नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहरुमध्ये अधिकांश नयाँ र युवा उम्मेदवार रहेको पाइएको छ । यसअघिका निर्वाचनमा अधिकांश पुराना तथा पटक–पटक उम्मेदवार बनेकाहरुको वर्चस्व रहने यस जिल्लामा यस पटक केहीलाई छोडेर अधिकांश उम्मेदवार नयाँ र युवा रहेका छन् ।
ठुला दलहरुमध्ये नेकपा एमालेबाट पूर्वमन्त्री मोहम्मद ईश्तियाक राई र निवर्तमान सांसद सूर्य ढकाल पुराना उम्मेदवार हुनुहुन्छ भने अन्य अधिकांश उम्मेदवार नयाँ र युवानै छन् । एमालेबाट राईले क्षेत्र नम्बर २ र ढकालले क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएको छ ।
जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका ६१ जनामध्ये अधिकांश उम्मेदवार युवा र नयाँ रहेकोले यस पटक कडा प्रतिस्पर्धा हुने आशा गरिएको छ ।
नेपाली कांग्रेसले तीनवटै क्षेत्रमा नयाँ उम्मेदवारलाई अवसर दिएको छ । कांग्रेसबाट क्षेत्र नम्बर १ मा नारायण गौडेल, २ बाट सुधान्सु कोइराला र ३ बाट अमरसिंह पुन मैदानमा हुनुहुन्छ ।
नेपाली कम्युनिष्ट पार्टीले पनि तीनवटै क्षेत्रमा युवा र नयाँ उम्मेदवार बनाएको छ । सो पार्टीले क्षेत्र नम्बर १ बाट नरेन्द्र पाण्डे, २ बाट दिपेन्द्र विष्ट र ३ बाट दिपक जिएम गरेर युवा र नयाँलाई अवसर दिएको छ ।
यसैगरि एमालेले पनि क्षेत्र नम्बर ३ बाट युवा सुमन मल्ललाई उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि क्षेत्र नम्बर १ बाट प्रदिप साह, २ बाट ऋषिराज देवकोटा तथा ३ बाट तारकसिंह थारु गरेर नयाँ र युवालाई मिलाएर उम्मेदवार बनाएको छ ।
नयाँ पार्टी मानिने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि दुईवटा क्षेत्रमा नयाँलाई रोजेको छ भने एक क्षेत्रमा गत निर्वाचनका उम्मेदवारलाई अवसर दिएको छ । सो पार्टीबाट क्षेत्र नम्बर १ मा गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका सुरेश चौधरी, क्षेत्र नम्बर २ मा युवा विवेक श्रेष्ठ र ३ बाट दलित अभियन्ता खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ ।
यस्तै जनता समाजवादी पार्टी नेपालले पनि नेपालगन्जका निवर्तमान उपमेयर कमरुद्दीन राई, सूर्यलाल यादव र बाबु खाँ पठानलाई टिकट दिएर नयाँ उम्मेदवार बनाएको छ ।
यस पटकको निर्वाचनमा प्रतिस्पर्धा गरिरहनुभएका मध्ये एमालेका पूर्वमन्त्री राई, पूर्वसांसद ढकाल र मल्ल, कांग्रेसका कोइराला, गौडेल र पुन, नेपाली कम्युनिष्ट पार्टीका पाण्डे, बिष्ट र जिएम, रास्वपाका श्रेष्ठ र सुनार, राप्रपाका देवकोटा र थारु तथा लोकतान्त्रिक प्रगतिशिल पार्टीका कृष्णा केसी नमुना र जनता समाजवादी पार्टी नेपालका राई निकै चर्चित र प्रतिस्पर्धा गर्ने उम्मेदवार मानिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: