोथीबाट अलग भएर भालेको आक्रमणबाट जोगिन बयस्क धेरै भएकाले उपल्लो मुस्ताङमा सङ्ख्या आसलाग्दो हुनसक्ने अनुमान छ । भाले चितुवाको बच्चा पनि आक्रमक नै हुन्छ ।

पोथी हिमचितुवा धेरै हिँडडुल नगर्ने, भाले भने लामो दूरीसम्म पुग्न सक्ने भएकाले पनि हिउँ चितुवा र पशुबिचको द्वन्द्व बढ्दै जान थालेको छ आहारा प्रजातिको संरक्षणसँगै हिउँ चितुवा–मानव द्वन्द्व न्यूनीकरणमा क्यामेराले सघाउँछ । लजालु स्वाभाव हिउँचितुवाको समुद्री सतहको ३५ सय मिटरदेखि ५५ सय मिटरको अग्लो उचाईमा मुख्य बासस्थान मानिन्छ । जाडोयाममा हिउँ चितुवा समुद्री सतहको दुई हजार मिटरसम्म झर्ने गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कङ्गोमा फेरि फैलियो इबोला

किन्शासा। कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारी उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार ...

सबैभन्दा बढी बेरुजु मधेस प्रदेशमा

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेश मा देखिएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार मधेस प्रदेशको बेरु...

ग्रीन हाइड्रोजन प्रविधिबाट स्वदेशमै मल उत्पादन गर्न सांसद खनालको आग्रह

काठमाडौं ।रास्वपा सांसद केपी खनाल ले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छ...

चालु आर्थिक वर्षमा ८८ अर्बभन्दा बढी बेरुजु

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्...

सरकारी अस्पतालमा ९ करोडभन्दा बढीको औषधि म्याद नाघेको

काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ। ...

लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाएर ८ मा झारिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या ८ मा सीमित गर्ने तयारी अघि बढाएको छ। हाल प्रदेशमा १२ वटा मन्त्रालय रहेका छन्। ...

सभामुख अर्याल र जापानी राजदूतबिच शिष्टाचार भेटवार्तास द्विपक्षीय हित र सहकार्यका विषयमा छलफल

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि जापानका राजदूत माएडा तोरुले शिष्टाचार भेटवार्ता गरेको छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्ष...

संविधान संशोधन कार्यदलद्वारा जेन्जी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान

काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत गरी जा...

प्युठान–दाङ सडकखण्डमा भ्यान दुर्घटना, दुई जनाको मृत्यु

प्युठान । प्युठान–दाङ सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लुप्र ०२–००१...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending