पुर्नसंरचनाको नाममा शालिग्रामलाई जबर्जस्त लादेको भन्दै बिरोध
मंसिर ४ गते, २०७३ शनिवार 19th November, 2016 Sat१५:५७:१५ मा प्रकाशित
पर्वत, २५ कात्तिक । जिल्लाको सुदुर दक्षिणमा पर्ने शालिग्रामवासीहरुले केही राजनीतिक दल र नेताहरुको स्वार्थमा स्थानीय निकाय पुर्नसंरचना आफुहरुलाई अपायक पर्ने गरी गर्न लागिएको भन्दै आक्रोश व्यक्त गरेका छन ।
पर्वतको शालिग्राममा राजनीतिक दलहरुले आफुहरुलाई उपेक्षा गरेको र आफ्नो मागमा कुनै सुनुवाइ नगरेको भन्दै स्थानीयद्धारा पुर्नसंरचनाको विरोध गरिएको हो ।
नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा सहिद परिवारका सदस्य टंक प्रसाद तिवारीले भने “पर्वत जिल्लाको सुदुर दक्षिणमा पर्ने हामी शालिग्रामवासी आफ्नै सदरमुकाम कुस्मा जान पर्वत, स्याङजा, कास्की हुँदै फेरी पर्वत र कुस्मा जान बाध्य भयौ, अब हामीले त्यस्तो खालको समस्या भोग्न चाहँदैनौ” तिवारीले भने “हिजो सदरमुकाम तोक्ने वेलामा केही अवसरवादीहरुको कारण पर्वतको सदरमुकाम हामी पर्वत दक्षिणबासीहरुका लागि अवैज्ञानीक भयो, जस्को कारण हामीले आज सम्म त्यस्को पिडा भोगीरहेका छौ” ।
“हामी शालिग्रामवासी रानीपानीमा जान चाहान्नै टकलाक अर्थात हुवासमा शालिग्रामलाइ लैजानै पर्छ, अवको पुर्नसंरचनामा जनाभावनाको कदर भएन भने हामी जस्तो सुकै संघर्ष जेल्न पनि तयार हुनेछौँ तिवारीले कडा चेतावनी दिए ।
नेपाली कांग्रेस शालिग्राम गाँउ कार्य समितीका सभापती भक्त वहादुर क्षेत्रीले सदरमुकाम कायम गर्ने मामिलामा समाजमा रहेका गरिव वर्ग जो विहान काम गरेर वेलुका खाने गर्दछन उनीहरु मारमा परेको स्मरण गरे ।
“पर्वत दक्षिणवासीहरुले सधै गुनासो गरिरहे हामीले अपायक सदरमुकामको कारण धेरै दुःख पायौँ” नेकपा एमालेका नेता मोती वहादुर थापाको भनाई छ ।
सामाजिक व्यतित्व तथा पत्रकार नारायण विश्वकर्माले भने “आज फेरी त्यो समस्या भोग्न चाहान्नौ हिजो हामीले जे समस्या भोग्यौँ” । “त्यतीवेला हामीलाइ स्याङजामा गाभिदिएको भए कमसेकम कास्की हुँदै सदरमुकाम जानु त पर्ने थिएन विश्वकर्माले भने ।
विश्वकर्माले पुर्नसंरचनाको नाममा जबर्जस्ती केही पनि कसैलाइ लाद्न नपाइने चेतावनी दिदैँ शालिग्रामवासी सवैको माग र निर्णय भनेको हुवास अर्थात टकलाकमा जाने भएको स्पष्ट पारे ।
राजनीतिक दल र प्राविधिक समिति लगातार बैठक बसेतापनि हालसम्म पनि संख्याको विषयमा सहमति हुन सकेको छैन् । राजनीतिक दल र प्राविधिक समिति लगातार बैठक बसेतापनि हालसम्म संख्याको विषयमा सहमति हुन सकेको छैन ।
राजनीतिक दलका नेताहरुले घरपायक केन्द्र रोजेका कारण दलहरु सहमतिमा पुग्न नसकेका कतिपयको बुझाई छ ।
हाल पर्वतको क्षेत्र नम्बर २ मा केहि राजनीतिक दलका नेताले आफुलाइ घरपायक पर्ने गरी चार वटा केन्द्रमा गाँउपालीकाको पुर्नसंंरचना गर्ने बताएको भन्दै स्थानीयहरुले विरोध जनाएका छन ।
कार्किनेटा, थापाठाना, शंकरपोखरी, भंगरा, फलामखानी, लुंखु, पाखापमनी पहिलो केन्द्र, मुडिकुवा, खानीगाउ, देविस्थान, लिमिठाना, ठानामौला, कुर्गा, पाङराङ, दोेस्रो केन्द्र, बच्छा, भोक्सिङ, बर्राचौर, रानिपानी, वहाकि, उरामपोखरा, शालिकराम तेस्रो केन्द्र, र टकलाक, त्रिवेणी, बेउलीबास, हुवास, सरौ, होश्राउदी, भोर्ले र बालाकोट लगाएतका गाविसको चौँथो केन्द्र नेताहरुले आफ्नो घरपायक पार्ने गरि निर्धारण गर्न खोजे पछि स्थानीयद्धारा विरोध जनाएका छन ।
आयोगले अधिकतम सात स्थानीय तोकेता पनि पर्वत जिल्लामा दलहरुले भने जनभावनाको कदर गर्दै आठ ओटा स्थानीय निकाय बनाएर प्रतिवेदन पठाउने विषयमा छलफल गरेका थिए ।
पर्वतमा छ वटा गाउँपालिका र एक नगरपालिका तोक्ने योजना भइरहेको छ । हालको क्षेत्र नम्वर २ मा चार गाउँपालिका र क्षेत्र नम्बर १ मा १ नगरपालिकासहित २ गाउँपालिका बनाईनेछ ।
आयोगले पहाडमा गाउँपालिकामा २२ हजार, नगरपालिकामा ३१ हजार जनसंख्या तोकेको छ । आयोगले तोकेको न्यूनतम् जनसंख्यालाई आधार मान्दा पर्वतमा एक नगरपालिकासहित पाँच ओटा गाउँपालिका बन्न सक्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: