Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

सरकार संशोधन अघि बढाइछाड्ने पक्षमा

\"sambidhan-samsodhan-750\"काठमाडौं, २१ मंसिर । प्रमुख प्रतिपक्षको सहमतिविनै संविधान संशोधन अघि बढाएको सरकारले एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमतिकै आधारमा संशोधन विधेयक पारित गराएर अन्य राष्ट्रिय समस्याको हल गर्न चाहेको बताएको छ । सहमति जुट्नै नसकेको अवस्थामा भने व्यवस्थापिका–संसद्मा निर्वाचनको माध्यम अँगाल्ने अडान सरकारको छ । आजको राजधानी दैनिकमा खबर छ– असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संविधान संशोधन विधेयक दर्ता गरेको दाबी गरेको सरकारले एमालेले संशोधनमा सहयोग नगरे सदन खुलाउन मनाएर संशोधन प्रक्रिया अगाडि बढाउने गृहकार्यमा जुटेको छ । संविधान संशोधन, स्थानीय तहको निर्वाचनलगायत विषयमा सहमति जुटेको खण्डमा एमालेसँग सहमति जुटाएर अघि बढ्ने तर सहमति नजुटेको अवस्थामा एमालेविना नै प्रक्रिया अगाडि बढाउने तयारी सरकारको छ । एमाले संशोधनविरुद्ध सडक आन्दोलनमा ओर्लिएपछि सहमति जुट्ने सम्भावना क्षीण बनेको भन्दै सरकारले प्रतिपक्षी दलसँग भन्दा पनि मधेसी मोर्चासँग छलफल गरेर दुई तिहाइका आधारमा संशोधन विधेयक पास गराउने पक्षमा लागेको छ । प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले प्रधानमन्त्री सर्वसम्मत रूपमा संशोधन विधेयक पास गराएर सहमतिमा नै निर्वाचन मिति तोकेर अघि बढ्ने गरी छलफलमा रहेको बताएको छ । सचिवालयले सहमति जुट्नै नसकेको अवस्थामा प्रक्रियाबाटै भए पनि विषयलाई हल गर्ने तयारी रहेको बतायो र प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालले प्रधानमन्त्रीको जोड सहमतिमा नै रहेको भन्दै सर्वसम्मति नजुटेको अवस्थामा प्रक्रिया अगाडि बढाउने सोचमा सरकार रहेको खुलाए । ‘अहिले सर्वसम्मत रूपमा संशोधन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री लागिरहनुभएको छ,’ दाहालले राजधानीसँग भने, ‘सर्वसम्मत रूपमा निकास ननिस्किए संसदीय व्यवस्थाअन्तर्गत यो प्रक्रिया अघि बढ्नेछ ।’ दाहालका अनुसार संसद्मा विधेयक टेबुल गराउने काम सरकारले गर्नेछ । प्रधानमन्त्रीले अहिले पनि संशोधनसहित निर्वाचनलगायत राष्ट्रिय मुद्दामा सहमतिकै आधारमा अघि बढौं भनेर छलफल गरिरहेको उनको भनाइ छ । ‘अझै पनि सहमतिकै आधारमा अघि बढौं भन्ने सरकारको तयारी हो,’ प्रशासनिक सल्लाहकार दाहालले भने, ‘त्यसका लागि प्रधानमन्त्रीले अनौपचारिक रूपमा छलफल र भेटघाटलाई तीव्रता दिइरहनुभएको छ ।’ यता, सरकारले संशोधन विधेयक दर्ता गरेको हप्ता दिन बितिसक्दा समेत एमालेसँग औपचारिक रूपमा सदन खुलाउने विषयमा पहल गरेको छैन । उसले मधेसी मोर्चाका नेताहरूसँगको छलफललाई भने निरन्तरता दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending