Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

भूकम्पपीडितसँगै घुस लिन्छन् प्रहरी

\"\"सिन्धुपाल्चोक, २३ मंसिर । आफ्नो कर्तव्य र बर्दीको धर्मलाई कुल्चँदै भूकम्पपीडित स्थानीयलाई दुःख दिएर रकम असुल्ने प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । भूकम्प पीडित स्थानीयलाई अनावश्यक दःुख दिई मुद्धा मिलाउने बहानामा ४५ हजार रुपैयाँ लिने प्रहरी हवल्दार श्रीमान थापा र प्रहरी जवान सुन्दर श्रेष्ठलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । जिल्लाको सेलाङ गाउँ विकास समितिका स्थानीयको गोप्य सूचनाका आधारमा उनीहरुले कसैलाई अनावश्यक नियन्त्रणमा लिई मुद्धा मिलाउने भन्दै ४५ हजार घुस लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । प्रहरी नियमावली अनुसार उनीहरुलाई ६ महिनाका लागि निलम्बन गरिएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रविन्द्र केसीले बताए । निलम्बनपछि घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकश्यामकृष्ण अधिकारीको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति नै गठन गरिएको उनले जानकारी दिए । ‘आचरण र व्यवहार सुधार गरि प्रहरी सेवालाई जनमुखि, निश्पक्ष र पारदर्शी बनाउने अभियानमा छौं’, प्रहरी प्रमुख केसीले भने, –‘प्रहरी आचरण बिपरीत कार्य गरेको पाइयो, उनीहरुलाई निलम्बन गरियो ।’ १६ मंसिरको राति सेलाङ गाउँ विकास समितिस्थित तामाङ समुदायमा छेवारको रमझम थियो । तामाङ संस्कार अनुसार छेवार भइरहेका बेला रातको समयमा कोही कसैले पटका पट्काएका थिए । पटका पट्काएपछि इलाका प्रहरी कार्यालय जलविरेका कार्यरत प्रहरी हवल्दार श्रीमान थापा र प्रहरी जवान सुन्दर श्रेष्ठ छेवार भएको घरमा पुगि किन बन्दुक पट्काएको कसले पट्काएको भनि ¥याख¥याखती पार्न थाले । उनीहरुले तत्काल केहि स्थानीयलाई नियन्त्रणमा पनि लिए । पटका पट्काएकै बिषयमा प्रहरी हवल्दार थापा र जवान श्रेष्ठले बार्गेनिङ सुरु गरे । पछि ४५ हजारमा कुरा मिलाएर पैसा लिई उनीहरु जलविरे फर्किएका थिए । पटका पट्काएको सामान्य बिषयमा अनावश्यक दुःख दिई उल्टै ४५ हजार पैसासमेत लगेपछि स्थानीयले प्रहरीमा सूचना दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending