Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

उद्योगमन्त्री जोशी भन्छन्, 'दश वर्षभित्र देशमै रोजगारीको सिर्जना हुन्छ'

\"\" ललितपुर, २२ मङ्सिर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवाहरुलाई देशभित्रै रोजगारीको सिर्जना गर्ने लक्ष्य रहेको बताएका छन् । उद्योग मन्त्रालयद्वारा आयोजित वार्षिक सयुंक्त समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले विदेशिएका युवाहरुलाई नेपालमै राजेगारीको प्रशस्त सम्भावना रहेको बताएका हुन् । उनले देशको ठूलो जनशक्ति युवा जगत विदेसिएकोमा चिन्ता व्यक्त गरे । विदेशमा रोजगारीमा जाने युवाहरुलाई सम्बन्धित कामको दक्ष क्षमता तालिम दिएर पठाउन सकेमा राम्रो परिणाम आउन सक्ने उनको विश्वास थियो । उनले स्वदेशी पुँजीलाई देशभित्र रहेका उद्योगहरुमा लगानी गर्नु जरुरी रहेको बताए । मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले गरिबी निवारण र रोजगारी सिर्जनाका लागि लघु उद्यम विकास कार्यक्रम (मेडेपा) प्रभावकारी बन्दै गइरहेको बताए । उक्त कार्यक्रम ग्रामीण क्षेत्रका समुदायलाई लक्षित गरेर सन् १९९८ देखि राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा सञ्चालन भएको थियो । हाल सो कार्यलाई अस्ट्रेलिया सरकारबाट समेत सहयोग प्राप्त भइरहेको उनले बताए । गरिबीको रेखामुनि रहेका र सामाजिकरुपमा पछाडि पारिएका समूहका व्यक्तिलाई रोजगारी तथा स्वरोजगार प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित मेडेपाले २०७३ भदौसम्ममा ७६ हजार लाभान्वित भएको तथ्याङ्कले देखाएको छ । मेडेपाले ९७ हजार ६७३ मानिसलाई दीर्घकालीन रोजगारी सिर्जना गरेको छ । जसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेको बताइएको छ । हाल देशका ३८ जिल्लामा मेडेपा सञ्चालन भइरहेको छ । मेडेपाले सेवामूलक, हस्तकला, कृषि र वन पैदावरमा आधारित कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताइएको छ । जसअनुसार कृषिमा आधारित ५३ हजार ७४१ उद्यमी रहेका छन् । यसबाट प्रत्यक्षरुपमा वार्षिक प्रतिव्यक्तिको आम्दानी रु एक लाख ५८ हजार ६२६ रहेको तथ्याङ्कले देखाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending