Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

तीन महिनाभित्र महिला हिंसाविरुद्धका मुद्दा टुङ्ग्याउन प्रधानन्यायाधीसको निर्देशन

\"\"पोखरा, ३ पुस । प्रधानन्यायाधीश सुशीला कार्कीले अदालतमा महिला हिंसाविरुद्धमा परेका मुद्दा तीन महिनाभित्र टुङ्ग्याउन जिल्ला न्यायाधीशहरुलाई निर्देशन दिएकी छन् । सर्वोच्च अदालतद्वारा शनिबार पोखरामा आयोजित न्यायमा महिलाको पहुँच र सरोकारवाला निकायबीचको समन्वय विषयक एकदिने छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले निमुखा एवम् पिछडिएका वर्गलाई छिटो छरितो र गुणस्तरीय न्याय सेवा प्रदान गरेर अदालतप्रति जनविश्वास बढाउनुपर्ने बताइन । “न्याय प्रदान महिला हक अधिकार तथा न्यायिक उपचारका विषयमा जानकारीको अभाव, खर्च व्यवस्थापन गर्ने क्षमताको कमी, झन्झटिलो कार्य्विधि, अस्पष्ट कानुनी व्यवस्था, सेवाग्राहीमैत्री वातावरणको अभावजस्ता विविध कारणले गर्दा महिलाको न्यायमा पहुँचमा अवरोध रहेको छ” – उनले भनिन् । अदालतद्वारा फैसला गरिएका मुद्दाको कार्यान्वयनका लागि कानुन व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले पीडितलाई तत्काल न्याय र पीडकलाई दण्डित गर्ने व्यवस्था प्रभावकारी बताउनुपर्ने बताइन । सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले न्यायमा महिलाको पहुँच अझै पुग्न नसकेको बताउँदै महिलालाई न्याय प्रदान गर्ने सन्दर्भमा सोच र मूल्य मान्यतामा परिवर्तन नआएको बताइन । उच्च अदालत पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय प्रशासक खगराज बराल, न्यायाधीश तिलकप्रसाद श्रेष्ठ, कास्की जिल्ला अदालतका न्यायाधीश शेखरप्रसाद पौडेल, न्यायाधीश सत्यराज गुरुङलगायतले महिलाको न्यायमा पहुँचको विषयमा सबै सरोकारवाला पक्ष समान रुपमा संवेदनशील हुनु आवश्यक रहेको विचार व्यक्त गरे । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending