Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

लथालिङ्ग ललितपुरका सडक

\"\"ललितपुर, २४ मङ्सिर । विसं २०१५ सालमा खुलेको कान्ति राजपथ अझै पूरा भइसकेको छैन । कच्ची बाटो र वर्षामा पहिरोका कारण बाटो अवरुद्ध भइरहँदा स्थानीयवासी हैरान छन् । बर्सेनि स्तरोन्नतिको काम भइरहे पनि स्थानीयवासीले सहजरुपमा आवत–जावत गर्न पाएका छैनन् । चारवर्ष पहिले सडक विस्तार सुरु भएको कलङ्की–कोटेश्वर (ललितपुर हुँदै) सडक पूरा नहुँदा ललितपुरवासी हैरान छन् । गाडी गुड्ने सडक साँघुरो भएकाले एकातिर सडकमा नियमित ट्राफिक जाम र अर्कातिर धुँवा–धुलोले गर्दा सडक प्रयोगकर्ता हैरान भएका हुन् । गत वर्षको भूकम्प र त्यस लगत्तैको नाकाबन्दीले गर्दा सडक निर्माण एक वर्ष अझै लम्बिएको छ । सधैँ सडकमा काम गरेको देखिए पनि यात्रुलाई सहज नभएका ललितपुरका ग्रामीण क्षेत्र र सहरी क्षेत्रका यी दुई सडक उदाहरण मात्रै हुन् । सरकारले ग्रामीण सडकमा बर्सेनि टुक्रे बजेट उपलब्ध गराउँदा र ठूला योजनाका पनि अवधि विभिन्न कारण लम्बिँदा सडक प्रयोगकर्ता हैरान छन् । दोस्रो चौमासिकको सुरु भइसक्दा ललितपुरका कतिपय सडक ठेक्का भइसेका छन् भने कति ठेक्काको क्रममा छन् । त्यसो त ठेकेदारका ढिलाइका कारण अघिल्ला वर्ष पूरा गरिसक्नुपर्ने सडकसमेत लथालिङ्ग छन् । डिभिजन सडक कार्यालय, जिविस, उपमहानगरपालिका, नगरपालिका, कान्ति राजपथ सुधार योजना, काठमाडौँ चक्रपथ सुधार योजना लगायतका निकाय जिल्लामा सडकको काम गरिरहेका छन् । राजधानी काठमाडौँसँग जोडिएको जिल्ला भएपनि जिल्लामा सबै गाविसमा सडक सञ्जाल पुगेको ५ वर्ष मात्रै भएको छ । दक्षिण ललितपुरको प्युटारबाट आश्राङ हुँदै ठूला दुर्लुङ सडक जोडिएपछि सबै गाविसमा सडक सञ्जाल जोडिएको हो । चालु आवमा जिल्ला परिषद्बाट स्वीकृत योजनाका करिब १० वटा सडकको काम जिल्ला प्राविधिकको कार्यालयले गरिरहेको छ । केही यही वर्ष स्वीकृत योजना र केही बहुवर्षीय सडकको काम भइरहेको जिल्ला प्राविधिकको कार्यालयमा कार्यरत सब–इन्जिनियर किशोर मोक्तानले बताए । धेरै लाभान्वित हुने सडक मात्रै होइन घर–घर पुग्ने सडक बनाउन स्थानीयवासीले माग गरिरहेका छन् । उनी भन्छन्, “घरैसम्म सडक पुग्नुपर्छ भन्ने मान्यता कम गर्नुपर्ने खाँचो छ ।” दलचोकीबाट सङ्खु हुँदै इकुडोल पुग्ने सडक स्तरोन्नतिको काम सुरु भएको छ । नल्लुबाट चौघरे हुँदै कतुवानबेसीसम्मको ११ किलोमिटर सडक ग्राभेलको काम भइरहेको हो । चन्दनपुरबाट ठूला दुर्लुङ हुँदै आश्राङसम्मको सडक स्तरोन्नतिको स्थानीयवासीले माग गरेका छन् । मोक्तान भन्छन्, “अहिले विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम भइरहेको छ ।” दक्षिण ललितपुरमा सडक बाह्रै महिना चलाउनका लागि मोटर गुड्ने पुलको कामसमेत भइरहेको छ । डिभिजन सडक कार्यालय अहिले क्षेत्रीय स्तरमा सडक, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, निर्वाचन क्षेत्र अन्तर्गतको सडक लगायतका काम अघि बढाएको छ । यीमध्ये कतिपयको ठेक्का सम्पन्न भइसकेको छ भने कतिपय ठेक्काको प्रक्रियामा रहेको इन्जिनियर रीना साहले बताइन् । क्षेत्रीय स्तरका १४ वटा सडकको यही वर्ष काम सक्ने गरेर ठेक्का भइसकेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत २५ वटा सडकको काम सुरु भएको छ । पाँचवटा रणनीतिक सडकको ठेक्का हुन बाँकी छ । “बहुवर्षीय सडकमा पूरा नहुँदासम्म काम भइरहन्छ ।”, शाहले भनिन् । चक्रपथ अन्तर्गतको ललितपुरको पूरै सडक पर्ने काठमाडौँ चक्रपथ सुधार योजना अन्तर्गतको काम सन् २०१७ को जनवरीसम्ममा सकिने इन्जिनियर रमेश दृष्टिले बताए । काठमाडौँ जिल्लाको कलङ्कीबाट चक्रपथहुँदै काठमाडौँकै कोटेश्वर जोड्ने भएपनि ललितपुरको बढी भाग यस योजनामा पर्छ । ४८ प्रतिशत काम सकिएको दाबी गर्दै उनले भने, “यही वर्षमा पाँच किलोमिटर सडक कालोपत्र पनि सकिनेछ ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending