Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

विद्यार्थीले मात्रै मेडिकल कलेजहरुलाई वार्षिक साढे ७ अर्ब शुल्क बुझाउँछन्, २ अर्ब ‘सेटिङ’ मै

काठमाडौं, मेडिकल कलेज सञ्चालनका विकृति समाप्त गर्नुपर्ने माग गर्दै डा. गोविन्द केसी पटकपटक अनसन बस्दा पनि यो समस्या किन समाधान हुँदैन ? व्यवसायमा हुने अर्बौंको कारोबार । हो, त्यही रकमका आधारमा सञ्चालन भइरहेको व्यवसायी, राजनीतिज्ञ र प्रशासनिक ‘सेटिङ’ ले सुधारमा अवरोध सिर्जना गरिरहेको छ  । आजको कारोबार दैनिकमा सञ्जय पन्थी लेख्छन् – डेढ दर्जन मेडिकल कलेजले एमबीबीएस अध्ययन गर्ने १८ सय विद्यार्थीबाट वार्षिक करिब साढे ७ अर्ब रुपैयाँ उठाउँदै आएका छन्  एउटा विद्यार्थीको ४२ लाख रुपैयाँका दरले संकलन हुने रकम हो यो । निजी लगानीमा सञ्चालित कलेजको संख्या १४ छ भने बाँकी सरकारी र अर्धसरकारी स्वामित्वका छन् । ‘मेडिकल काउन्सिल, शिक्षा र स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारी तथा दलका नेता रिझाउन विद्यार्थीबाट लिने शुल्कको ३० प्रतिशतसम्म बाँड्नुपर्छ, जुन समग्रमा सवा २ अर्ब रुपैयाँ हो, ’ एक मेडिकल कलेज सञ्चालक भन्छन्, ‘राजनीतिक दल तथा अनुगमन संयन्त्रलाई खुसी पार्न सकिएन भने कलेज चलाउनै सकिँदैन ’ ठूलो पार्न सकिएन भने कलेज चलाउनै सकिँदैन । ’ ठूलो आर्थिक कारोबार भएको देखिए पनि धेरैलाई रिझाएर कलेज सञ्चालन गर्नुपर्ने बाध्यता रहेको गुनासो उनको छ । कम्पनी दर्तादेखि विद्यार्थी भर्ना गर्दासम्म अतिरिक्त पैसाबिना काम नहुने ठोकुवा उनले गरे । ‘एलओआई लिँदासम्म १ करोड रुपैयाँ खर्चिनुपर्छ । विद्यार्थीबाट असुल गरिएको ६५ प्रतिशत रकमले मात्र मेडिकल सञ्चालन गरिरहेको छु, ’ उनले भने । दलहरुलाई नियमित चन्दा । सहयोग गरेर उच्च नेतृत्वसँग सम्बन्ध स्थापित गर्न पाइने भएकाले मेडिकल शिक्षाको महत्व र सामाजिक उत्तरदायित्व नै अनुभव नगर्नेहरु मेडिकल कलेज सञ्चालनमा सक्रिय भएर लाग्ने गरेको आरोप ती सञ्चालकले लगाए । त्यही रकमका कारण नियामक निकाय मेडिकल काउन्सिलका पदाधिकारी नियुक्तिमा समेत प्रत्यक्ष असर पार्ने गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला नियुक्त भएका काउन्सिल अध्यक्ष डा. दामोदर गजुरेल अहिलेका स्वास्थ्यमन्त्री खगराज अधिकारीको हस्तक्षेपका कारण राजीनामा दिन बाध्य भएका थिए । नेपालमा ठूला दलको संरक्षणबिना मेडिकल कलेज सञ्चालन गथर्न गाह्रो रहेको उनी बताउँछन् । ‘मन्त्रीहरुले पैसा खाएर जथाभावी मेडिकल कलेज सञ्चालनको अनुमती दिँदा समस्या आएको हो,’ उनले भने, ‘राजनीतिक दलका नेताको आर्थिक प्रलोभनमा मेडिकल शिक्षामा लगानी भइरहेको छ र त्यसको मारमा विद्यार्थी र आमनागरिक परिरहेका छन् ।’ सरकारमा बस्नेको नियत नसुध्रिएसम्म मेडिकल शिक्षामा सुधार गर्न नसकिने उनी बताउँछन् । आफू अध्यक्ष काउन्सिलमा सुधार ल्याउन चाहे पनि सफल हुन नसकेको अनुभव उनले सुनाए । उनको संकेत त्यहि ‘सेटिङ’ तर्फ इंगित छ । त्यस्ता व्यक्तिको प्रलोभनमा परेर ठूला राजनीतिक दलका नेताले मेडिकल शिक्षाको महत्व र जिम्मेवारी गर्न नसक्ने गिरोहलाई कलेज सञ्चालनको अनुमति दिएर सघाउँदै आएका छन् । गणतन्त्र आएपछि शिक्षा मन्त्रालयले प्रस्तावित करिब १ दर्जन मेडिकल कलेजलाई मोफसल र राजधानीमा सञ्चालनको पहिलो चरणको अनुमति दिएको छ । तीमध्ये अधिकांस राजधानीमा केन्द्रित रहेर सञ्चालनमा आउन विश्वविद्यालयका पदाधिकारीदेखि दलका नेतालाई प्रलोभनमा पार्ने खेलमा लाग्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending