Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

राष्ट्रसंघको सुधार गरी प्रभावकारिता बढाउँछु: महासचिव गुटेरेश

संयुक्त राष्टसंघ, २८ मंसिर । संयुक्त राष्टसंघका नवनियुक्त महासचिव एन्टोनियो गुटेरेशले आफू संयुक्त राष्ट्रसंघको सुधारका लागि लाग्ने बताएका छन् । विश्वमा शान्तिको स्थापना, विकासका क्रियाकलापहरुको प्रवर्धनका साथै जलवायु परिवर्तनको असरबाट विश्व समुदायलाई बचाउनका लागि संयुक्त राष्ट्रसंघको सुधारगरी यसलाई एक सशक्त संगठन बनाउनेतर्फ आपूm लाग्ने प्रतिबद्धता उनले व्यक्त गरे । सोमबार बिहान राष्ट्रसंघीय महासचिव पदको सपथ ग्रहणगर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। गत महिना नियुक्त भएका महासचिव गुटेरेशले सोमबार सपथ लिएका हुन् । उनको पाँचवर्षे कार्यकाल आगामी जनवरी १ देखि सुरु हुदैछ । राष्ट्रसंघीय मुख्यालयमा एक भव्य समारोहबीच उनीलाई सपथ गराइएको हो । त्यस अवसरमा उहाँले भन्नुभयो, विश्वमा देखापरिरेहका नयाँ नयाँ चुनौतीहरुको समाधानका साथै नयाँ सम्भावनाहरुको खोजी र समस्या समाधानका लागि राष्ट्रसंघले नयाँ ढंगले काम गर्नुपर्ने उनको धारणा थियो । यस संघका अघि हाल देखा परिरहेका खास समस्या भनेको न्युनतम रुपमा पनि द्धन्द्धको समाधान गर्न नसक्नु र विश्वमा प्रतिदिन विभिन्न खालका संकटको जन्म हुने र तिनको समाधानमा प्रभावकारिता नहुनु नै हो भने । सपथग्रहण पछि विश्वका १९३ देश सदस्य रहेको राष्ट्रसंघको साधारण सभालाई सम्बोधन गर्दै उनले भने, अहिलेको विश्वले शक्तिशाली संयुक्त राष्टसंघ खोजेको छ र यसका माध्यमबाट विश्वले द्धन्द्ध र संकटको समाधान खोजेको छ । उनले संयुक्त राष्ट्रसंघको जन्म विश्वमा जारी रहेको युद्धबाट भएको हो तर पनि हाम्रो अहम भूमिका भनेको शान्तिको स्थापना नै हो भन्दै यस प्राथमिकतालाई आफ्नो कार्यकालमा अघिसार्ने पनि बताए । हाल विश्वमा जस्तै सिरिया, यमन र यमनमा निकै संकटपूर्ण अवस्था छ भने यस्तो अवस्था रहेका देशहरु अरु पनि छन् । त्यसैगरी निकै लामो समयदेखि आन्तरिक रुपमा द्धन्द्धमा फसेका पनि कैयौं देशहरु छन् । यस्तो अवस्थामा हाम्रो तर्फबाट थप अग्रसरता र भूमिका चाहिन्छ, उनले भने । उहाँले राष्टसंघको अहिलेको ढाँचा र प्रयासहरुम व्यापक मात्रामा सुधार आवश्यक रहेको र हाम्रो तर्फबाट थप प्रभावकारी मध्यस्थता र सिर्जनात्मक कूटनीतिको खाँचो रहेको धारणा राखे । संयुक्त राष्ट्रसंघको नवौँ महासचिव पदका लागि गत अक्टोबर १३ मा नियुक्त भएका थिए । उनले यस पदको सपथ लिइरहँदा विश्वका कैयौं देशमा हिंसा रोकिएको छैन । साथै संसारमा हिंसाका नयाँ नयाँ रुपहरु पनि जन्मिरहेका छन् । यस्तो अवस्थामा विश्वको नै एक छाता र शक्तिशाली संगठनका रुपमा रहेको संयुक्त राष्ट्रसंघको भूमिका थप प्रभावकारिताको खोजी संसारले नै गरिरहेको छ । बिगतमा यसको भूमिका त्यति प्रभावकारी नरहेको आलोचना पनि भएको थियो । सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending