Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

जहाँ अक्षताकै लागि मात्र रोपिन्छ धान

\"dhan-750\"सोलुखुम्बु, ७ मङ्सिर । एक पाथी धानको बीउ रोपियो भने कति फल्छ होला ? धानको उत्पादन राम्रो हुने ठाउँमा त चार÷पाँच मुरी नै उत्पादन होला, सोलुखुम्बुकै तल्लो क्षेत्र नेचा, सल्यानलगायतका बेँसीमा पनि त्यही हाराहारीमा उत्पादन हुने कृषक बताउँछन्, तर सोलुखुम्बुकै छेस्काममा भने चारपाथी धानको बीउबाट सरदर ६÷७ पाथी मात्रै उत्पादन हुने गरेको छ । तैपनि त्यहाँका कृषक पुस्तौँदेखि धान रोपिरहेका छन् । चारपाथी धानको रोपाइँ गर्न असारमा उनीहरुलाई निकै चटारो हुन्छ तर मङ्सिरमा भित्र्याउने समयमा निकै सप्रियो भने बढीमा आठ पाथी उत्पादन हुन्छ नत्र पाँच÷छ पाथी मात्रै हो । छेस्काम–९ बाछित्तोमा धुमधामसँग रोपाइँ गरिएको खेतबाट बीउ बराबर मात्र उत्पादन भएपनि रोप्नैपर्ने बाध्यता छ । यसको कारण हो वर्षभरिका लागि चाहिने अक्षता । कुलुङको कुलदेवता बुझाउन र बिरामी परेमा झारफुक गर्नका लागि स्थानीय उत्पादनकै धान÷चामल चाहिने विश्वास रहेकाले अक्षताकै लागि उनीहरु रोपाइँ गर्छन् । “कुनै बेलामा त बीउ आउन पनि मुस्किल पर्छ” छेस्काम–६ का सरला कुलुङले भनिन्, “बर्सेनि पाँचपाथी धानको बीउ रोप्छु, एकपटक धेरै सप्रिँदा आठ पाथी भित्राएँ, नत्र छ सात पाथी मात्रै हो ।” छेस्काम–६ कै विष्णुमाया कुलुङले रोपाइँमा त्यत्तिकै श्रम खेर गइरहेको भएपनि अक्षताकै लागि रोपाइँ आवश्यक रहेको बताइन् । उनले भनिन्, “खानको लागि चामल त देउसाको बुढीडाँडाबाट किनेर ल्याइन्छ, तर वर्षभरिका लागि अक्षता त चाहियो नि १ चार पाथी रोप्दा छ, सात पाथी फल्छ, त्यसबाट चारपाथी त अर्को साललाई बीउ चाहिन्छ, बाँकीले वर्ष दिनलाई अक्षता पु¥याउनुपर्छ ।” उत्पादन निकै कम हुने भएपनि अक्षताका लागि उनीहरुले अहिलेसम्म धान रोप्न छाडेका छैनन् । कुलपूजा, बिरामी पर्दा अक्षताजस्ता काममा स्थानीय उत्पादनकै धान÷चामल अनिवार्य चाहिने भएकाले धान रोप्नु उनीहरुको बाध्यता हो । उनीहरु धानको पराललाई घाँस तथा गुन्द्री बन्न प्रयोग गरेर श्रमको मूल्य पाएको भन्दै चित्त बुझाउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending