Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

संशोधन प्रस्ताव माओवादीको होइन : रायमाझी

\"top-bdr-rayamaghi-750\"काठमाडौं, १९ मंसिर । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले संविधान संसोधनको प्रस्ताव माओवादी केन्द्रको प्रस्ताव नभई सरकारको प्रस्ताव भएको बताएका छन् । पार्टी भित्र कुनै छलफल नगरि जानकारी मात्र गराएको आधारमा पार्टीको प्रस्ताव भन्न नमिल्ने भन्दै उनले माओबादी केन्द्रबाट संविधान संशोधनको प्रस्ताव पास नभएको जिकिर गरे । संवादक्लव नेपालले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै रायमाझीले आन्दोलनकारीको माग पनि नभएको र त्यहाँका जनता र जनप्रतिनिधिको भावना विपरित कसको चाहानामा प्रस्ताव आएको यसले आफू आश्चर्यमा परेको बताए । जनचाहाना विपरित आएको प्रस्ताव कुनै पनि हालतमा पास नहुने भन्दै रायमाझीले सडक र सदनबाट व्यापक रुपमा प्रस्तावको प्रतिकार हुने बताए । आफू जनताबाट निर्वाचीत प्रतिनिधि भएकाले जनता असन्तुष्ट भएको अवस्थामा आफूले संशोधन प्रस्तावको पक्षपोषण गर्न नसक्ने बताए । यदि त्यसो भए आफु संशोधनको बिपक्षमा मतदान गर्नेसमेत रायमाझिले चेतावनी दिए । सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्ताव पास गरिए पाँच नम्बर प्रदेशमा मात्र होइन प्रत्यक प्रदेशमा किचलो सुरु हुने उनले भनाई छ । संविधान संशोधनको विषय पार्टीको नीजि मामिला हुन नसक्ने भन्दै उनले यसमा पार्टीले ह्वीप लगाउन नसक्ने र आफू जस्तोसुकै अवस्थामा पनि संविधान संशोधनको प्रस्तावको विपक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending