Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

संविधान संशोधनको विरोधमा भैरहवामा प्रदर्शन

\"2-2\"भैरहवा, २१ मंसिर । सरकारले पाँच नम्बर प्रदेश टुक्राउने संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा भैरहवा मंगलबार बिशाल प्रदर्शन गरिएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाईमा बुद्धचोकबाट निस्किएको ¥यालीले बर्मेलीटोल, नारायणस्थान, मिलनचोक, बैंकरोड, देबकोटा चोक हुँदै पुनः बुद्धचोक आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा प्रध्यापकस संघ , सिद्धार्थ साहित्य परिषद, उद्योग व्यापार संगठन , मदिरा व्यावसायी संघ, सामूहिक विद्यालय परिवार, हिसान रुपन्देही, प्याब्सन रुपन्देही, लुम्बिनी मनिचेञ्जर व्यवसायी संघ, हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, भैरहवा मर्निङवाक गु्रप, सिद्धार्थ उद्योग वाणिज्य संघ, अनेसास, रुपन्देही पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, सिद्धार्थ होटल एशोसिएसन, अंकुर नेपाल, त्रिवि प्राध्यापक संघ भैरहवा बहुमुखी क्याम्पस, प्रगतिशील प्राध्यापक संघ, नमुना एकीकृत विकास परिषद लगायतका २६ वटा संघसंस्थाको सहभागिता रहेको थियो । ¥यालीमा सहभागीहरुले पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, हिमाल, पहाड, तराई कोही छैन पराई भन्दै नारा लगाएका थिए । बुद्धचोकमा भएको कोण सभालाई सम्बोधन गर्दै संघसंस्थाका प्रमुखहरुले सदियौं देखि चलिआएको तराई र पहाडको सम्बन्मालाई अलग राउनु गलत भएको भन्दै सरकारलाई संशोधन प्रस्ताव तुरुन्त फिर्ता लिई जनजीवन सामान्य पार्न अनुरोध गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले एकआपसमा मिलेर बसेको यहाँको समुदायलाई विचलित नगराउन आग्रह गरे । जानकारहरुका अनुसार भैरहवामा मंगलबार निस्किएको ¥याली सम्भवतः इतिहासकै सबैभन्दा ठूलो ¥याली हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending