Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

राष्ट्रसंघको सुधार गरी प्रभावकारिता बढाउँछु: महासचिव गुटेरेश

संयुक्त राष्टसंघ, २८ मंसिर । संयुक्त राष्टसंघका नवनियुक्त महासचिव एन्टोनियो गुटेरेशले आफू संयुक्त राष्ट्रसंघको सुधारका लागि लाग्ने बताएका छन् । विश्वमा शान्तिको स्थापना, विकासका क्रियाकलापहरुको प्रवर्धनका साथै जलवायु परिवर्तनको असरबाट विश्व समुदायलाई बचाउनका लागि संयुक्त राष्ट्रसंघको सुधारगरी यसलाई एक सशक्त संगठन बनाउनेतर्फ आपूm लाग्ने प्रतिबद्धता उनले व्यक्त गरे । सोमबार बिहान राष्ट्रसंघीय महासचिव पदको सपथ ग्रहणगर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। गत महिना नियुक्त भएका महासचिव गुटेरेशले सोमबार सपथ लिएका हुन् । उनको पाँचवर्षे कार्यकाल आगामी जनवरी १ देखि सुरु हुदैछ । राष्ट्रसंघीय मुख्यालयमा एक भव्य समारोहबीच उनीलाई सपथ गराइएको हो । त्यस अवसरमा उहाँले भन्नुभयो, विश्वमा देखापरिरेहका नयाँ नयाँ चुनौतीहरुको समाधानका साथै नयाँ सम्भावनाहरुको खोजी र समस्या समाधानका लागि राष्ट्रसंघले नयाँ ढंगले काम गर्नुपर्ने उनको धारणा थियो । यस संघका अघि हाल देखा परिरहेका खास समस्या भनेको न्युनतम रुपमा पनि द्धन्द्धको समाधान गर्न नसक्नु र विश्वमा प्रतिदिन विभिन्न खालका संकटको जन्म हुने र तिनको समाधानमा प्रभावकारिता नहुनु नै हो भने । सपथग्रहण पछि विश्वका १९३ देश सदस्य रहेको राष्ट्रसंघको साधारण सभालाई सम्बोधन गर्दै उनले भने, अहिलेको विश्वले शक्तिशाली संयुक्त राष्टसंघ खोजेको छ र यसका माध्यमबाट विश्वले द्धन्द्ध र संकटको समाधान खोजेको छ । उनले संयुक्त राष्ट्रसंघको जन्म विश्वमा जारी रहेको युद्धबाट भएको हो तर पनि हाम्रो अहम भूमिका भनेको शान्तिको स्थापना नै हो भन्दै यस प्राथमिकतालाई आफ्नो कार्यकालमा अघिसार्ने पनि बताए । हाल विश्वमा जस्तै सिरिया, यमन र यमनमा निकै संकटपूर्ण अवस्था छ भने यस्तो अवस्था रहेका देशहरु अरु पनि छन् । त्यसैगरी निकै लामो समयदेखि आन्तरिक रुपमा द्धन्द्धमा फसेका पनि कैयौं देशहरु छन् । यस्तो अवस्थामा हाम्रो तर्फबाट थप अग्रसरता र भूमिका चाहिन्छ, उनले भने । उहाँले राष्टसंघको अहिलेको ढाँचा र प्रयासहरुम व्यापक मात्रामा सुधार आवश्यक रहेको र हाम्रो तर्फबाट थप प्रभावकारी मध्यस्थता र सिर्जनात्मक कूटनीतिको खाँचो रहेको धारणा राखे । संयुक्त राष्ट्रसंघको नवौँ महासचिव पदका लागि गत अक्टोबर १३ मा नियुक्त भएका थिए । उनले यस पदको सपथ लिइरहँदा विश्वका कैयौं देशमा हिंसा रोकिएको छैन । साथै संसारमा हिंसाका नयाँ नयाँ रुपहरु पनि जन्मिरहेका छन् । यस्तो अवस्थामा विश्वको नै एक छाता र शक्तिशाली संगठनका रुपमा रहेको संयुक्त राष्ट्रसंघको भूमिका थप प्रभावकारिताको खोजी संसारले नै गरिरहेको छ । बिगतमा यसको भूमिका त्यति प्रभावकारी नरहेको आलोचना पनि भएको थियो । सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending