Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

तिवारी हत्या : यसरी एमालेतिरै सोझिन्छ प्रहरी अनुसन्धान ?

\"\"काठमाडौं, ५ पुस । एमालेको भातृसंगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि भएको गोली प्रहारमा एमालेकै पूर्व कार्यकर्ताको संलग्नता र आर्थिक लेनदेनको कारण रहेको प्रारिम्भक अनुसन्धान प्रहरी पुगेको छ । सोमबार दिउसो रुपन्देहीको देवदह खैरनी बजारमा तिवारीको घर नजिकै उनीमाथि गोली प्रहार भएको थियो । तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । अस्पताल स्रोतका अनुसार कोखामा गोली लागेका तिवारी अस्पताल आइपुग्दासम्म निकै गम्भिर अवस्था थियो । गोली प्रहार लगत्तै अनुसन्धान थालेको रुपन्देही प्रहरीका अनुसार केही वर्ष अघि एमालेले गठन गरेको युथ फोर्समा आवद्द तिवारीकै सहकर्मी एंव युथफोर्सका कार्यकर्ता मनोज पुनको संलग्नता देखिएको छ । केही वर्षअघिसम्म पुन र तिवारी एकअर्काका राम्रा साथि थिए । उनीहरुबिच आर्थिक लेनदेनको विषयमा विवाद भएपश्चात गतवर्ष समेत पुनकै टोलीले तिवारीमाथि गोली प्रहार गरेको प्रहरी स्रोत बताउँछ । पुन संगठित अपराध तथा खरखजाना र ज्यान मार्ने उद्योगमा संलग्न रहेको रुपन्देही प्रहरीले बताएको छ । तर पुनलाई अपराध गरेवापत प्रहरीले गिरफ्तार गरेपश्चात छुटाउन एमालेकै स्थानिय नेताहरु आउने गरेको प्रहरीे बताउँछ । तिवारीको हत्या लगत्तै संलग्न भनिएका पुनले देवदहका स्थानियलाई फोन गरेर आफुले तिवारीको हत्या गरेको बताएका थिए । युथफोर्समा सँगै काम गर्दा चन्दा उठाएको र ठेक्कापट्टा मार्फत आएको रकममा तिवारी र पुनको विवाद भएको एमाले रुपन्देही स्रोतले खबरडबलीसँग बतायो । उक्त विवाद बढ्दै गएपछि १ वर्ष अघि पुनले तिवारीलगायतका एमालेका स्थानिय नेताहरुले आफुमाथि प्रहरी लगाएको र आफुलाई फसाउने खेल खेलेको भन्दै भारत गएका थिए । त्यसको केही समयमै उनैले तिवारीमाथि गोली प्रहार गर्न लगाएको प्रहरी अनुसन्धानमा देखिएको छ । उनै पुनले यसपटकपनि गोली प्रहार गरी तिवारीको हत्या गर्नुसँगै एमाले युवा संघमाथि समेत उनीहरुको नेता कार्यकर्ताहरुको अपराधिक संलग्नता, विवाद र हत्यासम्मको एकपछि अर्को आरोप लाग्न थालेको छ । र, याे पनि...

दुर्गा तिवारी हत्याको विरोधमा विहानैदेखि प्रदर्शन, लुम्बिनी अञ्चल बन्द

युवा संघ अध्यक्षको गोली हानी हत्या

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending