Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

राष्ट्रपतिय चुनावको पूनःमतगणना प्रस्तावमा डोनाल्ड ट्रम्पको यस्तो प्रतिक्रिया

\"trump-5-1140\"काठमाडौं, १३ मंसिर । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको विस्किन्सन राज्यमा पुनः मतगणनाको अनुरोध वाहियात भएको बताएका छन् । सो राज्यमा झिनो मतले विजयी भएका ट्रम्पले आइतबार भने, ‘परिणामको हामी सबैले सम्मान गर्नुपर्छ । यसलाई चुनौति दिनु अथवा गाली गर्नु वाहियात हो ।’ ग्रीन पार्टीको तर्फबाट उम्मेदवार बनेकी जिल स्टइनले पुनः गणना गर्नुपर्ने मागद गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरेपछि अमेरिकाको राष्ट्रपतिको चुनाव अझै ‘हेडलाइन’ बनिरहेको हो । उनले तथ्यांकमा गडबडी भएको भन्दै फेरि मतगणना हुनुपर्ने माग राखेकी थिइन् । जिलले मिचिगन र पेन्सिल्भेनियाको पनि पुनः मतगणना गरिनुपर्ने माग राखेकी छिन् । जिलको प्रस्तावमा समर्थन जनाउँदै हिलारीको प्रचार अभियानले मतगणना गरिनु पर्ने पक्षमा आफूहरु रहेको बताएका छन् । नोभेम्बर ८ मा भएको चुनावमा डोनाल्ड ट्रम्पले स्पष्ट बहुमतका साथ हिलारीलाई पराजित गरेका थिए । माथि उल्लेखित राज्यको परिणाम उल्टिएर हिलारीले जितेमात्र राष्ट्रपति निर्वाचनको परिणामलाई फरक पार्छ । विस्कन्सिन राज्यका अधिकारीहरुले मत पुनः गणनाका लागि गरिएको अनुरोधका सम्बन्धमा के गर्ने भनेर छलफल गरिरहेको बताएका छन् । तर जिल स्टेनले आफ्नो ट्वीटमा पुनस् मतगणनाको प्रक्रिया आगामी हप्ताबाट शुरु हुने बताएकी छन् । ती तीनवटै राज्यको नतिजा उल्टिएमात्रै राष्ट्रपति पदमा हिलरी क्लिन्टन विजयी हुनेछिन् । तर त्यो सम्भावना ज्यादै न्यून छ । कम्प्युटर ह्याकरहरुले ट्रम्पलाई जिताउनका लागि परिणाममा चलखेल गरेको आशंका गरिएको छ । नवटै राज्यको नतिजा उल्टिएमात्रै राष्ट्रपति पदमा हिलरी क्लिन्टन विजयी हुनेछिन् । तर त्यो सम्भावना ज्यादै न्यून रहेको विश्लेषकहरु बताउँछन् । इलेक्टोरल कलेजमा विस्कन्सिनको १० मत छ भने मिशिगनको १६ र पेन्सिलभेनियाको २० मत छ । चुनावमा ट्रम्पले २९० र क्लिन्टनले २३२ इलेक्टोरल मत पाएका थिए । मिशिगनको नजिता भने अझै आइसकेको छैन । मतदान हुनुअघि चुनावी प्रणालीमा सम्भावित रुसी हस्तक्षेपबारे चिन्ताहरु व्यक्त भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending