Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

बिप्लवका छोराले ५० लाखको बाइक चढेपछि.....

\"biplab-son\" काठमाडौं,१४ मंसिर । नेकपा माओवादीका महासचिव विप्लवका छोरा हार्ले डेभिड्सन मोटरसाइकलमा चढेको फोटो राखेर केहि संचारमाध्यममा समाचार आएपछि विप्लव माओवादीले भने उक्त समाचार गलत भएको प्रतिकृया दिएको छ । दधि नाम गरेका मान्छे कसैको प्रयोगमा आएर यस्तो भ्रामक समाचार लेखेको महासचिव विप्लवले सामाजिक संजाल फेसबुकबाट खण्डन गरेका छन् । विप्लवका जेठा छोरा प्रकाश चन्दले पार्टीको पैसा दुरुपयोग गरेर ५० लाखको मोटर साइकल किनेकोबारे समाचार सोमबार फुर्सद न्युज अनलाइनले लेखेको थियो । माओवादीका महासचिव विप्लवले फेसबुकमार्फत समाचारको खण्डन गरेका छन । उनले फेुसबुकमा लेखेका छन –‘दधिजी, तपाईलाई म चिन्दिन तर तपाईको समाचार पढे । सायद तपाईलाई कसैले दुरुपयोग गर्दैछ, तपाईको समाचार सही भए सबै वस्तु तपाईकै हुने छन् । यदि त्यो सही नभए तपाईलाई के गर्ने ? माओवादी नेता खेम थपलियाले खबरडबलीसँग कुरा गर्दै भने–‘यो समाचार सरासर गलत छ । समाचारमा भनिएको जस्तो ५० लाखको मोटर साइकल प्रकाश चन्दसँग भएको हामीलाई थाहा छैन । अनी समाचारमा भनिएको जस्तो चन्दाले दाङ,  देउखुरी–७ मा कित्ता नम्वर ४५३४ र ४५४८ का गरी ६ रोपनी जग्गा किनिसकेको भन्ने कुरामा पनि सत्यता छैन ।’ थपलियाले कसैले संचारमाध्यमको दुरुपयोग गरेर गलत समाचार सम्प्रेसण गरी सिंगो पार्टीको बेज्जत गर्न लागेको आफुहरुलाई भान भएको बताएका छन । उनले पत्रकारीताको अनुसार नाघेर प्रमाण बिहीन कुराहरु प्रकाशन गरिएको आरोप लगाउदै त्यस्ता संचारमाध्यमलाई कारवाही गर्न माग समेत गरे । यो विषयमा हामीले माओवादी महासचीव विप्लव पुत्र प्रकाश चन्दसँग पनि कुराकानी गरेका छौ । उनले उक्त समाचारमा भनिएजस्तो ५० लाखको मोटरसाइकल आफूसँग नभएको बताएका छन । प्रकाशले भने–‘त्यो मोटरसाइकल मेरो होइन । मोटरसाइकलमा फोटो मात्र खिचेको हो । विना आधार मेरो नाममा ५० लाखको गाडी भएको भनि समाचार लेख्ने पत्रकारले मलाई मानसिक पिडा दिएका छन । राज्यले त्यसको खोजी गरेर कारवाही गरोस् ।’ हार्ले डेभिड्सन मोटरसाइकल किनिदिएको भन्ने समाचार प्रकाशन भएपछि त्यसबारे खबरडबलीले प्रकाश चन्दसँग कुराकानी गरेको छ । प्रकाश चन्दले समाचार सत्य नखोजीकनै नियोजित रुपमा लेखिएको आरोप लगाएका छन । त्यसैगरि समाचारमा ‘माओवादी नेता प्रज्जलनले चन्दका पछिल्ला क्रियाकलाप शंकास्पद भएको बताका छन । प्रज्जवलले भने, उहाँले पनि गरिखाने देखिएन, छोरालाई पचास लाखको बाइक, सालीको नाममा ८ रोपनी जग्गा किनेर कसरी हुन्छ ? उनले प्रश्न गरे।’ भनिएको छ, यो. कुरा सरोसर गलत छ, भन्दै माओवादी केन्दीय सदस्य समेत रहेका प्रज्वलनले आफुले त्यो समाचार माध्यमसँग कहिल्यै कुरै नगरेको तर्क गरेका छन् । उनले आफूसँग केहि कुरै नभएको र बिना आधार आफ्नो नाम जोडेर कपोकल्पित समाचार प्रकाशन गरिएको भन्दै कारवाहीको माग गरेका छन् । यस्ताे छ बिप्लवपुत्र प्रकाशकाे प्रष्टीकरण त्यो मेरो बाइक होइन । म काम विषेशले बाहिर निस्केको बेला गत शुक्रबार जावलाखेल स्थति हिमालयन इन्डष्टिजको कम्पाउन्डमा त्यो मोटरसाइकल देखे र राम्रो लागेकाले त्यसमा चढेर एउटा फोटो खिचेको थिए । गत शनिवार मैले आफ्नो फेसबुकमा त्यो मोटर साइकलमा चढेको फोटो अपलोड गरेको थिए । तर त्यो फोटो कै आधारमा सत्य नबुझि समामचार लेख्दा मलाई त्यो कारणले मानसिक पिडा दिएको छ । समाचार लेख्नेले मलाई मोटरसाइकल कस्को हो भनि सोधेको पनि छैन, अनि के आधारमा मैले ५० लाखको गाडी चढेको भनीयो, त्यसमो जवाफ चाहिनछ र गल तगर्ने लाई कारवाहइ गरिनु पर्दछ । मेरो फोटोकै आधारमा सिंगो पार्टी र महासचिवको समेत नाम जोडिनुले हामीलाइ यो नियोजित रुपमा कसैले पत्रकारकारीताको दुरुयोग गरेको महशुष भएको छ । यसको सत्यता सम्बन्धीत निकायले खेाजोस ।

के गर्छन प्रकाश चन्द ?

विप्लवका जेठा छोरा हुन प्रकाश चन्द । उनी चिवन मेहिकल कलेजमा एमबीबीएसको अध्ययन गर्ने विद्यार्थी हुन । उनले केहि दिनपछि परीक्षा आइरहेको भन्दै अगाडि भनेका छन, समाचारका कारण सारै तनाब गराएको छ । झुट पत्रकारीतो मलाई मानसिक पिडा दिएको छ । उनले भ्रमपूर्ण समाचार आएको कारण आफुलाई मानसिक रुपमा ताव भएको बताएका छन् । उनी विद्यार्थी मात्र होइन, बुवाले नेतृत्व गरेको माओवादीमा पार्टीमा राजनीति पनि गर्छन । उनी हाल चीतवन जिल्ला सदस्य समेत रहेका छन । उनी विद्यार्थी संगठनको केन्दीय समिति सदस्य समेत हुन ।

कस्को हो विप्लवका छोरा चढेको मोटरसाइकल ?

नेपालमै खरिद बिक्री कभएको उक्त कम्पनिको मोटरसाइकल कस्को हो भन्ने चासो समेत जनमानसमा बढेको दखिन्छ । जानकारहरुका अनुसार पहिले त्यस्तो महंगो र सुविधा सम्पन्न मोटरसाइकल पूर्व राजकुमार पारस शाहले मात्र चढ्ने गरेको देखिथ्यो । त्यस्तो मंहगो मूल्यको मोटरसाइकल चढ्ने मानिसहरु काठमाडौंमा अत्यनत कम रहेको देखिन्छ । प्रकाश चन्दका अनुसार उनी चढेर फोटो खिचेको मोटरसाइकल बा ७१ प १८ नम्बरको रहेको छ । तर उनको आफ्नो मोटरसाइकल बा ७७ प ९९३६ नम्बरको रहेको बाइएकाे छ । उनीसँग बुलेट बाइक छ, तर त्यो उनको होइन, उनका निकटहरुले समेत बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending