Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

जनयुद्धमा अपाङता भएका हरिनारायणलाई खान लाउन मुश्किल

महोत्तरी, १८ मंसिर । चौध वर्षअघि महोत्तरीको फुलकाहा–८ का ४९ वर्षीय हरिनारायण चौधरी परिवर्तनका कुरा गर्थे । देशमा जनताको शासन ल्याउनुपर्छ भन्थे । बन्दुक बोकेर परिवर्तनका लागि जनयुद्ध लडे । देशमा राजतन्त्र फेरिएर गणतन्त्र आयो । तर जनयुद्ध लडेका घाइते भई अपाङ्ग भएका हरिनारायणको कथाव्यथा सुन्ने कोही छैन । नेताहरु देशमा गणतन्त्रका लागि लडाइँ लडेका उनी लट्ठीको भरमा जीवन चलाउँदै छन् । दाहिने हातमा औँला काटिएका छन् । र बाँया खुट्टामा औँला छैन । हिँडडुल गर्न र उनलाई खाना खान पनि समस्या नै हुन्छ । चौधरी जन्मजात अपाङ्ग होइनन् । उनलाई चिकित्सकले उपचारका क्रममा उनको औँला काटेका हुन् । विसं २०५९ मा तत्कालीन माओवादी पार्टीका जनमुक्ति सेनामा कार्यरत थिए उनी । सिरहाको बन्दिपुरमा शाही सेनासँग उनले भिडन्त गरेका थिए । सोही क्रममा गोली लागि सशक्त घाइते भए । सो समयपछि उनको जीवनको सहारा नै बाँसको लट्ठी बन्न पुगेको हो । देशमा २०६३ साल मङ्सिर ५ गते बृहत् शान्ति सम्झौता भएको एकदश बिते पनि उनको घाउमा मलम लगाउन सिंहदरबारका सरकार उनको गाउँ आएको छैन । पटक पटक माओवादी पार्टीले सरकारको नेतृत्व पनि गरिसक्यो । तर उनलाई हेर्न कोही पनि आएनन् । हरिनारायण आफू सुकुम्बासी छन् । विसं २०६७ मा ‘ग’ वर्गको अपाङ्गता परिचयपत्र उनले पाए । तर उनले अपाङ्गता सुरक्षा भत्ता पनि पाइरहेका छैनन् । ‘क’ वर्गलाई मात्र सरकारले सुरक्षा भत्ताको व्यवस्था गरेको छ । श्रीमती, दुईजना छोरा र एक छोरी रहेको उनको परिवार मजदुरीको भरमा चल्दै छ । श्रीमतीले बनिबुतो गरेर हरिनारायण र छोराछोरीलाई पाल्दै आएका छन् । आफूहरु जस्तो अरुको सहारामा बाँच्ने अपाङ्गलाई सरकारले उचित व्यवस्था गर्नुपर्ने हरिनारायणको माग छ । उनी भन्छन् – “अपाङ्गलाई योग्यता एवम् काम गर्न सक्ने रोजगारीको व्यवस्था गर्नुपर्छ । हजारौँ अपाङ्गलाई अरुको सहारमा बस्नुपर्ने अवस्थाको भने अन्त्य हुनै पर्छ ।” त्यस्तै आत्मबल भए आत्मनिर्भर बन्न अपाङ्गता बाधक होइन भन्ने उदाहरण प्रस्तुत गरेका पात्रहरू समाजमा प्रसस्त भेटिन्छन् । उनीहरूको काम र आत्मविश्वास अरूका लागि पनि अनुकरणीय हुने गरेको छ । धनुषा जनकपुरका २९ वर्षीय पत्रकार मनीषकुमार मैथिल, लादोवेलाका सैलुन मास्टर माइकल भन्ने भरत ठाकुर तथा खरिहानी–३ का ४८ वर्षीय व्यवसायी पुलिन्द्र पञ्जियार यसका प्रत्यक्ष उदाहरण हुन् । दुवै खुट्टा पोलियोग्रस्त भएका कारण हिँड्न गाह्रो भएपछि मनीषकुमार मैथिलका आमाबुबा चिन्तित थिए । काठको व्यापार गर्ने मनीष हुने खाने परिवारका छोरा हुन् तर शारीरिक रूपले अशक्त भएकै कारण उनी एसएलसीसम्मको पढाइ पूरा गर्न सकेनन् । जेठा छोरा अशक्त भएपछि चिन्तित बनेका पिता रामचन्द्र साह मनीष पत्रकार बनेपछि प्रशन्न छन् । मनीष स्थानीय जनकपुर एफएममा कार्यक्रम सञ्चालक हुन् । उनका सातामा चारवटा कार्यक्रम आउँछन् । “मेरो जीवनलाई सही मार्गमा ल्याउने पत्रकारिता हो, सुरुमा केहीले होच्याउने व्यवहार गरे पनि अचेल सबैले माया गर्छन्” – उनले भने । यसैगरी शारीरिक अशक्त भए पनि स्वव्यवसाय गरेर जेठो छोरालाई इन्जिनियर, माहिली छोरीलाई एमबिए तथा कान्छी छोरीलाई प्लस टुसम्मको अध्ययन गराउने पुलिन्द्र पञ्जियारको कथा पनि कम उत्साहजनक छैन । पूर्वी धनुषाको खरिहानीको मूलनिवासी पुलिन्द्र एसएलसी पढ्दै गर्दा जनकपुर आएका थिए । उनले सुरुमा टाइपराइटरमा टाइपिङ सिकेर जीवनयापन गर्ने योजना बनाएका थिए । पछि उनले जनकपुर रेल्वेस्टेसन एरियामै पुलिन्द्र टाइपिङ इन्स्टिच्युट खोलेर अनेकौँ युवायुवतीलाई टाइपिङ सिकाए तर कम्प्युटरको आगमनसँगै टाइपिङ व्यवसाय धराशायी भयो । अचेल जेनरल स्टोर सञ्चालित गर्दै आएका छन् । जनकपुर उपमहानगरको छेउमै सञ्चालित आकास हेयर कटिङका सञ्चालक माइकल भन्ने भरत ठाकुर पनि यसका एउटा जीवित उदाहरण हुन् । लादोवेलाका मूलनिवासी माइकल पनि पोलियोग्रस्त छन् । यद्यपि उनले विशाखापट्टनमबाट यसको उपचार पनि गराएका थिए । अचेल उनी तीन पाङ्ग्रे मोटरसाइकलमा घरदेखि पसलसम्मको यात्रा तय गर्छन् । माइकलका छ सन्तानमध्ये चार निजी आवासीय विद्यालयमा अध्ययन गर्छन् भने दुई गाउँकै सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending