Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

शून्य लागतमा ८ सय नेपाली श्रमिक मलेसिया जाँदै

खबरडबली संवाददाता

काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने श्रमिकमध्ये ६ सय महिला श्रमिक छन्।

वेस्टर्नले आकर्षण इन्टरनेशनल म्यानपावर कम्पनी र लालधनुष म्यानपावर कम्पनीमार्फत चार–चार सय जना श्रमिक लैजाने भएको हो।

वेस्टर्न, आकर्षण र लालधनुष म्यानपावरले पत्रकार सम्मेलन गरेर शून्य लागतमा कामदार लैजानेबारे जानकारी दिएका हुन्। मलेसिया जाने श्रमिकहरूको सबै लागत खर्च कम्पनीले नै बेहोर्नेछ। जसमा राहदानी, बीमा, कल्याणकारी कोष, हवाई टिकट, सामाजिक सुरक्षा कोष, काठमाडौंमा होटलमा बसेको खर्च, घरदेखि काठमाडौंसम्म बसमा आउने यातायात खर्च समेत समेटिएको छ।

वेस्टर्नका प्रतिनिधि एडसनले यसअघि नेपालबाट लगिएका श्रमिकबाट प्रभावित भएर थप श्रमिक भर्ना गर्न लागिएको बताए। उनले भने, ‘यो हाम्रो दोस्रो चरण हो। म्यानपावर कम्पनीले पनि शून्य लागतको नीतिलाई कार्यान्वयन गर्ने कुराले हामी उत्साहित छौँ।’

आकर्षण इन्टरनेशनल म्यानपावर कम्पनीका अध्यक्ष विष्णु केसीले आफूले नैतिक भर्नाको अभ्यास पूर्ण रूपमा पालना गरेकोले रोजगारदाता कम्पनी पुनः नेपाल आएको बताए। यसअघि यही कम्पनीले सन् २०२२ मा तीन सय कामदार लगेको थियो। केसीले भने, ‘आकर्षणले १० वर्षदेखि शून्य लागतमा कामदार पठाइरहेको छ। अहिले हजारौँ कामदारले आवेदन दिएका छन्। यसमा कुनै लागत बुझाउनु पर्दैन। अहिले अन्तर्वार्ता चलिरहेको छ।’

लालधनुष म्यानपावर कम्पनीका निर्देशक निमा शेर्पाले आफूहरूले सुरुदेखि नै मानवअधिकारको सम्मान हुने हिसाबले श्रमिक पठाइरहेको बताइन्। उनले भनिन्, ‘यो नैतिक भर्ना सिद्धान्त मात्रै होइन। यो उत्तरदायित्व पनि हो। कामदारको मर्यादालाई हामीले कायम राख्नुपर्छ।’

नेपाल र मलेसियाबीच २०७५ मा शून्य लागतमा श्रमिक लैजाने गरी श्रम सम्झौता भएको थियो। यो समाचार कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी। लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा...

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको ...

सर्लाहीबाट काठमाडौं आउँदै गरेको गाडी मकवानपुरको सिमखोलामा दुर्घटना

बागमती । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य ...

शून्य लागतमा ८ सय नेपाली श्रमिक मलेसिया जाँदै

काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने...

प्रतिनिधिसभा निर्वाचन- आज उम्मेदवारको नामावली प्रकाशन हुँदै, भोलि चुनाव चिह्न प्रदान गरिने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थिय...

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ ।  चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा

काठमाडौँ। चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटी प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनल...

सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमुना महिला सामुदायिक वनमा सालका रूखहरू सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला ल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending