Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

अझै सम्पर्कमा आएनन् गाविसको रकम लिएर फरार सचिव

\"\"डोटी, ३ पुस । गाविसको रकम हिनामिना गरेर फरार भएका डोटीका एक सचिव अझै बेखबर रहेका छन् । सामाजिक सुरक्षा भत्तावापतको लाखौँ रकम लिएर पोखरी र जिजौडामाण्डौ गाविसबाट दसैँदेखि फरार भएका गाविस सचिव ईश्वरबहादुर सिंहले हिनामिना गरेको रकम मध्ये केही रकम गाविसको खातामा जम्मा गरेको तर आफू भने बेखबर भएको जिविस, डोटीले जानकारी दिएको छ । सिंहले मङ्सिर २९ गते दुवै गाविसका लागि ३७ लाख ४९ हजार ६२३ रुपैयाँ बैंकमा जम्मा गरेका छन् । उनले पोखरी गाविसको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सिलगढीमा रहेको खातामा दीपक नामबाट सो रकम जम्मा गरेको राष्ट्रिय वाणिज्य बैंक सिलगढीले जानकारी दिएको छ । सचिव सिंहले हिनामिना गरेको पोखरी गाविसको३८ लाख ४४ हजार ७४३ रुपैयाँ मध्ये अब १३ लाख ५१ हजार ४९१ रुपैयाँ र जिजौडामाण्डौ गाविसको २९ लाख ७५ हजार ५०१ रुपैयाँ मध्ये अब १७ लाख १९ हजार १३० रुपैयाँ बुझाउन बाँकी रहेको छ । गाविस सचिव सिंहले दुवै गाविसको ६८ लाख २० हजार २४४ रुपैयाँ रकम बुझेर फरार भएका थिए । पोखरी र जिजौडामाण्डौ गाविसको रकम लिएर फरार सचिव अझै सम्पर्कमा आएका छैनन् । आफूले हिनामिना गरेको रकम भने जम्मा गर्न लागेको जिविस, डोटीले जनाएको छ । डोटीका स्थानीय विकास अधिकारी कृष्ण गौतमका अनुसार गाविस सचिव सिंहले हिनामिना गरेको रकम फिर्ता गरे तापनि उनलाई कारबाही हुने छ । सरकारी कर्मचारीको नियम र मर्यादा विपरीत जाने जोकोही पनि कानुनी कारबाहीको भागी हुनुपर्ने गौतमको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending