Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

'भाटेजुलुस रोक्न नसक्ने' प्रहरी हाकिमसँग स्पष्टीकरण !

काठमाडौं, एमाओवादी नेतृत्वको ३० दलीय मोर्चासम्बद्ध युवाहरुले आइतबार देशभर आयोजना गरेको भाटेजुलुस असफल पार्न नसकेको भन्दै राजधानीका आधा दर्जन प्रहरी हाकिममाथि स्पष्टीकरण लिइएको छ । देशका करिव ३ दर्जन स्थानमा प्रदर्शनकारी युवा र प्रहरीबीच झडप भई कतिपय स्थानका भाटेजुलुस शान्तिपूर्ण ढंगले सम्पन्न भए पनि कतिपय ठाउँमा झडप पनि भए । राजधानीमा चाहिँ कुनै हालतमा पनि लट्ठी–भाटा प्रदर्शन गर्न नदिने तयारीका साथ गृहप्रशासनले प्रदर्शनकारीभन्दा चारगुणा बढ्ता सुरक्षाकर्मी परिचालन गरे पनि युवाहरुले भाटासहित जुलुस प्रदर्शन गरेरै छाडे । जनसेवाका डीएसपी वेद विष्ट, प्रहरी परिसर, हनुमानढोकाका डीएसपी रेवती ढकाल, सिंहदरबारका डीएसपी सन्तोष खड्का, दरबारमार्गका डीएसपी रमेश बस्नेत, अर्का डीएसपी रामेश्वर कार्कीलगायतको फिल्ड कमान्ड  एसएसपी उत्तमराज कार्कीको ‘होल कमान्ड’ मा २ हजारभन्दा बढ्ता प्रहरी परिचालित हुँदा समेत भाटेजुलुस प्रदर्शन भएपछि कार्कीसहित ती अधिकारीहरुलाई स्पष्टीकरण लिइएको हो । प्राप्त जानकारीअनुसार ‘त्यत्रो निर्णय र निर्देशन हुँदाहुँदै यो के हो रु कसरी सम्भव भयो रु के हेरेर बस्यौ तिमीहरु रु’ भन्दै भाटेजुलुसको ‘भिडियो फुटेज’ देखाएर ती अधिकारीहरुसँग डीआईजी विज्ञानराज शर्माले आइतबार साँझ स्पष्टीकरण लिएका हुन् । स्पष्टीकरण दिँदै अधिकारीहरुले भनेका थिए– ‘जुलुस सुरु हुँदा कोही–कसैले भाटा बोकेकै थिएनन्, एकाध झन्डा र ब्यानरसहित नाराजुलुस मात्रै थियो । सहिदगेट कट्नासाथ एकाएक सबैका हातमा भाटा देखिए, कहाँबाट र कसरी हातहातमा भाटा र लट्ठी आइपुगे, थाहै पाइएन् ।’
आइतबार अपराह्न खबरडबलीसँग कुरा गर्दै गृहसचिव सूर्यप्रसाद सिलवालले भनेका थिए– ‘लठ्टी–भाटा भनेका हतियार नै हुन् । कानुनी राज भएको मुलुकमा दिनदहाडै हतियार प्रदर्शन गरेर सर्वसाधारणलाई आतंकित पार्न दिइनेछैन । कसैले त्यसो गर्न खोजे ठाउँका ठाउँ लट्ठी–भाटाजस्ता हतियार तुरुन्तै खोस्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ ।’\"KDIMG_5642-960\" त्यति हुँदाहुँदै पनि भृकुटीमण्डपदेखि वीर अस्पतालसम्म लट्ठी–भाटासहितको जुलुस निक्कियो र टुँडिखेलको गेटमा कोणसभा गरी कार्यक्रमको समापन भयो । प्रहरीकाे आँखा छल्दै राजधानीमा भाटेजुलस सफल पार्ने यस्तो योजनाकाे सूत्राधार थियाे– युवापरिचालन इन्चार्ज जनार्दन शर्मा, एमाओवादीका नेवाः इन्चार्ज झक्कु सुवेदी, काठमाडौं जिल्ला इन्चार्ज एवम मजदुर नेता शालिकराम जमकट्टेल, काठमाडौंका जिल्ला संयोजक हिमाल शर्मा, विद्यार्थीका केन्द्रीय संयोजक रमेश मल्ल वाईसीएल कार्यवाहक अध्यक्ष आरसी शर्मा, वाईसीएल उपत्यका अध्यक्ष दीपशिखासहितको टिम । सोही टिमका एक सदस्य अर्थात् वाईसीएलका उपत्यका अध्यक्ष दीपशिखा भन्छन्– ‘सरकारको तयारी र धम्की देख्दा हाम्रो कार्यक्रम असफल पार्न उनीहरुले जानेजति र सकेसम्मका सबै उपाय लगाउँछन् भन्ने बुझ्यौं र सोहीअनुसारको तयारी गर्‍याैं । त्यसैले सफल भयो हाम्रो कार्यक्रम ।’ थप याे पनि पढ्नुहाेस्–
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending