काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन्। महामन्त्री प्रदीप पौडेलका अनुसार भोलि दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बैठक बस्नेछ।
पुस ३० गते गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको थियो। यसअघि थापा नेतृत्वको कार्यसमितिले बैठकहरू होटलमै गर्दै आएको थियो, जसमा संसदीय बोर्डको बैठकसमेत होटलमै भएको थियो।
पार्टी प्रवक्ता देवराज चालिसेले भने, “धेरै नेताहरू काठमाडौं बाहिर भएकाले भोलिको बैठकमा काठमाडौंमा उपलब्ध सदस्यहरू मात्रै सहभागी हुनेछन्।”
पार्टी स्रोतका अनुसार भोलिको बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नेछ। यो कदम अन्य प्रमुख दलले आफ्नो प्रधानमन्त्री उम्मेदवार घोषणा गरिसकेका अवस्थासँग मेल खान्छस नेकपा एमालेले केपी शर्मा ओली, र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई क्रमश: प्रधानमन्त्री उम्मेदवार घोषणा गरिसकेको छ।
विशेष महाधिवेशन आह्वान गर्ने क्रममा गगन थापा र विश्वप्रकाश शर्मा समूह तथा निवर्तमान सभापति शेरबहादुर देउवा समूहबीच विवाद उत्पन्न भएको थियो। देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता नदिन सर्वोच्चमा रिट दायर गरेको थियो, तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।
यसअघि केन्द्रीय कार्यालयमा केन्द्रीय सदस्य तथा तरुण दलका केही नेताहरूले प्रवेश रोक्दै विरोध गरेका थिए, तर हाल उनीहरूले कार्यालय छोडेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - १५:२६
दमक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर बनाउने र सामाजिक सद्भावलाई भड्काउने तत्वहरूबाट सजग बन्न आग्...
माघ ९ गते, २०८२ - १५:२२
अफ्रीका। अफ्रिकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहले गरेको आक्रमणमा कम्तिमा ११ जना प्रहरी अधिकारीको मृत्यु भएको सुरक्षा स्रोतले बिहीबार रिपोर्ट गर...
माघ ९ गते, २०८२ - १५:१०
काठमाडौँ। सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, ...
माघ ९ गते, २०८२ - १४:५६
मोरङ। नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले विशेष महाधिवेशनपछि नेपाली कांग्रेस एकताबद्ध ...
माघ ९ गते, २०८२ - १४:४८
काठमाडौं । उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण कोशी, बागमती, ग...
माघ ९ गते, २०८२ - १४:१२
काठमाडौं । अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल)लाई प्रहरीले केन्द्रीय साइबर ब...
माघ ९ गते, २०८२ - १३:५८
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने...
माघ ९ गते, २०८२ - १३:४७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारप्रसारमा व्यस्त छन्। हिजोसम्म झापामा रहेका शाह आज बिहान इलाममा म...
माघ ९ गते, २०८२ - १३:३५
बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको ...
माघ ९ गते, २०८२ - १२:३६
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा रू ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको ६ महिनाको तुलनाम...




प्रतिकृया लेख्नुहोस्: