Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

प्रविधिमैत्री बन्दै सल्यानका विद्यालयहरु

सल्यान, ८ मंसिर ।  सल्यान जिल्लाका ग्रामिण क्षेत्रमा रहेका विद्यालयहरु प्रविधिमैत्री बन्दै गएका छन् । सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न भन्दै ग्रामिण क्षेत्रका विद्यालयहरु प्रविधिमा जोडिदै गई रहेका छन् । विद्यालयको शैक्षिक गुणस्तर उकास्न तथा विद्यालयलाई समयानुकुल बनाउन र विकसित प्रविधि अनुसासर पठनपाठन गराउन सिसि क्यामेरा तथा इन्टरनेट जडान गरिएको श्री नेपाल राष्टिय उच्च माध्यामिक विद्यालय किमचौरका प्राचार्य दामोदर शर्माले जानकारी दिए । उनले भने, ‘कक्षा कोठादेखि प्रागणसम्म सिसिक्यामेरा जडान गरेपछि त्यसले पठनपाठनमा मात्रै सजिलो नभई अनुगमन र अवलोकनमा पनि निकै सहज भएको छ । कक्षा कोठामा शिक्षकले कसरी पढाई रहेका छन् ? विद्यार्थीले के गरी रहेका छन्? विद्यालयको प्रागणको अवस्था कस्तो छ भनेर नियाल्न एउटा कोठामै बसेर निरिक्षण गर्न सकिन्छ र कमजोरीलाई सच्याउन सकिन्छ ।’ विद्यालय हाताभित्र सिसि क्यामेरा राखेपछि शिक्षक र विद्यार्थी जिम्मेवार बनेको प्राचार्य शर्माले बताए । विद्यालयमा प्रोजेक्टरको माध्यमबाट पढाई समेत हुने गरेको उनले जानकारी दिए । विद्यालयको शैक्षिक विकासका लागि प्रविधिको ठुलो हात रहेको श्री त्रिभुवन जनता उच्च माध्यामिक विद्यालय खलंगा लुहापिङका प्राचार्य माधव प्रसाद जिसीले बताए । इन्टरनेटको माध्यमबाट विद्यार्थीलाई पढाउदा विद्यार्थीले सहज र छिटो बुझ्ने गरेको भन्दै उनले भने, ‘इन्टरनेटको माध्यमबाट पढाउन थालेपछि कक्षा छाडेर जाने, नपढ्ने विद्यार्थीहरु पनि आजभोली नियमित रुपमा कक्षामा बसेर पढ्ने गरेका छन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending