Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

जाजरकोटमा एकीकृत पोषण अभियान ‘सुआहारा २’ सञ्चालन

\"\" जाजरकोट,२३ मंसिर । सरकारको बहुक्षेत्रीयपोषण योजनालाई सघाउन जाजरकोट जिल्लामा एकीकृत पोषण अभियान (सुआहारा) दुई सञ्चालनहुने भएको छ । सुनौलाहजार दिनका मातृ तथा शिशुहरुको पोषणमा सुधार ल्याउन सुआहारा दुई सञ्चालन हुने भएको हो ।कृषि प्रबद्र्धनका माध्यामवाट सुनौला हजार दिनभित्रका मातृ तथाशिशुहरुको पोषण सुधार गर्ने सुआहारा दुईले जनाएको छ । सुकेनास, फुकेनास जस्ता स्वास्थ्य समस्याहरुवाट मुक्तगर्न बच्चा र आमा दुवैलाई बृहत तथा सुक्ष्म पोषण तत्वहरुको आबश्यक पर्ने सुआहा परियोजनाका सिनियर गवरनेन्स मेनेजर बिष्णु रमन न्यौपानेले वताए । मानव स्वास्थ्यकालागि अनिवार्य चाहिने बृहतपोषण तत्वहरु हरियो सागपात, पेंहला फलफुल, गेडागुढी, विभिन्न खाद्य बाली, दुध, दही, माछा, मासु लगाएतका रैथाने अन्न बालीहरुवाट प्राप्त हुने समेत मेनेजर न्यौपानेले जानकारी दिए । जिल्लामा पोषण सुधार गर्न सम्पूर्ण राजनैतिक पार्टीका नेता तथा कार्यकर्ता, नागरिक समाज, पत्रकारहरुलाई घर–घरमा मेवा र केराका विरुवाहरु रोप्न मेनेजर न्यौपानेले अपिल गरे । विश्व सामु स्वस्थ्य, सक्षम र सबल नागरिकका रुपमा नेपालीहरुलाई चिनाउन उपभोगवादी चिन्तनलाई परिवर्तन गरेर उत्पादनशिल चिन्तनमा बदल्न जरुरी भएको र त्यसका लागि आफु धेरै पटक जाजरकोटमा आईसकेको उनले बताए । जति पटक आफु जाजरकोट आयो त्यति पटक जिल्लाको भौतिकपुर्वाधार विकासले भौतिक संरचनाहरु परिवर्तन हुदै गएको भएतापनि पोषण संम्बेदनसिलता, कृषि प्रबद्र्धनमा अपेक्षाकृत रुपमा व्यबहार परिबर्तन नभएको भन्दै न्यौपानेले दुःखब्यक्त गरे । सुआहारा नेपाल सरकारको बहुक्षेत्रीय पोषण योजना, नेपाल स्वास्थ्य क्षेत्र योजना ३, पोषणसम्बन्धी राष्ट्रिय नीति रणनीति, सरसफाई सम्बन्धी गुरुयोजना र स्वायत्त शासन ऐनभित्र रहेर कामगर्ने परियोजनाभएको सुआहारा जाजरकोट जिल्ला संयोजक गान्धीराज वाग्लेले जानकारी दिए । सुआहारा (एकीकृत पोषण अभियान)ले नेपाल सरकार तथा राष्ट्रिय योजना आयोगको ५ बर्षिय बहुक्षेत्रियपोषण योजनालाई किनै सहयोग गर्ने संयोजक वाग्लेले दावी गरे । आगामी ५ बर्ष सम्म सुआहारा कार्यक्र जिल्लामा सञ्चालन हुने बताइएको छ । उक्त कार्यक्रम जिल्लाको एक नगरपालिका र २६ वटा गाउँबिकास समितिमा सञ्चालन गरिने जानकारी दिईएको छ । बहुक्षेत्रिय कार्यपद्धतिवाट सुआहारा कार्यक्रम जाजरकोट लगाएतका ४० वटा जिल्लामा सञ्चालन भईरहेको कार्यक्रम हो । नेपाल सरकार र अमेरिकि सहयोग नियोग युएसएडको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमहो । सुआहाराले सहश्राव्दी बिकास लक्ष्यलाई टेवा पुर्याउदै अन्ततःदिगो बिकास लक्ष्यलाई सहयोग गर्ने वताइएको छ । सुआहाराले पोषण सुधारकालागि सामाजिक ब्यबहार परिवर्तन, पोषण सुधारकालागि गुणस्तरीय सेवा तथा पहुच बिस्तार, पोषण सुधारका लागि खानामा विविधीकरण र सुशासनका क्षेत्रमा काम गर्दै आएको परियोजना हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending