Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

सर्वदलीय छलफलमा नेताहरुको आ–आफ्नै अडान

\"sarbadalia-meeting-750\"काठमाडौं, २० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई आइतवार आफ्नै निवासमा एकमुष्ठ स्वागत गर्दै संविधान सशोधनको विषयमा भइरहेको प्रगति जान्न चाहेकी थिइन् । उनले संविधान कार्यान्वयनका तगारा खुलाएर चुनावमा जानुपर्ने टिप्पणी गदै नेताहरुलाई त्यसबारे विचार राख्न आग्रह गरिन् । त्यसपछि नया शक्ति सयोजक बाबुराम भट्टराईले भने, ‘पहिले प्रमुख प्रतिपक्षी दलकै भनाई सुनौं न । त्यसपछि अरुको टिप्पणी राख्दा राम्रो होला ।’ आजको कान्तिपुरमा खबर छ– यसरी सुरु भएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी ओलीले प्रदेश नम्बर पाँचको सीमांकन हेरफेर प्रस्तावलाई राष्ट्रघाती र अपारदर्शी ढंगबाट आएको प्रस्ताव भन्दै अब फेरबदल नहुने बताए । ओलीले संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै त्यसो गरेमा सहमतिका अन्य विकल्पबारे सोच्न सकिने बताए । ‘म पहाड मधेस छुट्याएर प्रदेश बन्न दिन्नँ, त्यो राष्ट्रघाती सोच हो,’ ओलीलाई उद्धृत गर्दै सहभागी स्रोतले भन्यो, ‘संशोधन होइन, कार्यान्वयन अहिलेको आवश्यकता हो । सरकारले पुरक बजेट ल्याउने भनेको छ, त्यो औचित्यहीन र अनावश्यक हो । हामी त्यसलाई समर्थन गर्दैनौं ।’ ओलीले ४ महिनाको अवधिमा यो सरकारले संविधानको कार्यान्वयनमा के–के काम गरेको छ, भनी सामुन्ने रहेका प्रधानमन्त्री प्रचण्डप्रति जिज्ञासा राखेका थिए । ओलीपछि राप्रपा अध्यक्ष कमल थापा बोले । उनले सडकमा रहेका आन्दोलनकारीलाई संसद फर्कन तत्कालीन प्रधानमन्त्री ओली आफैले विगतमा गरेको आह्वानको स्मरण गरेका थिए । ‘हाम्रो पार्टीको औपचारिक निर्णय आउन बाँकी छ, तर आन्दोलनरत पक्षहरुको माग सम्बोधन हुनुपर्छ । ‘पहिले हामी सरकारमासँगै रहेका बेला सडकमा तमासा होइन, सदनमा आएर छलफल गरौं’ भन्थ्यौं, अहिले (प्रस्ताव) फिर्ता लिन भन्ने ? अब फेरि सडकमा जाउ भन्ने ?’ थापापछि नेकपा माले अध्यक्ष सीपी मैनालीले सीमांकन हेरफेर गर्न नहुने बताए । उनले संशोधन प्रस्ताव षडयन्त्रपूर्ण ढंगले आएको भन्दै राष्ट्रिय हितविरुद्ध आफू नजाने तर्क गरे । उनले अघिल्लो दिन मधेशी मोर्चाका नेताहरु भारतीय दूतावासमा गएर यही विषयमा छलफल गरेकोमा आपत्ति समेत जनाएका थिए । ‘साथीहरु कतातिरको प्रस्ताव कहाँ गएर छलफल गर्नुहुन्छ ? मलाई त आश्चर्य लागेको छ’, उनले भनेका थिए । मैनालीपछि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले नवलपरासीदेखि बर्दियासम्म सीमांकन गर्ने प्रस्ताव कांग्रेस र एमालेकै पुरानो प्रस्ताव भएको भन्दै प्रतिपक्षमा बसेपछि फरक कुरा नगर्न ओलीलाई आग्रह गरका थिए । ‘त्यसबेला सभापति सुशील जी (कोइराला) र ओलीजीले हस्ताक्षर गरेको सहमति नै अहिले हामीले अघि बढाएको हो । त्यो बेला प्रस्ताव राष्ट्रघाती थिएन, अहिले राष्ट्रघाती भयो ?’ देउवाले केही बेर बोलेपछि ओली छेवैमा रहेका एमाले उपाध्यक्ष वामदेव गौतम र सुवास नेम्वाङसग कानेखुसी गरेका थिए । ओलीको कानेखुसी नरोकिएपछि देउवा बम्किदै नेता ओलीको ध्यानाकर्षण गराएका थिए । देउवाले राजनीतिक समाधान खोज्ने बेला विषयान्तर नगर्न आग्रह गर्दै मधेसको मुद्दा समाधान नगरी संविधान संविधान कार्यान्वयन नहुने बताए । ‘मधेसीहरु हाम्रै दाजुभाइ हुन्, कसैका विरुद्ध दुर्भावना नफैलाउने काम नगरौं, राजनीति रोक्ने होइन, अगाडि बढ्ने कुरा गरौं,’ देउवाले भने, ‘यो संशोधन प्रस्ताव पास गरिएन भने चुनाव सोच्न पनि सकिन्न । हुनै नसक्ने चुनाव घोषणा गरेर के गर्ने ?’ उनले ओलीतिर हेर्दै चुनाव गर्न पनि संविधान संशोधन आवश्यक रहेको बताए । देउवाले भनाई टुंग्याउने बेलामा ओली राष्ट्रपति भवनबाट बाहिरिएका थिए । ओली शितल निवासबाट सिधै नयाँ बानेश्वरमा सम्पादकहरुसँगको यही विषयको अन्तक्रियामा भाग लिन पुगेका थिए । त्यसपछि जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देश विभाजन गर्ने दिशामा अघि बढेको भन्दै संविधान कार्यान्वयनका लागि सही बाटो समाउन कसरी सकिन्छ भन्नेबारे सोच्न दलहरुलाई आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending