Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

एमाले नेता खनाल भन्छन्, 'संशोधन प्रस्ताव कुनै पनि हालतमा सफल हुँदैन'

\"jhalnatha\" पोखरा, १९ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले तराई र पहाडलाई छुट्याउने षडयन्त्रका साथ आएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा सफल हुन नदिने बताएका छन् । एमाले कास्कीद्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टीको मुखपत्र ‘घोषणा’ को लोकार्पण गर्दै उनले राष्ट्र र जनताको भावना विपरीत पहाड र तराईको युगौँदेखिको एकतालाई खण्डित गर्ने गरी संशोधन प्रस्ताव आएकाले त्यसविरुद्धमा एमाले उभिएको बताएका हुन् । मुलुकको ५ नं प्रदेशलाई छुट्याउने षडयन्त्रको विरुद्धमा सिङ्गो पार्टी देशव्यापीरुपमा सशक्त तवरबाट अघि बढेको बताउँदै उनले देशलाई विखण्डन गर्ने गरी आएको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको समर्थन नरहेको स्पष्ट पारे । मुलुकका विभिन्न कालखण्डमा भएका महत्वपूर्ण उपलब्धि दलहरुको एकताबद्ध प्रयासबाट सफल भएको बताउँदै नेता खनालले राष्ट्रिय स्वाधीनता र अखण्डताका लागि राष्ट्रवादी शक्ति एक बन्नुको विकल्प नरहेको बताए । संविधानको सफल कार्यान्वयनका लागि तीन तहका निर्वाचन सम्पन्न गर्दै अघि बढ्नु अपरिहार्य भएको बताउँदै उनले संविधानको कार्यान्वयन अहिलेको प्राथमिकता हुनुपर्नेमा जोड दिए । नयाँ संविधान लोकतान्त्रिक, देशभक्ति, प्रगतिशील र समाजवाद उन्मुख रहेको बताउँदै उनले यसले सबै स्थान र क्षेत्रमा बस्ने जातजाति भाषाभाषीका अधिकारलाई सुनिश्चित गरेकाले संशोधनको आवश्यकता नरहेको जिकीर गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies