Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

यसरी हुने भो प्रमुख तीन दलबीच सहमति

\"\" काठमाडौं, २९ मंसिर । मधेसवादी दलहरुको माग समेत समेटेर मात्रै निर्वाचनमा जानुपर्ने बताएका प्रमुख तीन दलबीच नै मधेसको माग सम्बोधन गर्ने गरी संविधान संशोधन गर्नेमा सहमति जुटेन । प्रतिपक्षको भूमिका सरकारलाई असहयोग मात्रै गर्ने रटानमा नेकपा एमालेले संशोधनको विरोधमा उत्रियो । एमालेको असहमतिकाबीच सरकारले संविधान संशोधन प्रस्ताव ल्याएपछि त झन् एमालेले सडक आन्दोलन नै घोषणा गर्यो । मधेसको माग पूरा भइसकेको भन्दै एमालेले संशोधन विधेयक फिर्ता नलिएसम्म सदन चल्न नदिने भन्दै मंसिर १६ गतेदेखि लगातार सदन अवरुद्ध गर्दै आएको छ । संविधान संशोधन हुँनै नदिने एमाले अडानपछि सत्तारुढ दलहरु संशोधन विधेयकलाई तत्काल स्थगित गरेर सदनको गतिरोध अन्त्य गर्ने निश्कर्षमा पुगेका छन् । संशोधन विधेयक कार्यसूचिबाट हटाएमा सदनको गतिरोध खुलाउने एमालेको संकेतपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा संसदको अवरोध हटाउनका सोही सहमतिमा अघि बढ्न राजी भएको स्रोतको भनाइ छ । सहमति जुटाउन भन्दै मंगलबार बालुवाटारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरुबीचको छलफलमा सहमतिको विकल्पबारे भएको छोटो कुराकानीमै समझदारी जुटेपछि बुधबार प्रमुख तीनबीच निर्णायक वार्ता हुने भएको छ । प्रमुख तीन दलका नेताहरुबीच संविधान संशोधन विधेयकलाई कार्यसूचिबाट हटाउने र सदनको गतिरोध पनि हटाउने तथा निर्वाचन सम्बन्धित ऐन कानून निर्माणमा केन्द्रित हुने भनी मंगलबार अनौपचारिक समझदारी गरेका तीन नेताबीच बुधबार औपचारिक सम्झौता गर्ने तयारी गरेका छन् । स्थानीय तहको पुनर्संरचनामा अझै पनि विभिन्न ठाउँमा विवाद कायमै रहेका कारण स्थानीय निकाय पुनर्संरचना आयोगको प्रस्तावअनुसार निर्वाचन गर्दा ढिलाइ हुने र २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्न नसकिने निश्कर्षमा पनि नेताहरु पुगेका छन् । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न स्थानीय निकायको पुरानै संरचनाअन्तर्गत निर्वाचन गर्नुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा एमाले अध्यक्ष ओली पनि सहमत भएका छन् । संविधान संशोधन छाडेर निर्वाचनमा केन्द्रित हुनुपर्ने एमालेको मागअनुसार नै तत्काल संशोधन विधेयकलाई थाती राखेर अघि बढ्ने निश्कर्षमा नेताहरु पुगेका हुन् । सरकारले छिट्टै नै स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्ने पनि दलहरुबीच समझदारी भएको छ । सोही समझदारीअनुसार नै प्रधानमन्त्री प्रचण्डले मंगलबार ज्यापु दिवसको कार्यक्रममा सरकारले छिट्टै स्थानीय तहको निर्वाचन घोषणा गर्ने बताएका थिए । दुबई गएकी सभामुख ओनसरी घर्ती पनि बुधबार नै स्वदेश फर्किने भएकाले बुधबार बेलुकासम्म एक किसिमको सहमति गर्ने प्रमुख दलहरुको तयारी छ । बुधबार नै प्रमुख तीन दलबीच सहमति गर्ने गरी छलफल भएकैले मंगलबार सिरहा पुगेका प्रधानमन्त्री प्रचण्ड पनि अपरान्ह काठमाडौं फर्किँदैछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending