Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

पतञ्जलीमा मेरो लगानी छैन : रामदेव

\"ramdev-750\"काठमाडौं, १४ मंसिर । योगगुरु रामदेवले पतञ्जली आयुर्वेद प्रालि, नेपालमा हालसम्म आफूले लगानी नै नगरेको दाबी गरेका छन् । रामदेवले सोमबार विज्ञप्ति जारी गर्दै उक्त प्रालिमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र उनकी श्रीमती समता प्रसादको मात्र लगानी रहेको जनाएका छन् । आजको कान्तिपुरमा खबर छ– ‘पतञ्जली आयुर्वेद प्रालि नेपालमा आजसम्म जे जति लगानी भएको छ, त्यो सबै डा। उपेन्द्र महतो र उहाँकी धर्मपत्नी डा। समता प्रसादबाट भएको हो । यसमा आजको मितिसम्म पतञ्जली आयुर्वेद लिमिटेड भारतको कुनै लगानी छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो योजना अनुसार भविष्यमा पतञ्जली आयुर्वेद लिमिटेड भारतबाट जे जति लगानी हुन्छ, त्यो सबै नेपाल सरकारको प्रचलित कानुनअनुसार प्रक्रिया पुर्‍याएर नै गरिनेछ ।’ गत बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने रामदेवले हालसम्म डेढ सय करोड (डेढ अर्ब) लगानी गरिसकेको र भविष्यमा ५ सय करोड (५ अर्ब) लगानी गर्ने घोषणा गरेका थिए । लगानी गरिसकेको र गर्ने भनिएको उनको भाषणको भिडियो सुरक्षित छ । लगानी नै नभएकाले अनियमित लगानी भएको भन्ने समाचार यथार्थ नभएको रामदेवद्वारा हस्ताक्षरित विज्ञप्तिमा दावी गरिएको छ । विज्ञप्तिमा भविष्यमा भने कम्पनीमा मेटोरिटी सेयरहोल्डिङ ९अधिक सेयर० पतञ्जली आयुर्वेद भारतको हुने उल्लेख छ । यसैगरी यो उद्योगबाट प्राप्त हुने सम्पूर्ण मुनाफा नेपालमै विभिन्न परोपकारी क्षेत्रमा अनुदान दिने निर्णय गरिएको समेत विज्ञप्तिमा उल्लेख छ । यो मुनाफा वितरण नगर्ने परोपकारी संस्थाका रूपमा सञ्चालन हुने कम्पनीको प्रबन्धपत्रमा उल्लेख भएको पनि विज्ञप्तिमा दाबी छ । ‘मैले आफ्नो सम्पूर्ण जीवन नै निरन्तर कालो धन, भष्ट्राचार र अनियमित आर्थिक व्यवहारका विरुद्धको लडाइँमा समर्पित गरेको छु । वास्तवमा हाम्रो पहिचान भन्नु नै आर्थिक पारदर्शिता हो । तसर्थ मैले नै अनियमित लगानी गर्ने वा त्यस किसिमको आर्थिक व्यवहार गर्ने कुरा सम्भव छैन,’ विज्ञप्तिमा भनिएको छ । उनले नेपालमा आफु कमाइका लागि नभई भलाइका लागि आएको उलने बताएका छन् । पतञ्जली योगपीठ नेपाल मुनाफा वितरण नगर्ने कम्पनीका रुपमा दर्ता भई २०६४ सालदेखि नै सामाजिक कार्य गर्दै आएको र अहिलेको उद्योग त्यसैको निरन्तरता भएको विज्ञप्तिमा उल्लेख छ । मुनाफा वितरण नगर्ने कम्पनीमा विदेशी लगानी गैरकानुनी भएको विषयमा भने विज्ञप्तिमा कुनै उल्लेख छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending