Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

घरबासका लागि मुआब्जा होइन, जग्गा देउ : विस्थापित

\"bisthapit-750\"भीमदत्तनगर, ८ मङ्सिर । कञ्चनपुरस्थित शुक्लाफाँट वन्यजन्तु आरक्षबाट विस्थापित भएका स्थानीयवासीले मुआब्जा दिएर समस्या समाधान गर्नुभन्दा घरबासका लागि जग्गा नै उपलब्ध गराइदिन हुन माग गरेका छन् । आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित बनेकालाई ‘शुक्लाफाँट वन्यजन्तु आरक्ष जग्गा अतिक्रमण र मुआब्जा गराउने सम्बन्धी कार्यदल’ ले विस्थापितलाई एक कठ्ठादेखि पाँच कठ्ठा जग्गा वा पाँच लाख रूपैयाँसम्म मुआब्जा दिने प्रस्ताव ल्याएपछि विस्थापितले जग्गा नै माग गरेका हुन । केही दिनअघि कञ्चनपुर आएका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासित पनि उनीहरुले जग्गा उपलब्ध गराइदिन माग गरेका थिए । विस्थापितहरुले जग्गाका साथै मुआब्जा रकम थोरै भएको प्रति असहमति जनाएका छन् । २०७१ सालमा गठित शुक्लाफाँट समस्या समाधान आयोगले विस्थापित दुई हजार ४७३ परिवारमध्ये एकहजार ४८० परिवारलाई खाली रहेको जग्गा वितरण गर्ने र जग्गा उपलब्ध हुने सम्भावना नभएका विस्थापितलाई आर्थिक राहत स्वरुप रु पाँच÷पाँच लाख दिने निर्णय गरेको थियो । सोही निर्णयबारे असहमति जनाउँदै आरक्ष विस्थापित, राजनीतिक दल र स्थानीयवासीले संयुक्त रुपमा कार्यदल संयोजक रहेका सुदूरपश्चिम क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्ले समक्ष उक्त निर्णय मान्य नहुने बताएका छन् । आरक्ष पीडितका समस्या समाधानका लागि सरकारले पटक पटक आरक्ष पीडित समस्या समाधान आयोग गठन गरिसक्दा पनि आफूहरुको समस्या समाधान नभएको भन्दै पीडितले आक्रोश समेत पोखेका छन् । यसअघिको आयोगले आरक्ष विस्थापित दुई हजार ४७३ परिवारलाई परिचयपत्र वितरण गरेको थियो । राजनीतिक ढङ्गले बनेका आयोगले समस्या समाधानका साटो बल्झाउने काम गरेको भन्दै अन्ततः न्यायिक आयोगमार्फत समस्या समाधान गर्न खोजिएको हो । आरक्ष विस्थापित हीरा सार्कीले पीडितलाई जग्गा नै उपलब्ध गराउन सरकारसित माग गरे । ‘जग्गाको बदला जग्गा नै चाहियो भनेर आन्दोलन गरेको डेढदशक बितिसक्यो,’ सार्कीले भने,“यतिका वर्षसम्म त्रिपालमुनी कष्टकर जीवन गुजा¥यौं ।” “यसअघि पनि आठ लाख रुपैयाँ प्रतिपरिवार दिने खालको कुरो आएको थियो, अहिले झन पाँच लाख रुपैयाँको कुरो सुनिदैछ ।” आरक्ष विस्थापित शिवदत्त भट्टले भने,“हामी किसानी गरेर खाने अवस्थाका नागरिक हौं, हामीलाई जग्गा नै चाहिन्छ ।” लामो समयदेखि शिविरमा टहरा बनाएर बस्दै आएका विस्थापितले जग्गा दिएर समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । आरक्ष विस्थापित लामो समयदेखि शुक्लाफाँट आरक्षको ढक्का, तारापुरलगायतका क्षेत्रमा टहरा बनाएर आश्रय लिँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending