Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

जब केपी ओली, बाबुराम र सिटौलाको जम्काभेट भयो...

\"kp-sitaula-baburam\" काठमाडौं, १० मंसिर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका नेता तथा शिक्षामन्त्री धनीराम पौडेल शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा थिए । तर उनीहरु सबैजना एकै सल्लाह गरेर भेट भएका होइनन्, कुनै एउटै कार्यक्रममा भाग लिन जान लागेका पनि होइनन् । आ–आफ्नो कार्यक्रममा आ–आफ्नै किसिमले हिडेका उनीहरुको फ्लाइट डिले भएपछि सबैजना संयोगले विमानस्थलमा भेटिएका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर जानका लागि शुक्रबार विहानै विमानस्थल पुगे । विहान ८ बजेको उडान ढिला हुने भएपछि उनी विमानस्थलको भीआइपी कक्षतिर लागे । ओलीका साथमा एमाले महासचिव ईश्वर पोखरेल पनि थिए । उनीहरु पार्टीको आन्तरिक कार्यक्रमका लागि पोखरा जाने तरखरमा थिए । विमानस्थलमा ओली र पोखरेल मात्र थिएनन्, नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई पनि विमानस्थलको भीआईपी कक्षमै झुल्किए । भट्टराई पनि पार्टीको केन्द्रीय कार्यसमिति बैठक टुंग्याएर पार्टीकै काममा विराटनगर जाने तयारीमा थिए । कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि आफ्नै पार्टीको आन्तरिक कार्यक्रममा भाग लिन भैरहवा जान लागेका थिए । उनी पनि फ्याइट डिले भएपछि भीआईपी कक्षतिर लागे । नेकपा माओवादी केन्द्रका नेता तथा शिक्षामन्त्री धनीराम पौडेल पनि आफ्नो ब्यक्तिगत कामकै शिलशिलामा राजधानी बाहिर जाँदै थिए । चारथरी नेताहरुको जम्काभेट भएपछि उनीहरुबीच अनौपचारिक कुराकानी भयो । एमाले अध्यक्ष ओली भने जतिबेला आफ्नै मोबाइलमा ब्यस्त देखिन्थे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिनौदेखि संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी दल एमालेको समर्थन खोजिरहेका छन् । एमालेको साथ लिन प्रचण्डले विहीबार बेलुका पनि ओलीलाई भेट गरी मनाउने प्रयास गरे । तर उनको प्रयास सफल हुन सकेन । शुक्रबार मन्त्रिपरिषद् बैठकमा संशोधन प्रस्ताव लैजाने तयारी भइहेको छ । त्यसअघि फेरि पनि एमालेको समर्थन लिन दिनभर प्रयास गरिने प्रचण्डले बताए पनि ओली भने आन्तरिक कार्यक्रममा लागि राजधानी बाहिर हाँक्किएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending