Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

दिल्लीपछि बेइजिङ किन पुगे ज्ञानेन्द्र ?

\"gyanendra_shaha-1140\"काठमाडौं, १४ मंसिर । मुलुकमा राजनीति सफा नभएपछि यसमा अवसरको खोजी गर्ने भेट्रानहरु विदेश दौडाहामा सक्रिय रहेका छन् । गणतन्त्रलाई सहज बाटो खोलिदिएको श्रेय बोकेका पूर्वराजा ज्ञानेन्द्र शाह केही साता अघि बुहारी हिमानीसहित सिंगापुर निस्किएका थिए । आजको जनप्रहार साप्ताहिकमा खबर छ–उनी त्यहाँबाट भारतको नयाँदिल्लिमा पुगेका थिए । संविधान कार्यान्वयनमा समस्या भइरहेका बेला नेपालमा भएको हिन्दु सम्मेलनमा कडा भाषामा सम्बोधन गरेका ज्ञानेन्द्रले आफ्नो स्पेस खोजीका लागि दिल्लिको हैदरावाद हाउसमा गुहारेको स्रोतले जनायो । त्यतिमात्र होइन भारतमा रहेका हिन्दुवादीहरु पनि ज्ञानेन्द्रलाई स्पेस दिनुपर्छ भन्ने मान्यतामा उभिएका छन् । त्यसका लागि दक्षिणी छिमेकीमा सम्बन्ध राम्रो बनाएका ज्ञानेन्द्र अहिले उत्तरी छिमेकी चीनको दबाब बनाउन बेइजिङ पुगेको स्रोतले जनाएको छ । शाह केही दिनअघि राजधानी बेइजिङ पुगेको पुष्टी भए पनि चिनियाँ राष्ट्रपति सी जिनपिङसहित उच्च नेतृत्वसँग भने उनको भेटवार्ता नभएको बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार माओवादी केन्द्रको पोलिटब्यूरो बैठकमा ज्ञानेन्द्रको नाम नलिइकन ‘उत्तर र दक्षिण मुभ गरी प्रतिगामी षडयन्त्र’ गरिरहेको आरोप लगाउँदै शाहले चीन भ्रमण गरेको जनाउ दिएका थिए। बेइजिङस्थित नेपाली दूताबास र परराष्ट्र मन्त्रालय निकट स्रोतहरूले शाहले चीन भ्रमण गरेको पुष्टी गरेका छन् । चीनको परराष्ट्र मन्त्रालय निकट स्रोतहरूले एक गैरसरकारी चिनियाँ संस्थाको निमन्त्रणामा पूर्व राजा शाह बेइजिङ पुगेपनि उच्च राजनीतिक भेटवार्ता भने नभएको जनाएका छन् । आफ्नो शासनका समयमा भारतसँग सम्बन्ध विगारी चीनसँग हितैसी भएका कारण उनको बहिर्गमन भएको थियो । अहिले दिल्लिसँग सुमधुर सम्बन्ध बनाएका पूर्वराजाले चीनसँग पनि सम्बन्ध बलियो बनाउनका लागि चिनियाँ नेताहरूसँग भेटवार्ता गरेका छन् । राजा भएको एक वर्षभित्रै उनले भारत र त्यसपछि तत्कालीन चिनियाँ राष्ट्रपति च्याङ चेमिनको निमन्त्रणामा चीन भ्रमण गरेका थिए । सन् २००५ फेबु्रअरीमा प्रत्यक्ष शासन सुरु गरेका राजा ज्ञानेन्द्रले दुई महिनापछि अप्रिलमा इण्डोनेसियाको जाकर्तामा एसियाली–अफ्रिकी सम्मेलन र चीनको हाइनानमा बोआओ एसिया फोरममा सम्बोधन गर्ने अवसर पाएका थिए। जाकर्तामा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग शाहको भेट भएको थियो । तर, पछिल्लो चरणमा उनले राष्ट्रपति सी जिन पिङसँग भने भेट्न नपाएको बताइएको छ । जनप्रहार साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending