Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

किन मारिन्छन् विरामी ? ग्रान्डी र बी एन्ड बी अस्पतालविरुद्ध मुद्दा

\"upabhokta-hit-750\"काठमाडौं २१ मंसिर । उपचारका क्रममा अस्पताल र चिकित्सकबाट गम्भीर लापर्बाही भएको भन्दै उपत्यकाका नाम चलेका दुई ठूला अस्पतालविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ । राजधानीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालविरुद्ध क्षतिपूर्तिको मागदाबीसहित मुद्दा दर्ता भएको हो । ग्रान्डीविरुद्ध १० करोड रुपैयाँ र बी एन्ड बी अस्पतालविरुद्ध १ करोड रुपैयाँको क्षतिपूर्ति मागदाबीसहित मुद्दा दर्ता भएको हो । आजको राजधानी दैनिकमा खबर छ– उपभोक्ता हित संरक्षण मञ्च नेपालको सहयोगमा पीडित पक्षले अस्पतालहरूले उपचारमा लापरबाही गरी ज्यान जोखिममा पारेको तथा उपभोक्ताको आर्थिक हानि गरेको भन्दै मुद्दा दायर गरेका हुन् । मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा ग्रान्डीमा उपचारका क्रममा मृत्यु भएका काठमाडौं ग्रिनल्यान्ड निवासी ३० वर्षीय सुदीप विष्टकी आमा चूडाकुमारी विष्टले छाती दुख्यो भनेर मोटरसाइकलको पछि बसेर ग्रान्डी अस्पताल पुगेको छोरा चिकित्सकका लापरबाहीका कारण आफूले गुमाउनुपरेको बताइन् । गत ६ कात्तिकमा ग्रान्डी अस्पतालको आईसीयूमा भर्ना भएका भोलिपल्टै सुदीपको मृत्यु भएको थियो । त्यसबेला उपचारका लागि भनेर अस्पताललाई ९४ हजार रुपैयाँ बुझाइसकेपछि ७ गते मृत घोषणा गरिएको थियो । मृतक सुदीपकी आमा चूडाकुमारीले हृदयाघातको आशंका भएकाले आफूहरूले त्यसको उपचारका लागि आग्रह गर्दा पनि डाक्टरले ग्यास्ट्रिकको उपचार गर्नु, उपचारका क्रममा पनि सही सूचना नदिनु र मृत्युपछि पनि रिपोर्ट दिन अस्पतालले आनाकानी गर्नुले उपचारमा लापरबाही भएको पुष्टि भएको बताइन् । ‘मेरो छोराको त अस्पतालको लापरबाहीले ज्यान गयो, मेरो छोराजस्तो अन्य कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर न्याय माग्न जिल्ला प्रशासन कार्यालयमा अस्पतालविरुद्ध मुद्दा दर्ता गरेकी हुँ,’ मृतककी आमाले भनिन् । उनीहरूले ग्रान्डी अस्पतालका सीईओ डा। अशोक बर्दन, मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डे, डाक्टरहरू सजिन सिंह, डा। शंकर रावत, डा। मिलनप्रकाश श्रेष्ठ र डा। विवेक शर्माविरुद्ध उजुरी दिएका हुन् । त्यसैगरी, डा। दीपेश अर्याल, डा। अविनाश गुरुङ, डा। एलिना घिमिरेविरुद्ध पनि उनीहरूले उजुरी दिएका छन् । त्यसैगरी, ललितपुर ग्वार्कोस्थित बी एन्ड बी अस्पतालविरुद्ध भने इन्द्रकुमारी राईको उपचारमा लापरबाही भएको भन्दै मुद्दा दायर गरिएको छ । खाना नरुच्ने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या देखिएपछि २७ कात्तिक २०७१ मा उपचारका लागि अस्पताल पुगेकी श्रीमती इन्द्रकुमारी राईको उपचारमा डाक्टरले गलत औषधि चलाउँदा त्यसको रियाक्सनले झन्डै ज्यान गएको र अहिले पनि श्रीमती कमजोर भएको भन्दै क्षतिपूर्ति माग गरेको पीडितका पति अञ्चल राईले बताए । राईले अस्पतालका डाक्टर कृष्णप्रसाद शर्मा तथा फार्मेसीविरुद्ध उजुरी दिएको बताए । उनले उपचारकै क्रममा सो अस्पतालमा पटक पटक गरी १७ लाख ५८ हजार ९ सय ७० रुपैयाँ खर्च भएको तर सही उपचार नगरेको भन्दै १ करोडको क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेको बताए । ‘एउटा समस्याका लागि अन्दाजको भरमा ५÷६ वटा रोगको औषधि दिएका कारण छालामा फोका र घाउले आज मेरी पत्नी कुरूप हुनुपर्ने अवस्था छ, त्यसलाई ठीक हुन वर्षौं या जीवनभर पनि लाग्न सक्ने भएकाले क्षतिपूर्तिको मागसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेको हुँ,’ पति अञ्चलले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending