Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

सुशील कोइराला र रञ्जित कर्णको नांगो नाच कहिलेसम्म ?

  ३० बर्षे पंचायत कालमा प्रजातन्त्रका लागि संघर्षरत नेपाली कांग्रेसको खुल्ला मोर्चाको रुपमा नेपाल बिद्यार्थी संघ मात्र थियो । कांग्रेस भनेको नेबिसंघ र नेबिसंघ भनेको कांग्रेस जस्तो थियो नेपाली कांग्रेसको संगठन निर्माण र राष्ट्रिय मुद्धा माथि कांग्रेसको धारणा ने बि संघ मार्फत नै बाहिर आउथ्यो । नेपाल बिद्यार्थी संघका तत्कालीन नेताहरु सर्बश्री शेरबहादुर देउवा, रामचन्द्र पौडेलदेखि रामशरण महत अर्जुननरसिंह केसी, पूर्णबहादुर खड्का, चित्रलेखा यादव, बिमलेन्द्र निधि, आनन्द ढुंगाना, दिल हादुर घर्ति, ज्ञानेन्द्र बहादुर कार्की, अर्जुन जोशी, बलबहादुर के सी, प्रकाशशरण महत, बालकृष्ण खांड दिपक गिरि, नविन्द्रराज जोशी, एन पी सावद, चन्द्र भण्डारी धनराज गुरुङ, गोबिन्द भट्टराई, किशोर सिह राठोर, बद्रि पाण्डे, गगन थापा, प्रदिप पौडेल लगायत अहिलेको कांग्रेस केन्द्रिय समितिमा रहेका ९० प्रतिशत नेताहरु नेबिसंघकै उत्पादन हुन् ।
अहिलेको कांग्रेस केन्द्रिय समितिमा रहेका ९० प्रतिशत नेताहरु नेबिसंघकै उत्पादन हुन् । तर बिडम्बना आज नेबिसंघका ९० प्रतिशत उत्पादनहरुले नेपाली कांग्रेसको नेतृत्व गरिरहंदा नेपाल विद्यार्थी संघ भने आफ्नो अस्तित्व जोगाउन नसक्ने अबस्थामा पुगेको छ ।
त्यति मात्र हैन ७५ जिल्लाको कांग्रेस नेतृत्व , प्राध्यापक संघ ,कर्मचारी संघ ,ट्रेड युनियन, उद्योग बाणिज्य संघ र विदेशस्थित कांग्रेसका अधिकांश समितिको नेतृत्व समेत नेबिसंघकै नेतृत्व हुन् । भर्खरै रास्ट्र बैंकको गभर्नर चिरिन्जीबी नेपाल समेत कुनै बेला नेबिसंघ पाल्पाको जिल्ला अध्यक्ष्य रहनु यसको ताजा उदाहरण हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेबिसंघका लाखौ सपूतहरुले योगदान गरेका छन् । हजारौ नेबिसंघका सपूतहरु यो आन्दोलनमा घाइते र अंगभंग भएका छन् । सयौं सपूतहरुले आफूलाई बलिदान गरेका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेबिसंघको भूमिकालाई झिकीदिने हो भने त्यो आन्दोलनको इतिहास नै पूर्ण हुन् सक्दैन । तर बिडम्बना आज नेबिसंघका ९० प्रतिशत उत्पादनहरुले नेपाली कांग्रेसको नेतृत्व गरिरहंदा नेपाल विद्यार्थी संघ भने आफ्नो अस्तित्व जोगाउन नसक्ने अबस्थामा पुगेको छ । एक प्रकारले भन्ने हो भने तिनै नेताहरु जसलाई नेबिसंघले जन्माए हुर्काएर त्यहाँसम्म पुर्यायो  । उहाँहरुकै प्रहार र आक्रमणले आज नेबिसंघ कोमामा पुगेको बिरामी झै भएको छ । ८ बर्ष देखी नेबिसंघ लगायत भातृ संस्थाहरुको महाधिबेशन हुन सकेको छैन । उहाँहरु १७/१८ बर्षदेखि स्थानीय निकायको निर्वाचन, ७ बर्षदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र ८ बर्ष देखि भातृ संस्थाको निर्वाचन गराउन अनिच्छुक देखिनु भएको छ । उहाँहरुलाई जानकारी छ नयाँ पुस्ता नयाँ प्रबिधी र ज्ञानले लैश छ । नयाँ पुस्ता नेतृत्वमा आयो भने उहाँहरुलाई चुनौती हुनसक्छ । अहिले एउटा स्थानीय निर्वाचनबाट निर्वाचित गाबिस अध्यक्ष १५ बर्षमा प्रधानमन्त्रीको उमेद्वार हुन  सक्थ्यो । नयाँ पुस्तालाई थकाएर, गलाएर नेतृत्वमा आउन नदिने रणनीति छ उहाँहरुको । जसरी पनि नयाँ पुस्तालाई रोक्नका लागि अब भातृ संस्थाहरुको आवश्यकता नै छैन भन्ने जस्ता गैर जिम्मेवारपनासमेत केही झिङ्गे नेताहरुबाट आइरहेको छ । मानौ यो संसारमा उनीहरु २०० बर्ष बाँच्ने छन् र सो समय गुजारेपछि राजनीतिमा योगदान नगरेका तर राम्रो शिक्षा दिक्षा दिलाएका आफ्ना सन्तानलाई नेतृत्व हस्तान्तरण गर्नेछन् । सायद यो मनसायमा उहाँहरु हुनुहुन्छ ।
 मानौ यो संसारमा उनीहरु २०० बर्ष बाँच्ने छन् र सो समय गुजारेपछि राजनीतिमा योगदान नगरेका तर राम्रो शिक्षा दिक्षा दिलाएका आफ्ना सन्तानलाई नेतृत्व हस्तान्तरण गर्नेछन् । सायद यो मनसायमा उहाँहरु हुनुहुन्छ ।
पार्टीलाई सधै सँस्थागत निर्णयबाट चलाउने अभिव्यक्ति दिने तर सधैं कोठे निर्णयबाट चल्न चाहने सुशील कोइराला अहिले नेपाली कांग्रेसका सभापति र मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । तर दुवै स्थानमा उहाँको काम सन्तोषजनक छैन । पछिल्नोपल्ट नेपाल बिद्यार्थी संघको महाधिबेशन गराउन भएका निर्णायक छलफलमा उहाँको प्रत्यक्ष संलग्नता छ पटक पटक नेबिसंघको महाधिबेशन स्थगित गर्दा पार्टीको प्रतिष्ठामा पुग्न गएको क्षति प्रति उहाँ जानकार पनि हुनुहुन्छ । सार्क सम्मेलनको कारण देखाएर पछिल्नोपल्ट नेबिसंघको महाधिबेशन उहाँले नै स्थगित गर्न आदेश दिनुभएको थियो । ६४ जिल्लाको महाधिबेशन प्रतिनिधिको नामावली पार्टीका महामन्त्री एवं नेबिसंघ निर्देशन समितिका संयोजक प्रकाशमान सिंह सदस्यहरु डा. प्रकाशशरण महत, बिद्यार्थी बिभाग प्रमुख नविन्द्रराज जोशी र बद्रि पाण्डेसंगको बारम्बारको छलफल पछि सहमतिमा पार्टीलाई बुझाईएको हो । बाँकी ११ जिल्लाका अधिबेसनहरु विवादित थिए र ती विवादित जिल्लाको समस्या समाधान गरी महाधिबेशन प्रतिनिधिहरुको टुंगो लगाएर ल्याउनु भनेर , बालुवाटार प्रधानमन्त्री निवासमा पार्टी सभापति आदरणीय सुशील कोइराला बरिष्ठ नेता शेरबहादुर देउवा र पार्टीका सम्पूर्ण पधाधिकारीको उपस्थितिमा निर्णय भएको थियो । अहिलेको जटिल परिस्थितिमा एक पल्टलाई दुवै पक्षमा बराबरीको संख्या पर्नेगरि मिलाउनु भनेर बिधि समेत तय भएको थियो । तर बालुवाटारबाट बाहिरिएपछि त्यो उच्च स्तरीय बैठकको निर्णय अध्यक्ष रन्जित कर्णले कार्यान्वन गराउन चाहेनन् । किन ? कसको दबाब र ताकतमा ? जबाफ एउटै छ त्यही , कोइरालाको कोटरी जसले कोठाबाट पार्टी संचालन गर्छ । त्यसको दबाब रन्जित कर्णले थेग्न सकेनन र त्यो निर्णय कार्यान्वन हुन् सकेन । त्यो निर्णय कार्यान्वन नभएपछि सार्कको कारण देखाएर नेबिसंघको महाधिबेशन स्थगित गरिएको हो । आज ५ महिना बित्यो स्थगित महाधिबेशन माथि कुनै छलफल र चासो समेत छैन । १५ देखि २५ बर्षसम्म नेबिसंघमा लगानी गरेका र नेबिसंघको महाधिबेशन मार्फत आफ्नो भबिष्य खोजिरहेका हजारौ कार्यकर्ता अन्योल र निरासामा छन् । हजारौ कार्यकर्तालाई निरास बनाएर केहि व्यक्तिले हालीमुहाली गर्दैमा पार्टीमा रक्तसंचार हुन्छ ? जुन नेताहरुले आफ्ना कार्यकर्ताको भबिष्य आशाबादी र सुनिश्चित गराउन सक्दैनन् उनीहरुले देश र जनताको भबिष्य कसरी सुनिश्ति गर्न सक्लान ? पछिल्लोपल्ट अधिबेशन बिबादित रहेका ११ जिल्लाको नेतृत्व र महाधिबेशन प्रतिनिधिसमेत एकलौटी र आफूखुशी चयन गरेर, अनि विवाद समाधान भएका ६४ जिल्लामासमेत आफूखुशी नेतृत्व र महाधिबेशन प्रतिनिधि हेरफेर गरेर कर्णले लिस्ट बिद्यार्थी बिभाग प्रमुख नविन्द्रराज जोशी लाई बुझाएका छन् । के हो यो ? यस्तो निर्लज्ज र नाङ्गो नाच देखाउन पाइन्छ ?
प्रश्नको जबाफ देशभरका नेबिसंघका साथीहरुले खोजिरहेका छन् । के यहि हो आदरणीय सुशील कोइरालाको संस्थागत निर्णय ? २०५७ मा पार्टीको पोखरा महाधिबेसनको पूर्व सन्ध्यामा उहाँले आफूसंग असहमत १७ वटा पार्टीका जिल्ला समिति भंग गर्नु भएको थियो । चौतर्फी बिरोधका बाबजुद ३ बर्ष अगाढि निर्वाचित भातृ सँस्थाहरु उहाँले भंग गर्नु भयो । जसका कारण बरिष्ठ नेता देउवाले राजिनामा समेत दिनु पर्यो ।
२ महिनाको कठोर मेहेनतले फाइनल भएको लिस्ट आफूखुशी परिवर्तन गर्दापनि निर्देशन समिति र पार्टी सभापतिसमेत किन मौन हुनुहुन्छ ? यो प्रश्नको जबाफ देशभरका नेबिसंघका साथीहरुले खोजिरहेका छन् । के यहि हो आदरणीय सुशील कोइरालाको संस्थागत निर्णय ? २०५७ मा पार्टीको पोखरा महाधिबेसनको पूर्व सन्ध्यामा उहाँले आफूसंग असहमत १७ वटा पार्टीका जिल्ला समिति भंग गर्नु भएको थियो । चौतर्फी बिरोधका बाबजुद ३ बर्ष अगाढि निर्वाचित भातृ सँस्थाहरु उहाँले भंग गर्नु भयो । जसका कारण बरिष्ठ नेता देउवाले राजिनामा समेत दिनु पर्यो । रन्जित कर्णको यो नाङ्गो नाच के त्यही शृंखलाको नयाँ कडी हो त ? यदि हो भने खबरदार पंचायत र माओवादीसंग नझुकेर लडेको नेबिसंघ पार्टीभित्रको यो तानाशाही व्यवहारका बिरुद्ध लड्न तयार छ । हैन भने रन्जितको यो एकलौटी र मनोमानी निर्णय तत्काल फिर्ता गरी नेबिसंघको महाधिबेशनको वातावरण बनाइयोस् । अन्यथा नेबिसंघ भित्र ‘इटको जवाफ पत्थर’ले दिँदा उत्पन्न हुने परिस्थित साक्षी सबैले बस्नु पर्नेछ । (शाह नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका नेता हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending