Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

सर्वदलीय बैठकमा देउवाले ओलीलाई भने– मिस्टर चुप लाग्नुस् !

\"oli-deuba-750\"काठमाडौं, २० मंसिर । राजनीतिक दलहरूलाई सहमतिबाट अगाडि बढ्न आग्रह गर्ने उद्धेश्यले राष्ट्रपति विद्यादेवि भण्डारीले बोलाएको सर्वदलीय बैठकमा दलहरूबीच चर्काचर्की भएको छ । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकले विभाजित राजनीतिक दलहरूलाई सहमति कायम गरेर अगाडि बढ्न आइतबार राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई शीतल निवास बोलाएकी थिइन् । आजको नेपाल समाचारपत्रमा खबर छ– बैठकको सुरूमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच चर्काचर्की भएको हो । ओलीले कांग्रेसले सत्ताका लागि सहमति तोडेको आरोप लगाउँदै सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रको पक्षमा नरहेको बताए । ओलीको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘ संविधान जारी गर्नुपूर्व भएको सहमति अनुसार संविधान कार्यान्वयनमा पनि तीन दल मिल्नुपर्ने आवश्यकता थियो । सत्ताको स्वार्थमा कांग्रेसले सहमति तोड्ने काम गर्‍यो, हामीलाई नसोधी रातारात ल्याएको संविधान संशोधनप्रति ठूलो आशंका छ । यो संवैधानिक छैन त्यसैले हामीले यसलाई संसदमा प्रवेश गर्न दिन्नौ ।’ निकै आक्रम रूपमा रहेका ओलीको भनाई लगत्तै सामुन्ने रहेका नेपाली कांग्रेसका सभापति देउवाले ओलीको आरोपको खण्डन गर्दै अहिले सरकारले ल्याएको संविधान संशोधन विधयक तत्कालिन कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरे अनुसार नै ल्याइएकाले विरोधको कुनै अर्थ नरहने बताए । देउवाको भनाई उदृत गर्दै ती नेताले भने, ‘ओलीजी आफैं हस्ताक्षर गर्ने अनि अहिले ठूलो राष्ट्रवादक कुरा गर्ने ?’, देउवाले नेपाली सीमाको रक्षा गर्ने मधेसी समुदायलाई अपमानित गर्ने गरी प्रस्तुत हुँदा देशको सद्भाव विथोल्ने भन्दै ओलीविरूद्ध खनिए । ‘देउवाले आफ्नो भनाइ राख्ने क्रममा बिचमै ओलीले यो आरोप ठीक होइन भनेपछि देउवाले मिस्टर चुपलाग्नुहोस् ठूलो कुरा गर्ने भन्दै प्रतिवाद गरेका थिए ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending