Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नयाँ शक्तिका पूर्व नेता पार्टी खोल्ने अभियानमा

काठमाडौं, २० मंसिर । पोखरा स्थित पृथ्वीनारायण क्याम्पस प्रांगणमा गत शनिबार भेला भएका युवाहरुले बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका पूर्व केन्द्रिय परिषद् सदस्य गोविन्दराज केसीको संयोजकत्वमा नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन । शनिबार आयोजित युवाहरुको भेलाले संयोजक सहित २५ सदस्य केन्द्रिीय समितिको पार्टी गठन गर्ने निर्णय गरेको बताइएको छ । भेलाले नयाँ शक्ति पार्टी बाट अलग्गीएका नेता केसीको संयोजकत्वमा ‘प्रगतीशिल नेपाल पार्र्टी’ गठन गर्ने निर्णय गरेको संयोजक केसीले खबरडबलीसँग बताएका छन । नेता केसीले भने–‘यसअघि युवाहरुको भेलाले केन्द्रमा ९ सदस्य पार्टी आयोजक समिति निमार्ण गरेको थियो । हामीले शनिबार चार नम्बर प्रदेशमा भेला आयोजना गरेर थप निर्णय सहित पार्टी गठनको प्रकृया अघि बढाउने भएका छौ ।’ नयाँ शक्ति छाड्नुको कारणबारे प्रष्ट्याउदै उनले भने–‘बावुराम जीहरुको पार्टी दक्षिणपन्थि संशोधनवादको दिशामा विलिन हुने अवस्थामा पुग्यो,उहाँहरु दलाल र भष्टहरुलाई पार्टीमा केन्द्रित गर्ने अभियानमा लाग्नु भो, नाम मात्रको नयाँ शक्तिको काम भने पुरानै दिशामा केन्द्रित भएकाले पार्टी छोडेको हुँ । उहाँहरुले सुध्रिने संकेत नदेखेपछि युर्जाशिल युवाहरुको भेलाले छुट्टै पार्टी निमाण गर्ने निर्णय गरेका हुन ।’ \"14184562_1133446753387233_705562531856227787_n-750x931-750\"नयाँ शक्ती बृद्ध आश्रम भएको र भ्रस्टको सम्रक्षण केन्द्र बनेको अवस्थामा इमान्दार साथीहरु छोडदै हिंड्नु नयाँ नभएको उनको तर्क थियो । नयाँ शक्ती बाट राजिनामा दिनुको मुख्य कारण बाबुराम परिवारबादी ,संक्रिण र व्यक्तिबादी भएको भन्दै उनले १७००० नेपाली जनताको बलिदान ,त्याग र तपस्या माथि भारतीय एजेन्ट बनेर धोका दिएको आरोप लगाए । नयाँ शक्ती मौलिक पार्र्टी होइन ,बाबुराम दक्षिणपन्थी कित्तामा पुगेर बिलय भएको र बामपन्थी चरित्रका कुनै पनि नेता त्यहा अटन नसक्ने अवस्था आएकाले आफुले त्यस्तो निर्णय लिएको उनले बताए । बैदेसिक तथा गुप्तचर संस्थाबाट बाबुराम परिचालित भएको आरोप लगाउन पनि उनी पछी परेनन । उर्जाशिल युवाहरुको साथ लिदै अगाडि बढ्ने र विकास निर्माण र देशको संवृद्धीका निम्ती प्रगतीशिल पार्र्टी नेपाल खोलेर अगाडि बढेको उनले बताए । उनले आफ्नो पार्टी केहि अवधिमै गठन गरिने भन्दै अगाडि भने–‘हामीले विशेषत नेपालबाट भ्रष्टाचार मुक्त बनाउने अभियानलाई पार्टीको मुख्य कार्ययोजना बनाएर अगाडि बढ्ने भएका छौ । नेपालमा मौलाउदै गएको तमाम खाले भष्टाचारको अन्त्य गरी संवृद्ध नेपालको परिकल्पना हामीले गरेका छौ ।’ अबको निर्वाचनमा प्रगतिशिल नेपाल पार्र्टी वैकल्पिक शक्तीको रुपमा उदाउने गरी आन्तरिक तयारी भैइरहेको उनले बताएका छन । भारत,चिन लगायतका देशहरुमा विद्यार्र्थीको नेतृत्व केवल दक्ष विद्यार्र्थीले लिने गरेको तर नेपालमा भने टिके प्रणाली विकास भएको भन्दै प्रगतीशिल पार्र्टीले दक्ष नेतृत्वलाई मात्रै जिम्मेवारी दिने प्रणालिको विकास गर्ने समेत उनले बताए ।

को हुन गोविन्दराज केसी ?

केसी यसअघि नयाँ शक्ति पार्टीका केन्द्रिय परिषद् सदस्य तथा वार्ता एवं संवाद समितिको चार नम्बर प्रदेशका संयोजक हुन । २०५५ सालबाट कम्यूनिष्ट आन्दोलनमा सहभागि भएका केसी तत्कालिन माओवादीले संञ्चालन गरेको जनयुद्धमा पनि सहभागि थिए । पार्टी खुल्ला राजनीतिमा आएसँगै सरस्वती क्याम्पस ठमेलबाट आफ्नो राजनीतिक सुढृण बनाउदै आएका केसी ,माओवादी पार्टी विभाजन अघि अखिल क्रान्तिकारी पि.एन क्याम्पस पोखराको अध्यक्ष थिए । त्यसपछि उनी अखिल क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारी सम्म पुगेका थिए । पछि पार्टीको विचार लाइनमा असन्तुष्ट हुदै तत्कालिन माओवादी नेता बाबुराम भट्टराईले नयाँ शक्ति गठन गरेपछि उनी त्यो लाइनमा क्रियाशील भएका हुन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending