Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

स्थानीय तह पुनःसंरचनाको माइन्युट मधेसी मोर्चाको नियन्त्रणमा

\"Madhesi-morcha-gathbandhan\"नवलपरासी, ६ मङ्सिर । नवलपरासीमा १५ वटा स्थानीय तह बनाउन राजनीतिक दलबीच अघि सारिएको प्रस्ताव उल्लेख गरिएको माइन्युट मधेसी दलका प्रतिनिधिले आफ्नो नियन्त्रणमा लिएका छन् । स्थानीय तहको पुनःसंरचना टुङ्ग्याउन आइतबार तेस्रो पटक बसेको सर्वदलीय बैठकमा सो प्रस्तावप्रति असहमति जनाउँदै मधेस केन्दित दलका प्रतिनिधिले माइन्युट समेत आफ्नो नियन्त्रणमा लिएका हुन् । जिल्लाको पुरानो सात वटा नगरपालिकाको अस्तित्व कायम रहने गरी सात नगरपालिका र आठ गाउँपालिकामा प्रमुख दलले सहमति जुटाउन खोज्दा मोर्चाले उक्त संरचनाको विरोध गर्दै माइन्युट आफ्नो नियन्त्रणमा लिएका हुन् । पटकपटक मोर्चाले संविधान संशोधन गरी सीमाङ्कन टुङ्गो नभएसम्म पुनःसंरचनाप्रति असहमति जनाएको अवस्थामा पुनःसंरचनाको खाका माइन्युटमा उल्लेख गर्न खोज्दा मोर्चाले माइन्युट आफ्नो कब्जामा लिएको तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य पुरन चौधरीले बताए । संविधानको व्यवस्था अनुसार नवलपरासी जिल्लाको दाउन्ने पूर्व भाग प्रदेश ४ र पश्चिम भाग प्रदेश नं ५ गरी जिल्ला विभाजन भए पनि यसको सीमाङ्कन प्रष्ट नभएकाले अहिले स्थानीय तहको पुनःसंरचना उचित नरहेको मोर्चाले दाबी गरेको छ । शीर्ष दलले राखेको धारणाप्रति मोर्चा , नयाँ शक्ति नेपाल, जनमुक्ति पार्टी, राप्रपा नेपाल, नेपाल परिवार दललगायतले असन्तुष्टि जनाउँदै पहिला सीमाङ्कन स्पष्ट भएपछि मात्र पुनःसंरचनाको खाका बनाउन आग्रह गरेका छन् । भौगोलिक, प्रशासनिक सुगमता, स्रोत साधनको उपलब्धता, जनसङ्ख्यालगायत आयोगले तोकेको मापदण्डको आधारमा १५ वटा स्थानीय तहको प्रस्ताव गरिएको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले जनाएको छ । नवलपरासीको जनसङ्ख्या अनुसार न्यूनतम ११ देखि १५ वटासम्म स्थानीय तह बनाउने सकिने अवस्था छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending