Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

चुनाव हारेकालार्इ गोलाप्रथाबाट केन्द्रीय सदस्य !

\"cpnuml\"काठमाडौं, १५ मंसिर । एमालेमा अचम्म छ । एउटा सिंगो पुस्तालाई सनकको भरमा निस्क्रियताको शिकार बनाइएको छ । जिल्ला कमिटीमा पराजित भएकाहरुलाई प्रदेश कमिटीमा लैजाँदा केन्द्रीय कमिटीको चुनावमा एक भोटले हारेका पूर्वअञ्चल इञ्चार्जहरु विगत तीन वर्षदेखि ठण्डाराम हालतमा छन् । जनआस्था साप्ताहिकमा खबर छ– मेची इञ्चार्ज नरेश खरेल, कोशीका राजेन्द्र गौतम, सगरमाथाका धर्मनाथप्रसाद साह, गण्डकीका खगराज अधिकारी, भेरीका देवराज भार, महाकालीका उर्वादत्त पन्त, सेतीका भानुभक्त जैसीसहित आठ जनाको कान्तिबिजोग भएको हो । अघिल्लो केन्द्रीय कमिटीमा रहेका र यसचोटि हारेका ३८ जना सल्लाहकारमा थन्क्याइएका छन्, कुनै परिभाषित जिम्मेवारी छैन । पूर्वकेन्द्रीय अध्यक्ष भएकै नाताले झलनाथ खनाललाई एक भोट पनि लिनु नपर्ने गरी दोस्रो वरियताको वरिष्ठ नेता बनाउने हुँदा एक भोटले केन्द्रीय सदस्य हुनबाट बञ्चित खगराज अधिकारी, तीन भोटका कारण पछि परेका पुरुषोत्तम पौडेलका सामु हात बाँधेर बूनुको विकल्प छैन । चुनाव हारेका चार जना गोलाप्रथाबाट केन्द्रीय सदस्य भएका छन् । रामेश्वर फुयाँल, टुका हमाल, रामचन्द्र साह तेली, गणेश काङबाङ, विनोद श्रेष्ठ, टुकराज सिग्देल, एकबहादुर राना मगर, रघुवीर महासेठहरु क्षमता भएर पनि कथित लोकतान्त्रिक अभ्यासका नाममा जिम्मेवारीविहीन बनाइउका एमालेजन हुन् । सातौं महाधिवेशनपछि अनुशासन आयोग प्रमुख बनाइएका बेदुराम भुषाललाई कुनै पनि जिम्मेवारी छैन । चौथो महाधिवेशनदेखिको हिसाब गर्ने हो भने यसरी पाखा लगाइएका नेताको संख्या पाँच सय नाघ्छ । यो स्थितिलाई हेर्दा कम्युनिष्टलाई अरुले सिध्याउनै पर्दैन, आफैँभित्रको तानाबानाले पछार्छ भन्ने कुराको सामान्य नमुना हो यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending