Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

प्रधानमन्त्रीले प्रचण्डलाई भने, ‘तपाईंहरू उचाल्नुहुन्छ, केसी उचालिन्छन्’

काठमाडौं, मेडिकल शिक्षालाई व्यवस्थित गर्न नौ दिनदेखि अनशन बसिरहेका चिकित्सकप्रति संवेदनहीन रूपमा प्रस्तुत हुँदै आएका प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार बिहान डा. गोविन्द केसीलाई प्रतिपक्षी, विभिन्न समूह र जनताले उचालेको टिप्पणी गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कोइरालासँग टेलिफोन गरी केसीको माग पूरा गरी उनको अनशन तोडाउन आग्रह गरेका थिए। सोमबार बिहान शिक्षण अस्पताल पुगेर डा. केसीको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै उनका सबै मागप्रति समर्थन व्यक्त गरेका प्रचण्डले तत्कालै टेलिफोन गरी प्रधानमन्त्रीलाई भने, ‘तत्काल केसीको अनशन अन्त्यका लागि सरकारले विशेष पहल गर्नुपर्‍यो, अनशन तोडाउनुपर्‍यो।’ स्रोतका अनुसार प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले केसीको माग पूरा गर्न प्रक्रिया थालनी गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘तपाईंहरू उचाल्नु हुन्छ, जनताले पनि उचाल्छन् र केसी स्वयं उचालिनुहुन्छ। त्यसैले समस्या आइरहन्छ।’ प्रधानमन्त्रीसँग आक्रोशित हुँदै प्रचण्डले केसीको स्वास्थ्य अत्यन्त कमजोर भएकाले तत्काल उपयुक्त वातावरण बनाउँदै अनशन तोडाउन पहल गर्न सुझाव दिए। प्रधानमन्त्रीले आफू यसबारे गम्भीर भएको जबाफ दिएको स्रोतले बतायो। प्रचण्डसँग केसीले शिक्षण संस्थाका नाममा भएका अनियमितता रोक्न राजनीतिक स्तरबाट सहयोगको अपेक्षा राखेका थिए। केसीले आमनेपालीबीच संक्रमणका रूपमा रहेको भ्रष्टाचार र अनियमितता रोक्दै जनतामा सुशासनको प्रत्याभूति गराउन दाहाललाई आग्रह गरेका थिए। केसीसँग भेटेपछि प्रचण्डले भने, ‘उहाँका माग जायज छन्, यसलाई सरकारले तत्काल पूरा गर्नुपर्छ। म अहिल्यै प्रधानमन्त्रीसँग कुरा राख्ने छु।’ त्यसपछि उनले प्रधानमन्त्रीलाई टेलिफोन गरेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending