Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

यसकारण हामी एकताको नजिक छौं

हामी अहिले पनि पार्टी निर्माणकै अभियानमा रहेका छौं । पार्टीको घोषणापछि पार्टी निर्माणमा हामीहरु जुटिरहेका छौं । हामीले पार्टी निर्माणको अभियानलाई एउटा टर्निङ प्वाइन्ट बनाउनुपर्छ भनेर ६ महिने अभियान सुरु गरेका छौं । हामीले पार्टी निमार्णको प्रक्रियासँगै चारवटा मूख्य काम गर्दैछौं । संगठन सुदृढीकरण, राजनीतिक ध्रुवीकरण, निर्वाचन र समाजिक अभियानहरु संचालन गर्ने कामहरुलाई हामीले मुख्यरुपमा अघि बढाएका छौं । यी कामहरु मध्ये पार्टी एकीकरण र राजनीतिक ध्रुवीकरणको कामलाई हामीले मूख्य प्राथमिकतामा राखेर अघि बढेका छौं ।
धेरै अगाडिदेखि संघीय समाजवादी फोरमसँग पनि अनौपचारीक रुपमा पार्टी एकताबारे छलफल हुँदै आएको छ
ध्रुवीकरण प्रक्रिया अन्र्तरगत देशभरीका थुप्रै राजनीतिक दलहरु, राजनीतिक कार्यकर्ता, सामाजिक अभियन्ताहरुसँग नयाँ शक्ति पार्टीले एकताको वहस चलाइरहेको छ । यहि सन्दर्भमा सोमबार मात्रै कपिलवस्तुमा फोरम लोकतान्त्रिकका उपाध्यक्ष सुरेन्द्र चौधरी लगायत थुप्रै नेताहरु समाहित हुनुभएको छ । त्यसैगरी धेरै अगाडिदेखि संघीय समाजवादी फोरमसँग पनि अनौपचारीक रुपमा पार्टी एकताबारे छलफल हुँदै आएको छ । [caption id=\"attachment_106103\" align=\"alignleft\" width=\"272\"] खिमलाल देवकोटा[/caption] मुख्यतया पार्टीको नीति, सिद्धान्त, कार्यक्रम, योजना सबै मिलेपछि पार्टीहरु एकीकरण हुन्छन । हामीले अहिले पार्टी एकीकरणको वहस चलाइरहँदा मुख्यतः पाँच ‘स’ (शान्ति, संविधान, सुशासन, समृद्धि र समाजवाद) को कुरा अगाडि सारेका छौं । पाँच ‘स’ को निर्देशक सिद्धान्तसहित आर्थिक समृद्धिको कार्ययोजना अगाडि सारेका छौं । त्यसमा फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम लगायतका केही साथीहरु र नयाँ शक्तिकाबीचमा समान धारणा रहेको छ । अहिलेको समसामयिक घटना र संविधान संशोधन प्रस्तावको विषयमा पनि हामी एकै ठाउँमा छौं भन्ने दुई पार्टी (नयाँ शक्ति र संघीय समाजवादी फोरम) का नेतृत्वले संयुक्त विज्ञप्ति निकालेर अझै प्रष्ट पारेका छन् । तसर्थ सैद्धातिक रुपमा र नीतिगत रुपमा हामी एकै ठाउँमा रहेर अगाडि बढ्न सक्ने अवस्थामा पुगेका छांै । तर अझै पनि पार्टी एकताको अन्तिम टुङगोमा हामीहरु पुगेका छैनौं । अहिले सम्म भएका औपचारी, अनौपचारीक छलफलले पार्टी एकताको निम्ति मार्ग प्रशस्त भने गरेको छ । आर्थिक संवृद्धिको नारामा उपेन्द्रहरु सहमत खासगरी देशको व्यवस्था र अवस्था बदल्ने उद्देश्यकै लागि राजनीतिक दलहरु स्थापना भएका हुन्छन् । हाम्रो देशको व्यवस्था बदलियो तर अवस्था भने बदलिएको छैन । त्यहि अवस्था बदल्नको लागि अब आर्थिक क्रान्तिको पाटोबाट अगाडि बढ्नुपर्दछ भनेर त्यसको अगुवाइ नयाँ शक्ति पार्टीले गर्यो । यसमा उपेन्द्रजीको पार्टी पनि पुरै सहमत छ । सँगसँगै सत्तामा भएका राजनीतिक दलहरु पनि हाम्रो आर्थिक समृद्धिको नारामा आएका छन ।
आजसम्मको राजनीति भत्काउने काममा मात्र सीमित भए । निर्माण र सिर्जनाको लागि राजनीति भएकै छैन । हामीले अबको राजनीति रचनाका लागि, सिर्जनाका लागि हुनुपर्छ भनेका छौं ।
त्यसकारण पुराना पार्टीहरु त पुरानै ढंगले चल्लान्, त्यसमा हाम्रो निकटताको कुनै कुरा भएन । तर नयाँ ढंगको परिस्थितिअनुसार सिद्धान्त, विधि, संरचना, संगठन पनि नयाँ ढंगले साँेच्न खोजेका पार्टीहरुकाबीचमा भने पार्टी एकताको सम्भावना छ । उपेन्द्र यादवहरुले खालि मधेसको मात्रै कुरा गरिराख्नु भएको छैन । सबैखाले उत्पीडनहरुको सबै रुपले अन्त्य हुनुपर्छ र संविधान जारी भएपछि पनि त्यसले सबैका मागहरु समेट्न सकेको छैन । त्यसैले सबै अपूर्णताहरु पुरा गर्नका लागि संविधान संशोधन गर्नुपर्छ भन्नेमा उपेन्द्रजीहरुको जोड छ । त्यसमा हामी पनिसँगै छौ । उहाँहरु त्यसपछि आर्थिक संमृद्धिको मुद्दालाई अगाडि बढाउनुपर्दछ भन्नेमा सहमत हुनुहुन्छ । हामीले आर्थिक संमृद्धिको अभियानमा सहमत हुनेहरुसँग पार्टी एकीकरणको बहस खुल्ला गरेका छौ, यो अगाडि बढिरहेको छ । आजसम्मको राजनीति भत्काउने काममा मात्र सीमित भए । निर्माण र सिर्जनाको लागि राजनीति भएकै छैन । हामीले अबको राजनीति रचनाका लागि, सिर्जनाका लागि हुनुपर्छ भनेका छौं । त्यसकालागि त्यहि अनुसारको संगठन, आन्दोलन र कार्यक्रमहरु गरिनुपर्दछ । हामीले गर्ने कुनैपनि कार्यक्रमले तोडफोड, बन्द र सडक अवरोधको राजनीतिलाई अन्त्य गरेको छ, यो मामिलामा पनि हामीहरु एकठाउँमा हुन सक्छौं । \"\"संविधान संशोधनको विषयमा पनि समानता उपेन्द्र यादव र हाम्रो पार्टीका संयोजकले संविधान संशोधनको विषयमा संयुक्त विज्ञप्ति नै सार्वजनिक गरेर यो विषयमा सँगैजाने कुरा प्रष्ट पारेका छौं । अहिलेको संविधानको विषयमा आएका असन्तुष्टिहरुलाई सम्बोधन गरिनुपर्दछ भन्ने विषयमा हामीले साझा धारणा बनाएका छौं । सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव सबै असन्तुष्टिहरु मेटाउने गरी आउनु पर्ने थियो तर त्यसमा पूर्णता रहेन भन्ने कुरामा पनि हामी सहमत छौं । हामीले पहिचान र अधिकारसहितको संघीयता, समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई संविधान संशोधनको प्रस्तावमा मिलाउन सकेको अवस्थामा सबै समस्याहरुको हल हुन्छ भनेका छौं । यो विषयमा पनि हाम्रोबीचमा समानता रहेको छ । हामीले त्यसपछि आर्थिक संमृद्धिको बाटो खुल्छ भनेका छौं ।
आफैले राजीनामा गरेको पद सम्हाल्न उहाँ संसदमा जाने भन्ने कुरा त्यो नैतिकताले पनि मिल्दैन । दोस्रो कुरा संविधानमा अहिले सांसद पद मनोनित हुने खालको प्रावधान नै छैन, तसर्थ यो सबै बाहिर आएको कुरा सत्य होइन
तसर्थ यी तमाम राष्ट्रिय मुद्दाहरुमा समानता, पार्टीको मुख्य नीतिमा समानता, कार्यक्रममा समानता र संगठनात्मक पद्धतिमासमेत समानता भएको अवस्थामा हामीबीच पार्टी एकताको लागि मार्ग प्रशस्त हुन्छ भन्ने हामीलाई लागेको छ । हाम्रो पार्टीको वार्ता टोलीको बैठक बस्दै छ, त्यसपछि हामी एउटा छुट्टै योजना बनाउँछौ र एकीकरण हुन सक्ने पार्टीहरुसँग मात्र नभएर सत्तामा रहेका अन्य पार्टीहरुकाबीचमा पनि परम्परागत सिद्धान्त छाडेर नयाँ ढंगले अघि बढ्नुपर्नेबारेमा छलफल चलाउँदैछौं । एकताको सर्त बावुरामलाई संसद र नयाँ शक्तिलाई सत्तामा लैजाने होइन हाम्रो पार्टीका संयोजक बावुराम भट्टराईले सबैभन्दा बढि मत ल्याएर पनि संसद पदबाट राजिनामा गर्नु भएको छ । पहिलो कुरा आफैले राजीनामा गरेको पद सम्हाल्न उहाँ संसदमा जाने भन्ने कुरा त्यो नैतिकताले पनि मिल्दैन । दोस्रो कुरा संविधानमा अहिले सांसद पद मनोनित हुने खालको प्रावधान नै छैन, तसर्थ यो सबै बाहिर आएको कुरा सत्य होइन । यो मिल्दैनमिल्ने कुरालाई मानिसहरुले अनावश्यक चर्चा चलाएका छन् । अहिले नयाँ शक्तिलाई सदन वा सरकार कतै पनि जान हतार भएको छैन । हामीले जनताको एजेन्डा उठाएका छौं, हामी निर्वाचनमा जान चाहन्छौं र जनताद्वारा सर्वाधिक मतले मनोनित भएपछि मात्र सरकारमा जाने विषयमा सोच्ने छौं । हामीले सरकारमा जाँदै नजाने गरी पार्टी बनाएको पनि होइन, परम्परागत शैलीका पार्टीहरुकोजस्तो जसरी पनि सरकारमा जानैपर्छ भन्ने पनि होइन, हामी नयाँ परिस्थिति निर्माण गरेर जनताको अनुमोदनबाट सरकारमा जान्छौं । हाम्रो पार्टी छोडेर कोही पनि जानु नै भएको छैन, गएकाहरु नयाँ परिस्थिति अनुसारको पार्टीमा टिक्न नसक्नु भएको मात्र हो । कम्युनिष्ट आन्दोलनभन्दा बाहिरका मानिसहरु पार्टीमा प्रवेश गर्दा माओवादी मात्र आए भन्ने र अनि गैरकम्युनिष्टहरु पार्टीमा प्रवेश गर्दा नयाँ शक्तिमा कम्युनिष्ट होइन भन्ने खालको सोंच भएका मानिसहरु पार्टीमा अटाउन नसकेका होलान् र उनीहरुले हामीलाई लगाउने आरोपको पनि कुनै तुक छैन । अहिलेको परिवर्तित राजनीतिक अवस्थामा पार्टीको नीति अनुसार सिद्धान्त र विचार पनि विकास गर्नुपर्दछ । त्यहि ढंगले हामीहरु अगाडि बढेका छौं, यसलाई बुझ्न नसक्नेहरुले अर्थ गलत लगाउँने गरेका छन् ।
पाँच नम्बर प्रदेशको विषयमा यसरी एमाले नै आन्दोलन गर्नुपर्ने कारण के होला ? एमाले हिजो सत्तामा थियो, त्यसकारण ठीक थियो, आज प्रतिपक्षमा छ त्यसकारण यो प्रस्ताव बेठीक हुन्छ ? हिजो एमाले सरकारमा थियो त्यो प्रस्ताव राष्ट्रवादी हुने, आज सरकार बाहिर छ त्यसकारण त्यो प्रस्ताव राष्ट्रघाती भयो भन्ने परिभाषा हुनै सक्दैन
एकीकरण र मधेश केन्द्रित दलबारे हामीले उपेन्द्रजीहरुसँग मात्र होइन, अरु थुप्रै दलहरुसँग पार्टी एकीकरणको पहल गरेका छौं । नेकपा माले समाजवादीसँग पार्टी एकिकरण नै गरिसक्यौं । त्यस्तै एमाले, कांग्रेस, माओवादीमा आवद्ध भएका नेता कार्यकर्ताहरु नयाँ शक्तिमा समाहित हुनुभएको छ । पार्टी एकीकरणका लागि हामीले थुप्रै राजनीतिक दलहरुसँग संवाद गरिराखेका छौ, हामीले मधेस केन्द्रित राजनीतिक दलहरुलाई मात्र जोड्दैछौं भन्ने पनि होइन । अहिले मधेस देशै होइन भन्ने, मधेसी नेपाली होइन भन्ने जुन मनोविज्ञान हावि भएको छ, यसले मुलुकलाई विभाजनतिर लैजान्छ, त्यो विभाजनलाई रोकेर एकतातिर लैजानकालागि मधेस र पहाडबीचको एकता गराउन जरुरी छ । त्यो खालको एकता गर्न अरु सबै पार्टीहरु असफल भए । हामी हिमाल, पहाड र तराई जोडन सफल हुन्छौं, हाम्रो मधेस केन्द्रित पार्टीहरुसँगको एकताले यसलाई बढवा दिन्छ भन्न सकिन्छ । एमाले आन्दोलन र संशोधनको विकल्प अहिले पाँच नम्बर प्रदेशको आन्दोलनको नेतृत्व एमालेले गरेको देख्दा अनौठो लागेको छ । बाटोमा टायर बालेको छ, बाटो बन्द गरेको छ, पुष्पलालको शालिक तोडेको छ, कम्युनिष्ट पार्टीका कार्यालयहरु तोडफोड भएका छन् । त्यो आन्दोलन हो वा अराजकता हामीलाई अनौंठो लागेको छ । त्यसको नेतृत्व एमालेले नै गरेको सुन्दा थप अनौंठो लागेको छ । एमाले अध्यक्ष केपी ओलीकै हस्ताक्षरमा गत वर्षको कात्तिक १७ गते यहि मोडेलको संविधान संशोधनको प्रस्ताव अघि सारिएको थियो । तर अहिले त्यसैको विरोध किन ? फेरि एमालेले चुनावको मुखमा बन्द आन्दोलन नगर्ने भन्दै घोषणापत्र पनि सार्वजनिक गरेको थियो, यतिबेला त्यही नामको एमालेले नगर्ने भनेकै स्वरुपको आन्दोलन गरिरहेको देखिन्छ किन ? पाँच नम्बर प्रदेशको विषयमा यसरी एमाले नै आन्दोलन गर्नुपर्ने कारण के होला ? एमाले हिजो सत्तामा थियो, त्यसकारण ठीक थियो, आज प्रतिपक्षमा छ त्यसकारण यो प्रस्ताव बेठीक हुन्छ ? हिजो एमाले सरकारमा थियो त्यो प्रस्ताव राष्ट्रवादी हुने, आज सरकार बाहिर छ त्यसकारण त्यो प्रस्ताव राष्ट्रघाती भयो भन्ने परिभाषा हुनै सक्दैन । त्यसकारण एमालेले गरिरहेको आन्दोलनको कुनै तुक छैन । उसले आफ्नो बालपना, कच्चापन र कमजोरी देखाएको छ । यसले स्वयं एमालेलाई पनि राम्रो गर्दैन र संघीयतासहितको संविधान कार्यान्वयन गर्ने कुरामा पनि राम्रो भूमिका खेल्दैन । पाँच नम्बर प्रदेशको आन्दोलन र यसको समाधान पहिलो संविधानसभाको राज्य पुनःसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदन वा अवधारणा पत्रको अनुसार संशोधन गरिनुपर्छ । त्यसम संघीयता बिरोधीहरुले पनि सहमति जनाएका छन् र सर्वसम्मतिले त्यो प्रतिवेदनलाई स्वीकार गरेका छन् । त्यसले पहिचानका पाँच आधार, सामथ्र्यका चार आधारमा संघीय राज्यको सीमानाको बाडफाँड गर्ने भनेको छ । हामी अहिले नयाँ शक्ति पार्टीको हैसियतले पनि त्यहि प्रतिवेदनको आधारमा आन्दोलनरत पक्षहरुसँग वार्ता गरेर सहमतिको बाटोमा हिड्नु पर्दछ भन्नेमा छौं । (देवकोटा नयाँ शक्ति पार्टीका प्रवक्ता हुन् । लोकराज जैसीसँग गरिएको कुराकानीमा आधारित)  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending