Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

प्रचण्डलाई आफ्नै नेता तगारो बनेपछि...

\"prachanda-priminister-750\"काठमाण्डौं, ११ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिमांकनको बिषयमा आफनै पार्टीका नेता तगारो बन्दा अप्ठ्यारोमा परेका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच संविधान संशोधन गरेर अघि बढ्ने सहमति भइरहँदा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले सिमांकनको बिषयमा ५ नम्बर प्रदेश टुक्राउनै नहुने अडान राखेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड ५ नम्बर प्रदेशको पहाडी जिल्ला टुक्राएर ४ नं प्रदेशमा गाभ्ने तयारी गरिरहेका छन् । प्रदेश ५ को पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र रुकूमको पूर्वी भाग छुट्याएर पहाडी जिल्लालाई ४  र ६ नम्बरमा गाभ्ने तयारी गरिएको छ । जुन प्रस्तावलाई मधेसी मोर्चाका नेताहरु पूर्ण सन्तुष्ट नभए पनि सकारात्मक भनेका छन् । माओवादी केन्द्रका नेतटोपबहादुर रायमाझी भने ५ नम्बर प्रदेश टुक्राउनै नहुने भन्दै पार्टीविरुद्ध नै उभिने सार्वजनिक अभिब्यक्ति दिँदै हिडेका छन् । उनले प्रचण्डलाई यतिसम्म भनेका छन् कि ‘प्रचण्डले भुँइको टिप्न खोज्न आफूसँग भएको पनि पोखिने छ ।’ रायमाझी आफ्नो निर्वाचन क्षेत्रको राजनीति गर्दै एमाले पथमा जान लागेपछि प्रचण्डलाई निल्नु न ओकल्नु भएको छ । माओवादी वृत्तमै रायमाझीकाबारेमा फरक फरक टिप्पणी हुन थालेका छन् । एकाथरीले रायमाझी शक्तिका पूजारी भएकाले अब एमालेतिर जाने तरखरमा रहेको र अर्काथरीले उनी बाबुरामसँग नै जाने योजनाका साथ अघि बढ्ने गाइँगुइ गरिरहेका छन् । मधेसी मोर्चासँग भएको सहमतिलाई कार्यान्यन गर्नका लागि पनि संविधान संशोधन गर्ने तयारीमा रहेका प्रचण्डलाई आफनै पार्टीका नेताले साथ दिएनन् भनेसत्ता साझेदल कांग्रेसबाट गम्भीर आलोचना खेप्नुपर्नेछ । यता प्रमुख प्रतिपक्षी दल एमालेले संविधान संशोधन कुनै हालतमा गर्न नहुने भन्दै बिरोध मात्र गरेको छैन, प्रतिवाद नै गर्ने औपचारिक निर्णय गरिसकेको छ । संशोधन प्रस्ताव दर्ता गरे सडक र सदन दुबै चर्काउने एमालेको तयारी छ । एमालेले ५ नं प्रदेश कुनै हालत टुक्राउन नहुने अडान राखेको छ । एमालेको सोही अडानमा माओवादी नेता रायमाझीको साथ छ । माओवादीले नै सरकारको नेतृत्व गरिरहँदा रायमाझीले आफनै क्षेत्रको बिषयमा रडाँको मच्चाउन नहुने केहि नेताको तर्क छ । त्यसो त १ नं प्रदेशको झापा, मोरङ, सुनसरी, कैलाली र कन्चनपुरको बिवाद पनि समाधान हुन सकेको छैन । यो विवादलाई आयोगले नै समाधान गर्ने गरी थाँती राखिएको छ । सकभर सबैको सहमतिमा संशोधन गर्ने रणनीति बनाएका प्रचण्डले पटक–पटक एमाले, कांग्रेससँग छलफल गरेका छन् । तर छलफलबाट कुनै टुंगो नलागेपछि एमाले बिना नै राप्रपालाई हात लिएर संविधान संशोधन गर्ने तयारी सरकारले गरेको छ । कांग्रेस, माओवादी केन्द्र र भर्खरै एकीकरण भएको राप्रपा मिल्दा दुई तिहाई बहुमतले संविधान संशोधन गर्ने तयारीमा सरकार छ । राप्रपालाई सरकारमा ल्याएर केहि मन्त्रालय दिने योजना पनि सत्तापक्ष कांग्रेस र माओवादीले बनाएको छ । यदि राप्रपालाई सरकार ल्याउन सकेमा एमालेले साथ नदिएपनि संविधान संशोधन गर्न स्वत दुई तिहाई बहुमत पुग्नेछ । सकभर मालेलाई पनि सहमतिमा ल्याएर संविधान संशोधन गर्ने सत्तापक्षको रणनीतिसंगै शुक्रवार दर्ता गर्ने भनिएको संशोधन प्रस्ताव रोकिएको छ ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies