Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

मातृका भन्छन्– नेता प्रचण्ड नै हुन्

काठमाडौं, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिग्रिए, मासिए, सकिए– अब यिनलाई सुधार्नै सकिँदैन भनेर एमाओवादी पार्टीको पोलिटब्युरो सदस्य तथा मधेश कमान्ड इन्चार्ज मात्रै होइन, सभासद पद समेत त्यागेर अलग्गिएका नेता मात्रिकाप्रसाद यादवले अहिले एमाओवादी अध्यक्षप्रति आफू निकै आशावादी भएको बताएका छन् । यादवले भने– ‘समकालीन राजनीतिमा सबैभन्दा सक्षम, नेपाली समाजलाई प्रभावित पार्न सक्ने अनि पार्टी, आन्दोलन र समाजलाई बिगार्न पनि सक्ने र बनाउन पनि सक्ने नेता हुन् कमरेड प्रचण्ड ।’ नेता यादवले भने– ‘माओवादी आन्दोलनका विरोधीहरुलाई हँसाउने र खुशी पार्नेगरी सार्वजनिक गालीचलौचको अध्याय बन्द गरेर राम्रा कुराको बाहिर प्रचार गर्ने अनि खराबी र कमीकमजोरीबारे कोठामा बसेर गालामा हान्ने निर्णय लिएका छौं मणि थापाजी र मैले ।’ ‘प्रचण्डले बाटो बिराउनुभएकै हो, आफ्नो वर्गलाई छाडेर दुस्मन वर्गसँग घाँटी जोड्न पुग्नुभएकै हो । हामीले विचार बचायौं तर टिम बनाएर कार्यान्यवनमा जान हामी पनि असफल भएकै हौं’ नेता यादवले भने– ‘तर अहिले फुटेर केही गर्न नसकिने रहेछ भन्ने चेत हामीमा पनि खुल्यो र प्रचण्डजीहरुमा पनि खुल्यो । यतिबेला उहाँले सही दिशा पक्रिन कोशिस गरिरहनुभएको छ । उहाँ सुधारोन्मुख हुनुहुन्छ त्यसैले उहाँलाई पूर्णरुपले सही बाटोमा ल्याउन हामीले मद्धत गर्नैपर्छ ।’ आइतबार सगरमाथा टेलिभिजनबाट प्रशारित ‘सगरमाथा विशेष’ का लागि सञ्चारकर्मी प्रकाश गिरीसँग कुरा गर्दै नेता यादवले यस्तो धारणा व्यक्त गरेका हुन् ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending