Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

मोर्चाका नेताहरुसँग प्रचण्डले भने, ‘म भन्दा नजिक तपाईहरुसँग कोही आउनेवाला छैन’

\"\" काठमाडौँ, २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई आफू नेतृत्वको सरकारभन्दा नजिक मोर्चासँग अर्को कुनै सरकार वा नेता आउन नसक्ने बताएका छन् । केही दिनअघि मोर्चाका शीर्ष नेतासँग भएको भेटका क्रममा प्रचण्डले वर्तमान अवस्थामा आफू नेतृत्वको गठबन्धन सरकारभन्दा नजिक मोर्चाका लागि अरु कुनै पनि सरकार आउन नसक्ने बताएका हुन् । आइतबार मोर्चाका नेताहरुसँग भएको भेटका क्रममा प्रचण्डले संविधान संशोधन विधेयक सरकारले धेरै सोचेर ल्याएको बताउँदै आफू नेतृत्वको भन्दा अनुकुल कुनै सरकार मोर्चाका लागि आउन नसक्ने दावी गरे । ‘मधेसी मोर्चाले उठाएको माग सम्बोधनका निम्ति मेरो नेतृत्वमा बनेको यो गठबन्धन सरकारजति नजिक नेपालमा तपाईहरुको लागि अर्को सरकार आउनेवाला छैन’ मोर्चाका शीर्ष नेतासँग उनले भने, ‘संशोधन विधेयकमाथि तपाईहरुले समर्थन जनाउनुपर्दछ भन्ने मलाई लाग्छ, र म त्यही आग्रह गर्न चाहन्छु’ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सरकारले मोर्चाले राखेका सबै माग अहिले पूरा गर्न नसक्ने समेत प्रष्ट पारेका थिए । प्रधानमन्त्री प्रचण्डले अहिलेको स्थितीमा सरकारले मोर्चाका सबै माग पूरा गर्न नसक्ने बताउँदै विधेयकमाथि समर्थन जनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारले मोर्चाका माग अधिकतम सम्बोधन हुने गरी ल्याएको संशोधन विधेयकमाथि मोर्चाले समर्थन नगरे मोर्चाले उठाउँदै आएको माग सम्बोधनको पाटा कमजोर बन्दै जाने दावी समेत गरेका थिए । बाबुराम र उपेन्द्रसँग प्रचण्डको छुट्टै बिफ्रिङ, भन्छन्, ‘प्रचण्डले जे चाह्यो, त्यही हुने अवस्था छैन’ \"\" आइतबार बिहान मोर्चाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव लगायतसँग छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले दिउँसो नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बालुवाटार बोलाए । बाबुराम र उपेन्द्रबीच हुन लागेको एकताबारे चासो राख्दै एकताको खबरले आफू खुशी रहेको सुनाएका प्रचण्डले झण्डै १० मिनेट पछिल्लो राजनीतिक अवस्थाबारे बिफ्रङ गरेका थिए । उनले मधेसका समुदाय र राजनीतिक दललाई समेत विश्वासमा लिएर निर्वाचनतिर देशलाई लैजान सरकारले संशोधन विधेयक ल्याएको भन्दै त्यसलाई पारित गराउन सबै लागिपर्नुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्रीका सचिवालयका अनुसार संविधान कार्यान्वयनको बाटोमा सरकार गम्भिर रुपमा लागि परेको वास्तविकतालाई केही शक्तिले सूर्यलाई हत्केलाले छेक्न खोजे जसरी छेक्न लागि परेको बताएका थिए । बाबुरामसँगै रहेका उपेन्द्रतिर फर्किदै प्रचण्डले संशोधनका क्रममा उठाएका माग व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने दलको समर्थन रहने गरी प्रस्ताव गर्नुपर्ने बाध्यताकाबीच सरकारले ल्याएको विधेयकमाथि समर्थन जनाउन आग्रह गरेका थिए । प्रचण्डले आफू नेतृत्वको सरकार गठन गर्न उपेन्द्रको भूमिका महत्वपूर्ण रहेको विषय समेत उठान गरेका थिए । उपेन्द्र यादव समस्याको समाधान चाहने व्यक्ति भएको भन्दै उनले भनेका थिए, ‘उपेन्द्र यादवजी जिम्मेवारीबाट पन्छिन सक्नुहुन्न भन्ने मैले विश्वास लिएको छु’ मधेसवादी दलको एजेण्डालाई विरोध गरेकै कारण एमालेले आफूलाई राष्ट्रवादी पार्टीको रुपम चित्रण गरेको दावी गर्दै उनले वर्तमान परिस्थितीमा परिवर्तन आएको बताएका थिए । बाबुराम र उपेन्द्रँग प्रचण्डले अहिले आफूले जे चाह्यो, त्यही हुने अवस्था नभएको समेत प्रष्ट्याएका थिए । ‘अहिले मैले जे चाह्यो, त्यही हुने अवस्था छैन, तपाईहरुले कसरी हुन्छ समर्थन गर्नुस्’ प्रचण्डले भनेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending