Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कक्षा १ मा एकजना विद्यार्थी

पाल्पा, ९ मंसिर । जिल्लाको छहरा–५ अम्लाबासस्थित सल्लेरी प्राथमिक विद्यालयको कक्षा १ को कक्षाकोठा प्रायः बन्द नै हुन्छ । छहरा–५ की प्रमिसा विक बिरामी भई विद्यालय आउन नसक्दा वा अन्यत्र जाँदा उनले पढ्ने कक्षा १ मा ढोका खुल्दैन, पठनपाठन पनि हुन सक्दैन र कक्षाकोठामा शिक्षक–शिक्षिका पनि पढाउन प्रवेश गर्दैनन् । यस प्राविमा कक्षा १ मा प्रमिसा विक नै एकमात्र निर्णायक विद्यार्थी हुन् । यस प्राविमा कक्षा १ देखि ५ सम्म ३१ जना विद्यार्थी नियमित उपस्थित हुन्छन् । “प्रमिसा विद्यालय नआउँदा कहिलेकाहीँ कक्षाकोठा नै शून्य हुन्छ,” शिक्षक पारसमणि पोखरेलले भने– “बिरामी हँुदा र आमासँग माउल जाँदा कक्षा शून्य हुन्छ ।” कक्षा १ मा यस शैक्षिकसत्रमा तीनजना विद्यार्थी भर्ना भएकामा अहिले दुईजना विद्यार्थी अन्यत्र पढ्न गएपछि प्रमिसा विक एक्लै पढ्दै आएकी हुन् । उनले कक्षाकोठामा साथीसँग बसेर पढ्दा रमाइलो लाग्ने अनुभव सुनाउँछिन् । तर कक्षा १ मा एकजना मात्र विद्यार्थी छन्, उनका साथी शिक्षक र शिक्षिका मात्र हुन् । छहरा–५ मा मात्र दुईओटा प्राथमिक विद्यालय सञ्चालनमा रहेका छन् । मङ्गालमा नवज्योति प्राथमिक विद्यालय, अम्लाबासमा सल्लेरी प्राथमिक विद्यालय, नजिकै बोर्डिङ स्कुल र भैरव नवदीप उच्च माविमा विद्यार्थी बाँडिन थालेपछि सामुदायिक विद्यालयका प्रावि तहमा विद्यार्थी सङ्ख्यामा कमी हुँदै गएको हो । विसं २०५५ सालमा कक्षा १ सञ्चालन हुँदा एकसय चारजना विद्यार्थी भर्ना भएकामा अहिले एकजना विद्यार्थी मात्र रहेको शिक्षक पारसमणि पोखरेलले जानकारी दिए। हामीले मिहेनत गरेर विद्यार्थीलाई पढाउने, विद्यार्थी जेहेन्दार हुन थालेसँगै अभिभावकले अन्यत्र लैजाने गर्दा विद्यार्थी सङ्ख्या घट्न थालेको शिक्षकको दाबी छ । बाल शिक्षामा ६ जना, कक्षा १ मा एक, २ मा चार, ३ मा आठ, ४ मा आठ, ५ मा १० जना विद्यार्थीले सल्लेरी प्राविमा पढ्दै आएका छन् । अधिकांश विपन्न समुदायका छोराछोरीले मात्र सामुदायिक विद्यालयमा अध्ययन गर्ने, आर्थिक रुपमा सबल र नेपाल सरकारका जागिरेका छोराछोरीले निजी स्कुलमा पढाउन थालेसँगै सामुदायिक विद्यालय धराशायी हँुदै गएको छ । छहरा स्रोत केन्द्रअन्तर्गत प्राविमा उत्कृष्टमध्येमा पर्ने यो प्राविको साक्षरता दर राम्रो भएको विद्यालयको दाबी छ । विद्यार्थी सङ्ख्या कमी भएपनि समुदायको सहयोगले विद्यालय अन्यत्र गाभिन परेको छैन । विद्यालयमा दुई राहत शिक्षक, एक करार शिक्षक, बालशिक्षिका र एकजना स्वयम्सेवक रहेका छन् । गाउँमा विद्यालय खोल्न नेतृत्व गर्नेले पनि अहिले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी नातिनातिनीलाई पढाउँदैनन् । निजी स्कुलमा महँगो शुल्क तिरेर पढाउने होडबाजीले सामुदायिक विद्यालय अहिले आकर्षणको केन्द्र बन्न सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending