Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अन्नपूर्ण आधार शिविर

\"\"म्याग्दी, ४ पुस । समथर फाँटमा नीलो तलाउ । तलाउ नजिकै उभिएका अग्ला हिमाल । सूर्योदयले चम्केका सेताम्मे हिमाललाई आँखाले चौफेरो लगाउँदा मन फुरुङ्ग हुनेगर्छ । यो दृश्य म्याग्दीको नारच्याङ गाविसमा रहेको अन्नपूर्ण हिमालको प्रथम आधार शिविरमा पुग्दा देख्न सकिन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण विश्वप्रसिद्ध अन्नपूर्ण हिमालको प्रथम आधार शिविर नारच्याङ गाविसमा पर्छ । अग्ला पहाड हुँदै झर्ने झरना, अग्ला पहाड, जङ्गली जनावर र चराचुरुङ्गी र मनमोहक हिमाल यस पदमार्गका मुख्य आकर्षण हुन् । विश्वको दशौ र नेपालको नवौँ ९आठ हजार ९१ मिटर० अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर म्याग्दीमै पर्ने भए पनि आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा यस हिमालबाट म्याग्दीले लाभ लिन सकिरहेको छैन । यस हिमाललाई समेटेर २१ दिन लामो अन्नपूर्ण पदयात्रा दशकौँदेखि सञ्चालन हुँदै आए पनि नारच्याङ गाउँदेखि दुई दिनको यात्रामा पुगिने अन्नपूर्ण प्रथम आधार शिविर भने अहिलेसम्म ओझेलमा पर्दैआएको छ । पदमार्ग, क्याम्पिङ साइट, सेल्टर, खानेपानीको बन्दोबस्त लगायतका पूर्वाधार निर्माण नहुुनु र प्रचारप्रसारको अभावमा अन्नपूर्ण प्रथम आधार शिविरबाट म्याग्दीले फाइदा लिन नसकेको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्रद्वारा संरक्षित अन्नपूर्ण हिमालको पदयात्रा र आरोहणका लागि बर्सेनि हजारौँ पर्यटक भम्रणमा आउने गरेपनि त्यसबाट म्याग्दीले अपेक्षाकृत लाभ लिन नसकेको गुरुङको भनाइ छ । \"\" “अहिलेसम्म अन्नपूर्ण हिमालको प्रथम आधार शिविर म्याग्दीमा पर्छ भन्ने कुरा पत्ता लगाउनसमेत सकिएको थिएन, विगत ५ वर्षदेखि अन्नपूर्णको खोजी अभियान थालेपछि नारच्याङमै अन्नपूर्ण अवस्थित छ भन्ने कुरा पुष्टि भइसकेको छ, अब हामीले आफ्नो शिरको टोपी चिन्ने बेला आएको छ,” गुरुङले भने । तेत्तीस वर्षअगाडि अन्नपूर्ण हिमालले समेटेका बस्ती र यस क्षेत्रको विकासका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लागू भएपनि त्यसले अन्नपूर्ण प्रथम कहाँ पर्छ रु यसको विकास कसरी गर्ने रु जस्ता महत्वपूर्ण काम गर्न नसकेपछि जनस्तरबाटै हिमालको खोजी गर्न थालिएको थियो । आरोहणका लागि उत्तम मानिने अन्नपूर्ण प्रथमको आधार शिविरमा नारच्याङबाट दुई दिनमै पुग्न सकिन्छ । कास्कीसँग जोडिएको अन्नपूर्ण प्रथमको पूर्वी आधार शिविरमा घान्द्रुकबाट पुग्न तीन दिन लाग्ने गर्छ । यो हिमालले म्याग्दी र कास्कीसँगै लमजुङ, मनाङ र मुस्ताङ जिल्ला समेटेको छ । अन्नपूर्ण हिमाल प्रभावित बासिन्दाको जीविकोपार्जन र यस क्षेत्रको पर्यटन विकासका लागि यिनै पाँच जिल्लाका ५७ गाविसलाई समेटेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अहिले पनि सञ्चालित छ । प्रथम आधार शिविर पुग्न नारच्याङ हुँदै जाने पदमार्ग निर्माण गरिए पनि विभिन्न ठाउँमा आवासगृह, खानेपानी, झोलुङ्गेपुललगायत पूर्वाधार निर्माण नहुँदा पदमार्ग सञ्चालनमा आउन सकेको छैन । विगत चार वर्षको अवधिमा संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयबाट विनियोजन भएको करिब रु ५० लाख बजेटबाट नारच्याङदेखि आधार शिविरसम्म पुग्न पदमार्ग निर्माण गरिएको अन्नपूर्ण पदमार्ग निर्माण उपभोक्ता समितिका सचिव हुकुम पुनले बताउनुभयो । नारच्याङ गाउँदेखि छेलुङ जङ्गल हुँदै नीलगिरि खोलाको किनारैकिनार भएर आधार शिविर पुग्ने पदमार्ग अहिले निर्माण गरिसकिएको छ । “यो वर्ष दुई ठाउँमा झोलुङ्गेपुलको सर्वे हुँदैछ, पदमार्गअन्तर्गत सात ठाउँमा पुल आवश्यक पर्छ, केही ठाउँमा अस्थायी काठको पुल भए पनि वारपार गर्न सकिन्छ, तीन ठाउँमा भने पुल नभई हुँदैन,” सचिव पुनले भने । यस पदमार्ग क्षेत्रमा पुल र पदमार्ग निर्माणका लागि यो वर्ष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले रु १० लाख बजेट उपलब्ध गराएको छ । अन्नपूर्ण हिमालको प्रचारप्रसारका लागि स्थानीय युवाले हिमालकै नामबाट अन्नपूर्ण युवा क्लबसमेत गठन गरेका छन् । उनीहरुले पनि विभिन्न माध्यमबाट पर्यटन विकासका लागि पहल गर्दै आएको क्लबका पूर्वअध्यक्षसमेत रहेका नारच्याङ–अन्नपूर्ण प्रथम आधार शिविर पदमार्ग निर्माण समितिका सचिव पुनले बताए । अन्नपूर्ण हिमालको आरोहण गर्ने प्रस्थान विन्दुका रुपमा रहेको अन्नपूर्ण प्रथम आधार शिविरमा पुग्न पदमार्ग पहिचानसँगै समितिले त्यस क्षेत्रमा आवश्यक पर्यटन पूर्वाधार निर्माणमा जोड दिँदैआएको छ । यस क्षेत्रको पर्यटन विकासका लागि नारच्याङवासीले जिविसदेखि मन्त्रालयसम्म दबाब दिँदै आएका छन् । “जिविस हुँदै नेपाल सरकारलाई हाम्रो माग भनेका छौँ, अब हामीले पनि आफ्नो जिल्लाको हिमाल चिन्न सक्नुपर्छ, यसलाई विकास गर्न सक्यौँ भने भविष्यमा यो म्याग्दीकै शान बन्न सक्छ,” पर्यटन व्यवसायी गुरुङले थपे । नारच्याङ गाविससमेत समेटिएको जिल्लाको उत्तरी गाविसलाई समावेश गरी प्रस्ताव गरिएको गाउँपालिकाको नामकरणसमेत अन्नपूर्ण गाउँपालिका राखिएको छ । अन्नपूर्ण हिमाल आफ्नै जिल्लामा पर्ने भएपनि अहिलेसम्म जिविसले समेत खास चासो दिएको छैन । केही वर्षअगाडि यस हिमाल आरोहणको रोयल्टी कास्कीमा गएको भन्दै स्थानीयवासीले जिविसमा दबाब दिएपछि मन्त्रालयमा पत्राचार भयो तर त्यसभन्दा बाहेक अरु पहल हुन सकेको छैन । दुई दिनको छोटो अवधिमै अन्नपूर्ण प्रथम आधार शिविर पुग्न सकिने यस पदमार्ग र आधार शिविर सबैभन्दा सुरक्षित समेत मानिन्छ । हिमालको फेदीमा रहेको आधार शिविरमा ठूला फाँड रहेकाले हिमपहिरोको जोखिम न्यून छ र यसैकारण अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने यो यात्रालाई सुरक्षित पदयात्राका रुपमा लिने गरिन्छ । नारच्याङमा अहिले जलविद्युत् आयोजनाले सडक विस्तारको काम गरिरहेको र आगामी दुई वर्षभित्र नीलगिरि खोलासम्म मोटरबाटो पुग्ने भएकाले यो आधार शिविरमा पर्यटकलाई सहजै पुग्न थप सहयोग पुग्ने स्थानीयवासीको अपेक्षा छ । अहिले अन्नपूर्ण प्रथम आधार शिविरको भम्रण र आरोहणमा जानेका लागि पदमार्ग, आवासगृह, झोलुङ्गेपुल लगायतका पूर्वाधारको अभावमा पर्यटकले हेलिकप्टर चार्टर गर्दै आएका छन् । सहज पदमार्ग निर्माण भइसकेको र अन्य पूर्वाधार समेत तयार हुँदै गरेकाले अबदेखि आरोही र पर्यटकलाई हेलिकप्टर चार्टर र मुस्ताङको कुञ्जो गाविस हुँदै घुमाउरो बाटो भएर आधार शिविर पुग्नुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । पदमार्ग सञ्चालनमा आएसँगै नारच्याङको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयवासीको अपेक्षा छ । नारच्याङमा अन्नपूर्ण प्रथमसँगै बराह शिखर हिमालसमेत रहेको छ भने नीलगिरि हिमालको दक्षिण र पूर्वी मोहडासमेत पर्छ । यस जिल्लामा संसारको सातौं अग्लो धौलागिरि हिमाल ९आठ हजार एक सय ६७ मिटर०, गुर्जा हिमाल, चुरेन हिमाल र पुथा हिमालसमेत रहेका छन् । प्रशस्त हिमाल र हिमचुचुरा रहे पनि प्रचारप्रसार र पर्यटन पूर्वाधारको अभावमा यस क्षेत्रमा यथेष्ट पर्यटक भित्र्याउन सकिएको छैन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending