Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

बाबुराम र उपेन्द्रको एकतामा अरु कोको आउँछन्? यस्तो छ तयारी

\"baburam_upendra\" काठमाडौँ, २० मंसिर । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच हुन लागेको एकता प्रक्रियामा अन्य मधेसवादी दल पनि सहभागी हुने भएको छ । स्रोतका अनुसार भट्टराई र यादवबीच केही समयभित्रै हुन लागेको एकता प्रक्रियामा शरतसिंह भण्डारी नेतृत्वको रामसपा र महेन्द्र यादव नेतृत्वको तमसपा पनि सहभागी हुने भएको हो । भट्टराई र यादवबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताइरहेकै बेला भट्टराईनिकट स्रोतले संयोजक भट्टराई, फोरम अध्यक्ष यादव, रामसपा अध्यक्ष भण्डारी र तमसपा अध्यक्ष महेन्द्र यादवसँग पनि एकताबारे घनिभूत छलफल भइरहेको खबरडबलीलाई जानकारी दिए । तर उपेन्द्र यादवले भने भट्टराईसँग एकता हुन लागेको विषयबारे अनविज्ञता प्रकट गरे । स्रोतका अनुसार एकताबारे उनीहरुबीच विभिन्न चरणमा कुराकानी भइरहेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने एकता प्रक्रिया अघि बढेको प्रष्ट पारे । ‘उपेन्द्रजीसँगै महेन्द्र यादव र भण्डारीजीसँग पनि एकताबारे कुराकानी भइरहेको छ’ उनले भने, ‘परिस्थिती हेरेर एकता गर्ने सहमति भएको छ, कुनै तिथिमिति तोकिएको छैन’ पार्टी एकताबारे सैद्धान्तिक विषयवस्तुमा सहमति जुटिसकेको भट्टराईराईले बताए । उनका अनुसार बिजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय नेताहरुसँग पनि कुरा भइरहेको छ । एकताबारे छलफल तीव्र स्रोतका अनुसार भट्टराई, उपेन्द्र यादव, महेन्द्र यादव र शरतसिंह भण्डारीबीच आइतबार पार्टी एकताबारे छलफल भएको छ । एकता प्रक्रियालाई कसरी अघि बढाउने भन्ने विषयमा उनीहरुबीच छलफल भएको हो । सकेसम्म अन्य दललाई समेत समझदारी ल्याई एकता गर्नुपर्नेमा उनीहरुको जोड छ । एकताबारे तत्काल बाहिर हल्ला नगर्ने उनीहरुबीच समझदारी समेत बनेको छ । एकताकै सन्दर्भमा केही दिनअघि रामसपा अध्यक्ष शरतसिंह भण्डारीको निवास भैंसेपाटीमा समेत भट्टराई र यादवसँग कुरा भएको थियो । भण्डारीले भट्टराई र यादवसँग पार्टी एकताबारे बारम्बार छलफल भएको बताए । आइतबार भट्टराई र यादवबीच कार्यगत एकता गरी अघि बढ्ने सहमति समेत बनेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending