Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सभासदज्यू, डाक्टर गोबिन्द केसीलाई सार्वजनिक अपराधको मुद्दा किन ?

सम्माननीय सभासद राजेन्द्र पाण्डेज्यू, नमस्कार ! आज बिहान एउटा अनलाइन न्युज ले चिकित्सा क्षेत्रमा भएको अनियमितता र माफियाकरणविरुद्ध पटकपटक अनसन बस्दै सरकारलार्इ दबाब दिन डाक्टर गोबिन्द के।सी ले गर्नुभएको आन्दोलनको विषयमा तपार्इंको प्रतिकृया सुन्ने र पढ्ने मौका पाएँ । तपार्इंको उक्त अभिव्यक्ति सिङ्गो देश, जनता र राष्ट्रको विरुद्धमा तथा केही पुँजीपती हाकिम र पैसावालहरुको पक्षमा मात्र छ भन्ने अनुभूति भयो र यो परदेशबाट मिडियामार्फत नै २ / ४ कुरा लेख्न मन लाग्यो। सभासदज्यू, के डाक्टर गोबिन्द केसीले राखेका माग गलत छन् ? किन उनलार्इ सार्वजानिक अपराधको मुद्दा लगाउने अभिव्यक्ति दिनुभयो ? किन डाक्टर केसीले देश र तीन करोड जनताको प्रतिनिधित्व गर्दै जनताको हितमा उपयुक्त माग राख्दा तपार्इंहरुको टाउको दुख्छ ? किन मुटु काप्छ ? कतै केसीको मागले तपार्इंहरुको रोजिरोटी त खोसिएन ? सभासदज्यू, के जनतालार्इ सेवा दिने डाक्टर उत्पादन गर्ने संस्था सरकारी तवरबाट संचालन हुनुपर्छ भन्नु अपराध र विकासविरोधी माग हो ? अनि केही व्यक्तिको अधिनमा मेडिकल सञ्चालन गर्न दिनुहुन्न ? यसो गर्दा पैसामा नक्कली डाक्टर उत्पादन हुन्छ्न् र जनतालार्इ गुणस्तरीय सेवा दिन सक्दैनन् भन्नु अपराध र विकाश बिरोधी माग हो ? अनि मेडिकल कलेज शहरमा मात्र बनाउन हुन्न गाउँ केन्द्रित बनाउनुपर्छ भन्नु अपराध र बिकासबिरोधी अभिव्यक्ति हो ? अनि स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा माफियाकरण र घुसखोरी बन्नुहुन्न भन्दै अपराध र बिकाश बिरोधी माग हो ? सभासदज्यू, हुन त तपाईं जस्ता कैयौँ पुँजिपती अर्थात् पैसा भएकाहरु अनि शहरमा बस्नेहरुलार्इ डाक्टर केसीले प्राइभेट मेडिकल कलेज खोल्न दिनुहुन्न भन्ने माग राख्दा टाउको दुख्नु स्वभाविक हो किनकि त्यो तपार्इंहरुको सपना माथिको प्रहार हो तर प्रहार के तीन करोड नेपाली जनता माग सम्बोधन गरेको छ । मेडिकल कलेज गाउँमा खोल्दा तपार्इंहरुलार्इ टाउको दुख्ने किन ? अनि प्राइभेट मेडिकल कलेजमा पैसा तिरेर दुप्लिकेट सर्टिफिकेट लिने डाक्टरले कसरी जनतालार्इ गुणस्तरीय सेवा दिन सक्छ ? तसर्थ डाक्टर केसीले राखेको मागले तपार्इंहरु केही मान्छेलार्इ घाटा गरेपनि बनाए पनि तीन करोड जनताको निम्ति जायज छन् । त्यसैले डाक्टर केसीको समर्थनमा हजारौँ जनमानस उर्लिएका छ्न् । सक्नुहुन्छ भने सार्वजनिक अपराधका मुद्दा तीन करोड जनतालार्इ लगाउनुस् न कि जायज माग राखि आफ्नो जीवन नै दाउमा चढाउन तत्पर गोबिन्द केसीलाई । अन्यथा, आम नेपाली जनता तपार्इंकै विरुद्धमा नउत्रेलान् भन्न सकिँदैन । जनताको स्वास्थ्यभन्दा ठूलो केही पुँजिपतिको ब्यापार हुन सक्दैन भन्ने हाम्रो बुझाइ हो । लेख्ने क्रममा केही गल्ती भए माफ दिनुहोला । यो मैले लेखेका केही कुराहरु मेरो व्यक्तिगतभन्दा आम जनताको मनमा उब्जेका आवेग हुन् भन्ने महसुस गरेको छु। नवराज सिम्खडा ‘जिज्ञासु’ कतार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending