Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

नेपालमा रेल सेवाका लागि इन्डोनेसियाको चासो

\"\"काठमाडौं, २३ मङ्सिर । बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनमा सहभागी हुन इन्डोनेसिया पुगेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत बिहीबार द्विपक्षीय भेटवार्तामा व्यस्त भएका छन् । मन्त्री डा. महतले बिहीबार इन्डोनेसियाली विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग शिष्टाचार भेट गरे । त्यस अवसरमा नेपाल र इन्डोनेसियाको आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री  महतले फोरममार्फत विश्वका कैयौँ देशलाई आमन्त्रण गरी प्रजातन्त्रका बारेमा छलफल र आफ्ना अनुभवको आदानप्रदान गर्ने अवसर प्रदान गर्नुभएकामा धन्यवाद ज्ञापन गरे । इन्डोनेसियाली विदेशमन्त्री मर्सुदीले दुवै देश संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना कार्यमा कार्यरत रहेको स्मरण गर्दै राष्ट्र सङ्घमा दुवै देशको योगदानको चर्चा गरिन् । उक्त भेटमा नेपालमा रेल सेवाका लागि इन्डोनेसिया सरकारले प्रक्रिया सुरु गर्न लागेका विषयमा मन्त्री मर्सुदीले चासो व्यक्त गरेकी थिइन् । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै नेपालका लागि इन्डोनेसियाका अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकाल पनि सहभागी थिए । त्यसैगरी आजै मन्त्री महतसँग मालदिभ्सका विदेशमन्त्री डा मोहम्मद असिमले पनि शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अवरुद्ध प्रक्रियालाई अघि बढाउने विषयका साथै द्विपक्षीय हितका बारेमा कुराकानी भएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending