Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सबैको मिलन बिन्दु स्थानिय तहको निर्वाचनः मन्त्री नायक

\"\"भक्तपुर, ६ पुस । कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले संविधान कार्यन्वयन र मधेशको माग सम्बोधन गर्ने अन्तिम बिकल्प स्थानिय तहको निर्वाचन भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नायकले वर्तमान समयमा जसले जे भने पनि राष्ट्रको पहिलो आवश्यकता भनेको केन्द्र र प्रान्तको नभएर स्थानिय तहको निर्वाचन भएको भन्दै सबैको मिलनु बिन्दु स्थानिय तहको निर्वाचन भएकाले मधेशी मोर्चा र एमालेले आ–आफ्नो हठ् त्याग्दै निर्वाचनको वाताबरण श्रृजना गर्ने तर्फ लाग्नु पर्ने बताएका हुन । सबैले स्थानिय तहको निर्वाचनको बिषय उठाइरहेका छन्, तर समितिमा होस् वा संसदमा निर्वाचन बिधेयक रोकिएको अवस्था छ भने प्रतिपक्षले बोलीमा एक र ब्यवहारमा अर्कै रुप देखाएकै कारण निर्वाचन बिधेयक संसदमा रोकिएको भन्दै उनले निर्वाचन बिधेयक पास गरि तोकिएकै समयमा निर्वाचन गर्ने तर्फ अगाडि नबढे नेपाल र नेपालीले ठूलो क्षती भोग्नु पर्ने बताए । संसद अवरुद्ध भइरहेको अवस्थामा नेपाली निराश भएको बुझ्दै राष्ट्रिय पार्टीहरुको राष्ट्रिय भूमिका रहनु पर्ने भन्दै आवश्यक परे राष्ट्रको निकासका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण गरी निकास दिनु पर्नेमा नायकले जोड दिए । वर्तमान समयमा एमालेले परम्परागत प्रतिपक्षको भूमिका भन्दा पनि राष्ट्रिय पार्र्टीको नेतृत्वको भूमिका खेल्दै राष्ट्रको आवश्यकतालाई बुझ्दै अगाडि बढेर निकासको लागि अग्रसर बन्नु पर्नेमा जोड दिए । स्थानीय तहको निर्वाचन सबैका अघि एक चुनौतिको रुपमा देखिएको भन्दै आयोगको रिपोर्ट सरकारले नबुझेको भन्ने बिषय गलत भएको र आयोगको रिपोर्ट बुझ्नै पर्ने र केही प्रक्रिया अझैं बाँकि रहेको र आयोगले समेत केही बिषय समेट्न नसकेको र केही बाँकिरहेकाले हतारमा निर्णय लिँदा थप जटिल बन्ने भएकाले समस्या सम्बोधन गर्दै आयोगको रिपोर्ट बुझ्ने काम र आयोगलाई थप सुझाव दिने काम छिट्टै हुने नायकले बताए । प्रतिपक्षको भूमिका रहेको एमालेले जसरी राष्ट्रवादको कुरो गरिरहेको छ यो समय सान्दर्भिक नभएको भन्दै बिदेशीको पैसोले पार्टीको संगठन बिस्तार गर्ने र राष्ट्रवादको कुरो गर्नु अमिल्दो रहेको उनको टिप्पणी थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending