Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला स्थापना गरिने

\"prachanda-priminister-750\"ललितपुर, २० मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको सङ्घीय संरचनाअनुसार सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला तथा अनुसन्धान केन्द्रको स्थापना गरिने बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट०को ३४औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई आज सम्बोधन गर्दै उनले प्रदेशको विशेषताअनुसार नै यस्ता अनुसन्धान केन्द्रको स्थापना गरिनु पर्ने विचार व्यक्त गरे । दोस्रो संविधानसभाबाट जारी संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन विधेयक संसद्मा दर्ता गरिएको उनले स्पष्ट पारे । उनले भने, – “अहिले संविधान संशोधनमार्फत आमनेपालीको चाहना अनुरुप तीन तहको निर्वाचनमा जानुको विकल्प छैन ।” मुलुकको विकासका लागि भारत र चीनसँग त्रि–देशीय साझेदारी हुन जरुरी रहेको उहाँको भनाइ थियो । वर्तमान अवस्थामा राजनीतिक जोडघटाउभन्दा पनि राष्ट्रलाई समृद्ध बनाउने दिशामा सबैको ध्यान जानुपर्ने उनले बताए । सो अवसरमा नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले २०७३ सालको प्रकृति संरक्षण पुरस्कार झापा कन्काईस्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहलाई प्रदान गरे । विगत दुई दशकदेखि वन, वातावरण, वन्यजन्तुको सुरक्षित वासस्थान, सिमसार क्षेत्र तथा जैविक विविधताको संरक्षण र सम्बद्र्धनमा योगदान पु¥याएबापत उपभोक्ता समूहलाई उक्त पुरस्कार दिइएको हो । पुरस्कारको राशि रु दुई लाख रहेको छ । यसैगरी, रु एक लाख राशि रहेको विज्ञान पुरस्कार धनुषाका डा मनोजकुमार यादवलाई प्रदान गरिएको छ । पारदर्शी र सुपथ सेमिकन्डक्टर जिङ्क अक्साइडसँग म्याग्नेसियम र क्याडमियम मिसाएर आवश्यकताअनुसार विभिन्न रङको लेजर उत्पादन गर्न सकिने तथ्यको पुष्टि गर्दै पहिलोपटक घनत्व कार्यात्मक सिद्धान्त प्रतिपादन गर्नुभएकामा यादवलाई उक्त पुरस्कार प्रदान गरिएको हो । रु एक लाख राशि रहेको प्रविधि पुरस्कार सिन्धुपाल्चोकका डा सुरेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिएको छ । डढुवा रोग अवरोधक वर्णशङ्कर गोलभेँडाहरुको उत्कृष्ट जात विकास गरी किसानमैत्री खेतीबालीको अनुसन्धान एवम् विकासमा योगदान पु¥याएबापत श्रेष्ठलाई उक्त पुरस्कार दिइएको हो । यसैगरी, जनही रु ७५ हजार राशि रहेको विज्ञान तथा प्रविधि युवा पुरस्कार पाल्पाका सन्तोष नेपाल, दार्चुलाका डा खेमराज जोशी, झापाका डा सन्तोष दुलाल, सिन्धुपाल्चोकका डा उर्मिला प्याकुरेल र सप्तरीका डा रामदेवी तचामो शाहले पाएका छन् । समारोहमा प्रज्ञा–प्रतिष्ठान तथा प्रविधि प्रवद्र्धन पुरस्कार महिला स्वास्थ्य स्वयम्सेविका कार्यक्रम, परिवार स्वास्थ्य महाशाखा नेपाल र ताप्लेजुङका रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । द वल्र्ड एकेडेमी अफ साइन्सेस पुरस्कार रसुवाका डा सरस्वती आचार्यले पाउनुभएको छ । सो पुरस्कारको राशि रु एक लाख नौ हजार ९एक हजार डलर० बराबरको रहेको बताइएको छ । यसैगरी, नविल विज्ञान तथा प्रविधि पुरस्कार चार जनाले प्राप्त गरेका छन् । पुरस्कार पाउनेहरुमा ओखलढुङ्गाका प्रा डा टङ्कनाथ धमला, मोरङका डा हरिप्रसाद अर्याल, काठमाडौँका प्रा डा कृष्णदास मानन्धर र ललितपुरका प्रा डा सिर्जनलाल श्रेष्ठ हुनुहुन्छ । पुरस्कारको राशि जनही रु एक लाख २५ हजार रहेको छ । नास्टद्वारा प्रदान गरिने दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार पाउनेहरुमा त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि विज्ञान केन्द्रीय विभागका विमला ढकाल र प्राणी शास्त्र केन्द्रीय विभागका श्यामकुमार पुन हुनुहुन्छ । उक्त पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । सो अवसरमा नास्टमा कार्यरत डा तिमिला श्रेष्ठ, प्रा डा रामवृक्ष शाह, चन्द्रलेखा कायस्थ, गोपालप्रसाद काफ्ले र प्रा डा रामस्वार्थ रायलाई सम्मान गरिएको थियो । यसैगरी, दिपाश्री रावल, डा बुद्धराम शाह, डा रवीन्द्रप्रसाद ढकाल, रोशन पाण्डे, हरिराम श्रेष्ठ, रानु शर्मा, दिलीप श्रीवास्तव, सञ्जयश्वर श्रेष्ठ, प्रेमबहादुर कार्की, तीर्थमाया नेपाली र द्रोणनाथ डङ्गोललाई प्रशंसापत्र प्रदान गरिएको नास्टका उपकुलपति प्राध्यापक डा जीवराज पोखरेलले जानकारी दिए । यस्तै, नास्टमा स्वयम्सेवकका रुपमा कार्यरत किताजुमी हाजुमी र चुन डोङ्गलीलाई पनि कदरपत्र वितरण गरिएको थियो । सोही अवसरमा प्रधानमन्त्री दाहालले स्वतन्त्र कर्मचारी युनियन नास्टद्वारा प्रकाशित स्मारिकाको विमोचन गरेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending