Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

महरको निर्देशन विपरीत नेबिसंघका विद्यार्थी आन्दोलनमा

\"nain-singh-Mahar\" काठमाडौं, १७ मंसिर । संगठनका अध्यक्ष नैनसिंह महरको निर्देशन विपरित नेपाल विद्यार्थी संघका कार्यकर्ताहरु संविधान संशोधन विपरित सडक आन्दोलनमा उत्रिएका छन् । संविधान कार्यान्वयनको चुनौतीपूर्ण संक्रमणकालमा न्युनतम लोकतान्त्रिक मान्यता विपरित असहज परिस्थिति ननिम्त्याउन जिम्मेवार राजनीतिक दल एवं पक्षलाई अपिल महरले अपिल गरे पनि आफ्नै संगठनका नेता कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् । तर महरकै निर्देशन विपरीत नेविसंघ केन्द्रीय उपाध्यक्ष प्रकाश रानाले रुपन्देहीको बुटवलमा नेबिसंघकै झण्डा बोकेर आन्दोलनको नेतृत्व गरेका छन् । रानाकै अगुवाईमा शुक्रबार बुटवलमा ‘नमुना जनमत संग्रह’समेत गरिएको थियो । संसदमा छलफल गर्न संयुक्त विद्यार्थी संगठनको अपिल संविधान संशोधन विधेयकमाथि ब्यवस्थापिका संसदमा छलफल गर्न छाडेर सडकमा आन्दोलन गरिएको भन्दै विभिन्न ६ विद्यार्थी संगठनले जिम्मेवार बन्न दलहरुलाई अपिल गरेका छन् । विहीबार र शुक्रबार दुई दिन बसेको विभिन्न ६ विद्यार्थी संगठनको बैठकले संविधान कार्यान्वयनको चुनौतीपूर्ण संक्रमणकालमा न्युनतम लोकतान्त्रिक मान्यता विपरित असहज परिस्थिति ननिम्त्याउन आग्रह गरेका छन् । संयुक्त विद्यार्थी संगठनमा विभाजन प्रमुख राजनीतिक दलहरु सत्तापक्ष र प्रतिपक्ष भए पनि एउटै मोर्चा बनाएर आन्दोलन गर्दै आएका ११ संगठनका विद्यार्थी संगठनहरुमा विभाजन आएको छ । संविधान संशोधन विधेयकको विरुद्धमा एमाले सम्बद्ध अनेरास्ववियुले सडक आन्दोलन थालेपछि विद्यार्थी संगठनहरुबीच फुट आएको हो । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न संयुक्त विद्यार्थी संगठनको बैठकमा एमाले सम्बद्ध अनेरास्ववियु लगायतका विद्यार्थी संगठनहरु अनुपस्थित रहे । वैठकपछि ६ विद्यार्थी संगठनका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्तावमाथि सडकमा नभइ संसदमा व्यापक छलफल, वहस र सहमति गरेर निकास खोज्न जिम्मेवार राजनीतिक शक्तिहरुलाई आह्वान गरेका छन् । विज्ञप्तिमा नेबिसंघका अध्यक्ष नैनसिंह महर, अखिल क्रान्तिकारीका नरेन्द्र न्यौपाने, राप्रविसंघका महासचिव महेश सिंह, मधेसी विद्यार्थी फोरम (लो)का पारस चौधरी, तराईमधेस विद्यार्थी फ्रन्टका हरेराम मिश्र र नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेशनका दीपक जोशीले हस्ताक्षर गरेका छन् । विज्ञप्तिकाे पूर्णपाठ \"student\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending